परियोजना साझेदार संस्था छनौटको लागी आशय पत्र (Expression of Interest) आव्हान सम्बन्धी सूचना

Handicap International

Details / requirements:

परियोजना साझेदार संस्था छनौटको लागी आशय पत्र (Expression of Interest) आव्हान सम्बन्धी सूचना

ह्याण्डिक्याप इन्टरनेशनल अपाङ्गता भएका र अन्य संकटासन्न समुदायको समावेशी विकासको क्षेत्रमा विशेषज्ञता भएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यो संस्था सन् १९८२ मा फ्रान्समा स्थापना भइ हाल ६० भन्दा बढी देशहरूमा काम गर्दै आएको छ । नेपालमा सन् २००० देखि नेपाल सरकार/समाज कल्याण परिषद्सँगको सम्झौता वमोजिम स्थानीय संस्थाहरूसँगको साझेदारीमा अपाङ्गता भएका र संकटासन्न व्यक्तिहरूको जीवनस्तर सुधार गर्नका लागि विभिन्न परियोजना मार्फत निरन्तर काम गर्दै आएको छ । यसै सन्दर्भमा, ह्याण्डिक्याप इन्टरनेशनलले भविष्यमा सम्भावित परियोजना कार्यान्वयनका लागि अपाङ्गता भएका व्यक्तिकाहरूद्वारा सञ्चालित संस्था र गैरसरकारी संस्थाबाट आशय पत्र आव्हन गर्दछ । यो आव्हान पत्र अनुसार छनौटमा परेका संस्थाहरूलाई रोस्टरमा राखिने छ । दातृ निकायबाट अनुदान प्राप्त भएपछि मात्र परियोजना सम्झौता गरिने छ । 

आशय पत्र पेश गर्न आवश्यक न्युनतम मापदण्डहरू:

  • इच्छुक गैरसरकारी संस्था कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशमधेश प्रदेशका जिल्लामा नेपालको कानून अनुसार दर्ता भई सम्बन्धित जिल्लामा कम्तिमा तीन बर्षदेखि कार्यरत भएको अपाङ्गता भएका व्यक्तिकाहरूद्वारा सञ्चालित संस्था र गैरसरकारी संस्था हुनुपर्ने छ । 
  • विपद् जोखिम न्यूनीकरण र जलवायू परिवर्तन अनुकुलन (Disaster Risk Reduction and Climate Change Adaption-DRR/CCA),  समावेशी शिक्षा (Inclusive Education), शारीरिक कार्यगत पुनर्स्थापना (Functional Physical Rehabilitation), आर्थिक समावेशिकरण (Economic Inclusion) र   समावेशी स्वास्थ्य (Inclusive health) क्षेत्रमा परियोजना कार्यान्वयनको अनुभव भएको हुनुपर्ने छ ।
  • संस्थाको कानुनी दस्तावेजहरू अद्यावधिक भएको हुनु पर्ने छ । 
  • इच्छुक संस्थाले कुनै पनि दुई बिषयगत क्षेत्रमा मात्र आशय पत्र पेश गर्न पाइने छ । 

उल्लेखित न्यूनतम मापदण्डहरू पूरा गरेका इच्छुक स्थानीय गैर सरकारी संस्थाहरूले https://bit.ly/hieoi0624 लिंकमा रहेको फाराम भरी निवेदनमा माथी उल्लेखित विषयगत क्षेत्र प्रष्टसँग उल्लेख गरी eoi@nepal.hi.org  ईमेल मार्फत २२ जुलाई २०२४ भित्र पेश गर्नुपर्ने छ । 

नोट:

  • आशय पत्र आव्हान सम्भावित परियोजना सञ्चालन गर्नको लागि गरिएकोले दातृ निकायबाट परियोजना प्राप्त हुन नसके यो आशय पत्र स्वतः निष्कृय हुनेछ ।
  • अपाङ्गता समावेशिता र अधिकारको क्षेत्रमा कार्यक्रम कार्यान्वयनको अनुभव भएको गैरसरकारी संस्थालाई बिशेष प्राथमिकता दिइने छ । 
  • न्यूनतम मापदण्डहरू पुगेका र प्रारम्भिक छनौटमा परेका आवेदक संस्थाहरूलाई मात्र अन्तिम छनौट प्रकृयाका लागि सूचित गरिने छ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / INGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 02 Jul, 2024
Apply Before 22 Jul, 2024
City Kathmandu