परियोजना संयोजक

Hamro Prayash Nepal, Sindhuli

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशन

मितिः २०८१/११/२९ गते

तीनपाटन गाउँपालिका हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा र हाम्रो प्रयास नेपाल, सिन्धुलीको सहजिकरणमा सञ्चालित “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदार विकास परियोजना” को लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरूको आवश्यकता भएकाले यो सूचना प्रकाशन भएको मितिले ७ दिन २०८१ चैत्र ६ गते ५ बजेभित्र दरखास्त दिनु हुन अनुरोध गरिन्छ ।

१.पद: परियोजना संयोजक: १ (एक) जना

परियोजना क्षेत्र – तीनपाटन गाउँपालिकाको १ देखि ११ सबै वडाहरू

न्युनतम योग्यता र कार्यअनुभव:

  • कृषि वा भेट्नेरी विषयमा कम्तीमा स्नातक तह उतिर्ण गरि सामुदायिक विकास, कृषि तथा पशु वस्तुको मुल्यश्रृखलमा २ वर्षको अनुभव भएको ।
  • योजना तर्जुमा, बजेट व्यवस्थापन ,परियोजना व्यवस्थापन कार्यन्वयन ,अनुगमन तथा मूल्याङ्कनको र प्रतिवेदन लेखन तथा दस्तावेजीकरणको क्षेत्रमा ज्ञान सिप तथा अनुभव भएको ।
  • साना किसान सवलीकरण  तथा उद्यमशीलता साझेदार कार्यक्रम सम्बन्धी ज्ञान सिप र अनुभव भएको ।
  • स्व नेतृत्व क्षमता,कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन तथा सहजिकरण, प्रतिवेदन लेखन जस्ता सम्बन्धित विषयमा व्यवाहारिक ज्ञान सिप तथा अनुभव भएको ।
  • कृषि तथा पशुवस्तुमा आधारित व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • परियोजनाका सरोकारवालाहरू जस्तै स्थानीय सरकार, प्रदेश सरकारहरू तथा जिल्ला स्थित सरकारी तथा गैह सरकारी निकायहरूसँग समन्वय तथा सहकार्य गर्न सक्ने ।
  • कम्प्युटरको Office Package (micro-soft word, excel, power point, English Nepali typing and  email internet) सम्बन्धी दक्षता भएको ।
  • परियोजना क्षेत्रमा (field based) कम्तीमा ७० प्रतिशत समय फिल्डमा काम गर्नुपर्ने ।
  • मोटर साईकल चलाउन सक्ने तथा लाईसेन्स भएको (मोटरसाईकल भएकोलाई प्राथामिकता दिईनेछ)।

परियोजना क्षेत्र

नोटः 

१. सेवा सुविधा: परियोजनको नियमानुसार हुनेछ ।

२. दरखास्त दिने अन्तिम मिति: सूचना प्रकाशन भएको मितिले ७ दिन अथवा  चैत्र ०६ गते ५ बजे भित्र

३. परिक्षाको किसिम: लिखित,अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।

४. आवश्यक कागजातहरू: पदको आवेदन खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्बन्धित विषयको कार्यानुभवपत्र, स्थायी लेखा नम्बर र अन्य कागजातहरूको प्रतिलिपी सहित तपसिलमा उल्लेखित हाम्रो प्रयास नेपाल, सिन्धुलीको इमेल: hamroprayashnepal.sindhuli@gmail.com मार्फत वा सोको कार्यालय कमलामाई नगरपालिका वडा- ०६, माडीबजारमा दरखास्त बुझाउनु सकिनेछ । 

. परियोजनाको कार्यक्षेत्र तीनपाटन गाउँपालिका अन्तरगत रहेका १ देखी ११ नं वडाहरू रहने छ ।

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित,मौखिक तथा प्रयोगात्मक परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

पदपुर्ति समिति

हाम्रो प्रयास नेपाल

क.न.पा-६,माडीबजार ,सिन्धुली

सम्पर्क नं.:- ९८४४०७५६०२/९७०७९३१३४०

Overview

Category Agriculture, Agriculture + Livestock, Development and Project, Animal Health
Openings 1
Position Type Full Time
Experience 2+ years
Education B.V.Sc. (Bachelors in Veterinary Science), B. Sc. (Agriculture)
Posted Date 13 Mar, 2025
Apply Before 19 Mar, 2025
City Sindhuli