परियोजना संयोजक
Details / requirements:
ग्रामीण आपसी विकास, निलकण्ठ-३, धादिङ
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
सूचना प्रकाशन मिति २०८०/०७/२२
धादिङ जिल्लामा ऊर्जा, जिविकोपार्जन सुधार, कृषि, खाद्य सुरक्षा, पोषण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, वातावरण, विपद् व्यवस्थापनका क्षेत्रमा विगत १९ वर्ष देखि काम गर्दै आइरहेको छ । हाल यस संस्थाले खनियाबास गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा “खनियाबास कृषि तथा पशु विकासमा आधारित सानाकिसान तथा युवा उद्यमशिलता कार्यक्रम” खनियाबास गाउँपालिकामा सञ्चालन गरिरहेकोछ । तसर्थ परियोजना संयोजक पदमा कर्मचारी आवश्यकता परेको हुनाले योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आफ्नो व्यक्तिगत विवरण तथा शैक्षिक योग्यता र अनुभवका प्रमाण पत्रको प्रतिलिपी सहित सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र निवेदन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।
क. पद: परियोजना संयोजक
ख. आवश्यक संख्या: १ जना
ग. न्युनतम योग्यता र कार्यानुभव:
- मान्यता प्राप्त विश्व विद्यालयबाट कृषि/भेटेरीनरी/समाज शास्त्र बिषयमा स्नातक तह उतिर्ण गरेको ।
- सामुदायिक विकास कार्यक्रम तथा बाख्रा, दूध, र तरकारीको मूल्य श्रृंखलामा कम्तीमा २ वर्ष वा समुदायिक विकास क्षेत्रमा कम्तिमा ४ वर्ष काम गरेको अनुभव भएको ।
- योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याङ्कनको अनुभव, ज्ञान र सीप भएको ।
- साना किसान सवलिकरण तथा उद्यमशिलता विकासका लागि साझेदारी कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
- कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, प्रतिवेदन लेखन सम्बन्धि ज्ञान, सीप भएको ।
- कृषि तथा पशु वस्तुमा आधारीत व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
- स्थानीय सरकार र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्न सक्ने साथै दस्तावेजीकरण र प्रतिवेदन निर्माणमा (नेपाली र अंग्रेजी दुबै भाषामा) दख्खल भएको ।
- कम्प्युटर (micro-soft word, excel, power point, internet) साथै नेपाली र अङ्ग्रेजी टाइपिङ गर्न सक्ने सम्बन्धी दक्षता भएको ।
- समुदाय स्तरमा र दुर्गम क्षेत्रमा काम गर्न ईच्छुक भएको साथै कम्तीमा ८० प्रतिशत समयअवधि परियोजना क्षेत्रमा दिन सक्ने साथै दुई पांग्रे सवारी साधनको लाईसेन्स भएको ।
१. सेवा सुविधा: संस्था वा परियोजनाको नियमानुसार हुनेछ ।
२. दरखास्त दिने अन्तिम मिति: सूचना प्रकासन भएको मितिले ७ दिन सम्म (अन्तीम दिन सार्बजनिक बिदा परेमा त्यसको भोलिपल्ट) कार्यालय समय भित्र ।
३. परीक्षाको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।
४. आवश्यक कागजातहरू: विवरण समेत खुल्ने गरी निवेदन, हालसालैको व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्बन्धित विषयको कार्यानुभव पत्र, हालसालैको पासपोर्ट साईजको फोटो दुई प्रति र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी स्क्यान गरी वा फोटोकपी गरेर ग्रामीण आपसी विकास धादिङको ईमेल: rmdnepal@gmail.com वा संस्थाको कार्यालय नीलकण्ठ ३, बिचबजार, धादिङ वा खनियावास गाउँपालिकाको कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।
नोट: छनौट सूचि (Short list) मा परेका उम्मेद्वारहरूलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।)
नोट: दुर्गम क्षेत्र र उच्च पहाडी इलाकाको कार्य अनुभव भएको उम्मेदवारलाई बिशेष प्राथमिकतामा दिईनेछ ।
Overview
Category | Agriculture + Livestock, Social Science, Development and Project |
Openings | 1 |
Position Type | Full Time |
Experience | 2+ years |
Education | B.V.Sc. (Bachelors in Veterinary Science), B. Sc. (Agriculture), Bachelor's degree in social science |
Posted Date | 07 Nov, 2024 |
Apply Before | 13 Nov, 2024 |
City | Dhading |