परियोजना प्राविधिक संयोजक (Project Technical Coordinator)

Mahila Atma Nirbharata Kendra

Details / requirements:

महिला आत्मनिर्भरता केन्द्र, मेलम्ची–११, सिन्धुपाल्चोक

वागमती प्रदेश

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकासित मिति: २०८१ पौष १७ गते (१ जनवरी २०२५)

महिला आत्मनिर्भरता केन्द्र मेलम्ची, सिन्धुपाल्चोक २०४७ सालमा स्थापना भई समतामुलक समाज स्थापनाको लागि प्रयासरत संस्था हो । मानव वेविखन, हिंसा विरुद्ध अभियान, महिला तथा बालबालिकाहरूको अधिकार स्थापनाका साथ शिक्षा, स्वास्थ्य र जिविकोपार्जन सहयोग कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।  

यसै क्रममा यस संस्था द्वारा, फेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको संयुक्त साझेदारितामा सिन्धु स्वास्थ्य परियोजना, सिन्धुपाल्चोकको १२ वटै स्थानिय तहमा सन २०२२ देखि निरन्तर सञ्चालन हुदै आएको छ । उक्त परियोजना सन २०२८ सम्म सञ्चालन हुने प्रस्तावित योजना रहेको छ । त्यसैले उक्त परियोजनाको लागि निम्न उल्लेखित कर्मचारी तत्काल आवश्यक भएको हुँदा योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरूबाट रितपुर्वक आवेदन आह्वान गरिएको छ ।  । 

विज्ञापन नं ०२/२०८१/०८२

पद: परियोजना प्राविधिक संयोजक (Project Technical Coordinator)

आवस्यक संख्या: १ (एक)

न्यूनतम शैक्षिक योग्यता: जन स्वास्थ्य (Public Health) विषयमा स्नातक वा स्नातकउत्तोर(BPH/MPH) उत्रिण भएको । स्थानिय (जिल्ला भित्र) लाई प्राथमित्ता 

अनुभव: सरकारी वा गैर सरकारी निकायमा सम्बन्धित विषय वा क्षेत्रमा (जन स्वास्थ्य सम्बन्धी) ३ देखि ५ वर्षको अनुभव भएको 

आवेदन पेश गर्ने अवधी: १० जनवरी २०२५ कार्यालय समय भित्र । 

कार्य क्षेत्र: सिन्धुपाल्चोक जिल्ला (कार्यालय र कार्यक्षेत्र)

सेवा सुविधा: संस्थाको नियम अनुरुप (अपेक्षित सेवा सुविधा निवेदनमा उल्लेख गर्नु भएमा उत्तम हुने)  

दक्षता:

    १. परियोजनाको योजना तर्जुमा, कार्यन्वयन, अनुगमन, प्रतिवेदन लेखन, अभिलेख व्यवस्थापनमा दक्षता भएको । 

    २. कर्मचारी क्षमता विकास र टिम परिचालन दक्षता भएको । 

    ३. साझेदार, सरोकारवाला हरु र सञ्जालहरूसँग प्रभावकारी समन्वय गर्न र वैठकमा नेतृत्व गरेको । 

    ४. नेपाली, अग्रेजी दुवै भाषामा (लेख्न र वोल्न) प्रविणता भएको 

    ५. कम्प्यूटररमा वर्ड, एक्सेल, पावर प्वाइन्टमा काम गर्न पेशागत शिप भएको । 

    ६. दुई पांग्रे सवारी साधनको लाईसेन्स भएको । 

    ७. जिल्लाको दुर्गम स्थानहरुमा नियमित भ्रमण गरी कार्य गर्न प्रतिवद्ध रहेको । 

आवेदन साथ संलगन गरिनु पर्ने:

व्यक्तीगत विवरण (CV) शैक्षिक योग्यताको प्रमाण पत्र, अनुभवको प्रमाण पत्र, नेपाली नागरिक्ताको प्रमाण पत्र र सवारी साधन सञ्चालन अनुमती पत्रको प्रतिलिपी ।  

आवेदन पेश कसरी गर्ने:

आवेदन पेश गर्नको लागि संस्थाको कार्यालय मेलम्ची सिन्धुपाल्चोकमा सिधै पेश गर्न सकिने वा यस संस्थाको इमेल mank.vacancy@gmail.com मार्फत पठाउन सकिनेछ । 

Overview

Category Public Health, Technical, Development and Project
Openings 1
Position Type Full Time
Experience 3+ years
Education M.P.H. (Masters in Public Health), B.P.H. (Bachelors in Public Health)
Posted Date 01 Jan, 2025
Apply Before 10 Jan, 2025
City Sindhupalchowk