परियोजना संयोजक / अनुगमन, मुल्याँकन तथा सिकाइ अधिकृत

Shakti Samuha

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

संस्थाको परिचयः

शक्ति समुह मानब बेचविखनबाट प्रभावित महिलाहरूद्धारा स्थापित तथा सञ्चालित विश्वको पहिलो संस्था हो । यस संस्थाले मानव वेचविखनबाट प्रभावितहरूको अधिकारको सम्मान, संरक्षण, सम्बर्द्धन तथा मानवअधिकार, सामाजिक न्याय, संस्थागत सुशासन, अधिकारमुखी सोच संस्थाको सदस्यहरूको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । शक्ति समुहमा  Winrock international को साझेदारीमा सञ्चालन गर्न लागिएको हाम्रो सम्मान II परियोजना अन्तर्गत निम्न अनुसारको कर्मचारीको आवश्यकता भएकाले यो विज्ञापन प्रकाशित गरिएको छ । तपशिल बमोजिमका पदमा खुल्ला प्रतिस्पर्धाबाट पद पुर्ति गर्नुपर्ने भएकाले काम गर्न इच्छुक व्यक्तिले recruitment.shaktisamuha@gmail.com केन्द्रिय कार्यलय चुच्चेपाटी, काठमाण्डौमा व्यक्तिगत विवरण, प्रहरी रिर्पोट , शैक्षिक योग्यता, नागरिकता, तालिम अनुभव आदि प्रमाणपत्रका प्रतिलिपिहरू संलग्न राखि आजको मितिले १५ दिन  भित्र निवेदन दिन सक्नुहुनेछ ।

पद

आवश्यक संख्या

काम गर्ने स्थान/जिल्ला

आवश्यक न्यूनतम योग्यता तथा अनुभव

सम्बन्धित कामका लागि उमेदवारमा हुनु पर्ने थप क्षमता र प्राथमिकता

परियोजना  संयोजक

काठमाण्डौ / Frequently Field Visit

स्नातकोतर उत्तिर्ण र मानव वेचविखन विरुद्धको सवालमा उद्वार, स्वदेश फिर्ति, पुर्नमिलन, सुरक्षित आप्रवासन र बाल संरक्षणको सवालमा कम्तिमा पनि ३ वर्षको कार्य अनुभव भएको वा स्नातक तह उतिर्ण र मानव वेचविखन विरुद्धको सवालमा उद्वार, स्वदेश फिर्ति, पुर्नमिलन, सुरक्षित आप्रवासन र बाल संरक्षणको सवालमा कम्तिमा पनि ५ वर्षको कार्य अनुभव भएको ।

  • कम्प्यूटर सम्बन्धि ज्ञान सहित अंग्रेजी तथा नेपाली भाषामा लेख्न बोल्न सक्ने
  • परियोजनामा उल्लेखित क्रियाकलाप  प्रभावकारी रुपमा सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा कार्यान्वयन गर्न सक्ने 
  • राष्ट्रिय तथा स्थानिय स्तरमा सेमिनार, कार्यशाला गोष्ठि, बैठक तथा छलफल र तालिम,सहजिकरण तथ्याङ्कहरूको विश्लेषण, व्यवस्थापन, प्रतिवेदन तयार गर्न सक्ने,
  • सम्वन्धित निकायसँग समन्वय र सहकार्यमा कार्य गर्न सक्ने ज्ञान भएको  ।
  • आवश्यकता अनुसार निरन्तर कार्य क्षेत्र भ्रमण गर्न सक्ने
  • मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने
  • आवश्यकता अनुसार परियोजनाको प्रस्तावना, बजेट तयार गर्न सक्ने सीप भएको
  • दातृ निकायसँग निरन्तर समन्वय र सहकार्य गर्ने 

(महिलाहरूलाई प्राथमिकता दिइनेछ ।)

अनुगमन, मुल्याँकन तथा सिकाइ अधिकृत

काठमाण्डौ / Frequently Field Visit

स्नातक तह उतिर्ण र मानव वेचविखन विरुद्धको सवालमा उद्वार, स्वदेश फिर्ति, पुर्नमिलन, सुरक्षित आप्रवासन र बाल संरक्षणको सवालमा कम्तिमा पनि ३ वर्षको कार्य अनुभव भएको ।

  • कम्प्यूटर सम्बन्धि ज्ञान सहित अंग्रेजी तथा नेपाली भाषामा लेख्न बोल्न सक्ने
  • अनुगमन, मुल्याङ्कन तथा सिकाइ योजना बनाउने र परियोजना अन्तर्गतका कर्मचारीहरूलाई अभिमुखिकरण गर्न सक्ने 
  • तथ्याङ्क संकलन, इन्ट्री र तथ्याँकको विष्लेषण गर्न सक्ने सीप तथा ज्ञान भएको 
  • परियोजना अन्तर्गत आवश्यकता अनुसार सर्भेक्षण र अनुसन्धान गर्न सक्ने
  • अनुगमन, मुल्याङ्कन तथा सिकाइको योजना अनुरुप लिइएको लक्ष अनुरुप उपलब्धीको सुनिश्चत गर्न सक्ने सीप तथा ज्ञान भएको 
  • परियोजनामा उल्लेखित क्रियाकलाप  प्रभावकारी रुपमा सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा कार्यान्वयन गर्न सक्ने 
  • राष्ट्रिय तथा स्थानिय स्तरमा सेमिनार, कार्यशाला गोष्ठि, बैठक तथा छलफल र तालिम,सहजिकरण तथ्याङ्कहरूको विश्लेषण, व्यवस्थापन, प्रतिवेदन तयार गर्न सक्ने,
  • आवश्यकता अनुसार निरन्तर कार्य क्षेत्र भ्रमण गर्न सक्ने  
  • मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने

(महिलाहरुलाई प्राथमिकता दिइनेछ ।)

छनौट प्रक्रियाः लिखित जाँच, अन्तर्वार्ता, प्रस्तुतीकरण, छलफल आदि

नोट: Shortlist मा छनौट भएका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक अन्तर्वार्ताको लागि सम्पर्क गरिनेछ । 

Overview

Category Development and Project, Human Rights, NGO/INGO/Social work
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 23 Oct, 2024
Apply Before 06 Nov, 2024
City Kathmandu