परियोजना संयोजक

Shakti Samuha

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

संस्थाको परिचयः

शक्ति समुह मानव बेचविखनबाट प्रभावित महिलाहरूद्वारा स्थापित तथा सञ्चालित विश्वको पहिलो संस्था हो । यस संस्थाले मानव वेचविखनबाट प्रभावितहरूको अधिकारको सम्मान, संरक्षण, सम्बर्द्धन तथा मानवअधिकार, सामाजिक न्याय, संस्थागत सुशासन, अधिकारमुखी सोच संस्थाको सदस्यहरूको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । शक्ति समुहमा तल उल्लिखित परियोजनाको लागि निम्न अनुसारको कर्मचारीको आवश्यकता भएकाले यो विज्ञापन प्रकाशित गरिएको छ । तपशिल बमोजिमका पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपुर्ति गर्नुपर्ने भएकाले काम गर्न इच्छुक तथा योग्य व्यक्तिले recruitment.shaktisamuha@gmail.com । केन्द्रीय कार्यालय चुच्चेपाटी, काठमाण्डौमा व्यक्तिगत विवरण, प्रहरी रिर्पोट, शैक्षिक योग्यता, नागरिकता, तालिम अनुभव आदि प्रमाणपत्रका प्रतिलिपिहरू संलग्न राखी आजको मितिले १५ दिन भित्र निवेदन दिन सक्नुहुनेछ ।

परियोजना 

शक्ति समूहले विगत एक वर्षदेखि न्यायका लागि विद्यालय परियोजना सञ्चालन गरिरहेको छ । यो परियोजना फ्रि अ गर्ल र शक्ति समूहको सहकार्यमा सञ्चालनमा रहेको छ । परियोजना अन्तर्गत मानव बेचबिखनबाट पिडित तथा प्रभावितहरूका लागि विश्व विद्यालय शिक्षाका साथै खाद्यान्न, औसधी उपचार लगायतमा सहयोग गर्दे आएको छ । यसका साथै,  पिडित तथा प्रभावितहरूका क्षमता विकासका लागि विभिन्न क्रियाकलाप समेत यस परियोजनाले सञ्चालन गरिरहेको छ ।  

पदः परियोजना संयोजक

आवश्यक संख्याः

काम गर्ने स्थान/जिल्ला: काठमाण्डौ

आवश्यक न्यूनतम योग्यता तथा अनुभवः 

  • स्नातकोतर उत्तिर्ण र मानव वेचविखन विरुद्धको सवालमा उद्वार, स्वदेश फिर्ति, पुर्नमिलन, पुर्नस्थापना, सुरक्षित आप्रवासन र बाल संरक्षणको सवालमा कम्तिमा पनि ३ वर्षको कार्य अनुभव भएको वा स्नातक तह उतिर्ण र मानव वेचविखन विरुद्धको सवालमा उद्वार, स्वदेश फिर्ति, पुर्नमिलन, सुरक्षित आप्रवासन र बाल संरक्षणको सवालमा कम्तिमा पनि ५ वर्षको कार्य अनुभव भएको ।
  • सम्बन्धित कामका लागि उमेदवारमा हुनु पर्ने थप क्षमता र प्राथमिकताः 
  • कम्प्यूटर सम्बन्धि ज्ञान सहित अंग्रेजी तथा नेपाली भाषामा लेख्न बोल्न सक्ने 
  • परियोजनामा उल्लेखित क्रियाकलाप  प्रभावकारी रुपमा सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा कार्यान्वयन गर्न सक्ने 
  • राष्ट्रिय, अन्तराष्ट्रिय तथा स्थानीयस्तरमा सेमिनार, कार्यशाला गोष्ठी, बैठक तथा छलफल र तालिम, सहजीकरण, तथ्यांकहरूको विश्लेषण र व्यवस्थापन, प्रतिवेदन तयार गर्न सक्ने, 
  • परियोजनाका लागि प्रस्तावना र बजेट तयार गर्नुका साथै अनुगमन तथा मूल्याङ्कन योजना, लजिकल फ्रेमवर्क, परियोजनाको विस्तृत कार्यान्वयन योजना सम्बन्धी व्यवहारिक सिप भएको । 
  • सम्वन्धित निकायसँग समन्वय र सहकार्यमा गर्न सक्ने ज्ञान भएको  ।
  • आवश्यकता अनुसार निरन्तर कार्य क्षेत्र भ्रमण गर्न सक्ने  
  • मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने
  • आवश्यकता अनुसार परियोजनाको प्रस्तावना, बजेट तयार गर्न सक्ने सिप भएको  
  • दातृ निकायसँग निरन्तर समन्वय र सहकार्य गर्ने 

छनौट प्रक्रियाः 

  • लिखित जाँच, अन्तर्वार्ता, प्रस्तुतीकरण, छलफल आदि

नोट: Shortlist मा छनौट भएका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक अन्तर्वार्ताको लागि सम्पर्क गरिनेछ ।  (महिलाहरूलाई प्राथमिकता दिइनेछ ।)

Overview

Category Social Science, Development and Project, Human Rights
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 08 Dec, 2024
Apply Before 22 Dec, 2024
City Kathmandu