परियोजना संयोजक
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(प्रथमपटक प्रकाशित मितिः २०८१।१२।०५)
समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरूको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना कार्यक्रमहरू कार्यान्वयन गर्दै आइरहेको छ । यस संस्थाले स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, संरक्षण, जलवायु परिवर्तन, विपद व्यवस्थापन, मानवीय सहायता, संस्थागत विकास, लैङ्गिक समानता, विविधता, सामाजिक समावेशीकरण लगायतका क्षेत्रमा कार्य गर्दछ । यसै सन्दर्भमा यस संस्थाद्वारा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा वराहताल गाउँपालिका, सुर्खेतमा My Forest Child परियोजना सञ्चालन भइरहेको छ । यस परियोजना जलवायु परिवर्तन, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, हरित रोजगारी सिर्जना लगायतका क्षेत्रमा तीनै तहका सरकारहरूसँगको समन्वय र सहकार्यमा कार्यान्वयन हुनेछ । त्यसैले उक्त परियोजनामा रिक्त रहेको निम्न लिखित कर्मचारीहरू आवश्यक भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ ।
विज्ञापन नं.: १९।२०८०।०८१
पदः परियोजना संयोजक
आवश्यक संख्याः १ (एक) जना
उमेरः १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको
योग्यता, अनुभव तथा सिपः मान्यता प्राप्त शैक्षिक संस्थाबाट वन विज्ञान, वातावरण, जलवायु परिवर्तन, प्राकृतिक स्रोत व्यवस्थापनमा स्नातक उत्तीण भई ३ वर्ष सम्बन्धित विषय र पदमा कार्य गरेको अनुभव तथा वन विज्ञान, वातावरण, जलवायु परिवर्तन, प्राकृतिक स्रोत व्यवस्थापनमा स्नातकोत्तर गरी १ वर्ष सम्बन्धित विषय र पदमा कार्य गरेको अनुभव भएको ।
विस्तृत कार्यविवरण तलको लिङ्कमा दिइएको छ ।
आवेदन पेश गर्ने विधिः सन्दर्भ व्यक्तिहरूको नाम, सम्पर्क नं., इमेलसहितको व्यक्तिगत विवरणसहितको यसै सूचनामा रहेको bit.ly/sacnepal1 लिङ्क मार्फत आवेदन पेश गर्न सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, तोकिएको मापदण्ड पुरा नभएका, वा रित पुरा नगरेका आवेदनहरू स्वीकृत गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आंशिक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उमेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । संस्था तथा कार्यक्रमले सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्ग, वञ्चितिकरणमा परेको वर्ग, तथा स्थानीयलाई प्राथमिकता दिइनेछ । यस संस्था यौंन उत्पीडन, शोषण र दुर्व्यवहार र वाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरूसहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व–घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ ।
आवेदन पेश गर्ने अन्तिम मितिः २०८१।१२।११ गते दिनको ५:०० बजेसम्म । यदि कुनै कुरा बुझ्नुपरेमा तल उल्लेखित फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
फोनः ०८३ ५२१२८२
Overview
Category | Development and Project, Environment and Natural Resource, Forestry |
Openings | 1 |
Position Type | Full Time |
Experience | 1+ years, 3+ years |
Education | B.Sc. (Forestry), Masters in Forestry, BSC Environment Management, Master’s degree in Environmental Science |
Posted Date | 18 Mar, 2025 |
Apply Before | 24 Mar, 2025 |
City | Birendranagar Surkhet |