पैरवी तथा प्राविधिक सहयोग प्रवन्धक (Advocacy and Technical Support Manager)

Municipal Association of Nepal

Details / requirements:

नेपाल नगरपालिका संघ

कर्मचारी आवश्यकता म्याद थप सम्बन्धी सूचना

मिति २०८१ भदौ २० गते विहिबार

नेपाल नगरपालिका संघको कर्मचारी प्रशासन नियमावली, २०५८ बमोजिम देहायको पदमा पदपूर्ति गर्नुपर्ने भएकोले निम्न बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएकोमा यो सूचना प्रकाशित भएको मितिले पुन: १५ (पन्ध्र) दिन म्याद थप गरिएको छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले संघको इमेल vacancymuan1@gmail.com  मार्फत आवेदन दिन आह्वान गरिन्छ ।

१. पदको विवरण

पद: पैरवी तथा प्राविधिक सहयोग प्रवन्धक

आवश्यक संख्या: १ (एक) जना 

सेवाको प्रकृती: करार

२. न्यूनतम शैक्षिक योग्यता: (१) शहरी वा ग्रामिण विकास, कानुन, जनसंख्या शास्त्र, विकास अध्ययन वा सो सरह  विषयमा स्नातकोत्तर उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच (५) बर्षको अनुभव 

३. आवस्यक योग्यता/ अनुभव:

  • नेपालको संविधान, संघीयता, स्थानीय सरकार अन्तर–सन्बन्धित विषयको ज्ञान र कार्य अनुभव
  • तहगत सरकारका नीति, कार्यक्रम, सुशासन, वित्तीय अनुशासन विषयको नीतिगत र प्राविधिक ज्ञान 
  • नगरपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, वातावरण, विपद्, स्रोत परिचालन, कृषि, बन, उर्जा लगायत विविध क्षेत्रसँग सम्बन्धित नीतिगत र कार्यगत अनुभव
  • कम्प्युटरमा डिप्लोमा वा एमएस अफिस र युनिकोड लगायत कम्प्युटरमा दक्षता भएको 

४. प्रमुख कायक्षेत्र र जिम्मेवारी:

  • स्थानीय सरकारका विविध क्षेत्रमा तथ्याङ्क र अभिलेखीकरणका माध्यमबाट पैरवी र प्राविधिक सहयोगकालागि दस्तावेज तयारी गर्ने । 
  • स्थानीय सरकारका कानून कार्यान्वयनमा सहजिकरण गर्न संघ तथा प्रदेश सरकारका विधेयकमा अध्ययन गरि सुझाव दिन दस्तावेज तयारी गर्ने ।
  • नगरपालिकाहरुका लागि संघमा संचालित परियोजना संचालन गर्न कार्यकारी निर्देशकलाई आवश्यक सहयोग गर्ने र सम्बन्धित कर्मचारीलाई परामर्श सहयोग दिने । 
  • संघको रणनीतिक योजनाका प्राथमिकता अनुसार कार्यक्रम, परियोजना प्रस्ताव तयार गर्ने र सम्पन्न परियोजनाका प्रतिवेदन अन्तिम मस्यौदा तयार गर्ने । 
  • विभिन्न कार्यदल, समितिहरुमा प्रतिनिधित्वकालागि धारणा पत्र तयार गर्ने र स्थानीय सरकारका पक्षमा वकालत र आवश्यक विज्ञप्ती, ध्यानाकर्षण, घोषणा पत्र, प्रतिवेदन, परियोजना प्रस्ताव तयार गर्ने ।
  • अन्य सम्बन्धित तोके बमोजिमका कार्य गर्ने ।

५. आवश्यक कागजातहरु:

  • निवेदन तथा वैयक्तिक विवरण र फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, अनुभव/तालिमको प्रमाणपत्रको प्रतिलिपि

६. काम गर्नुपर्ने स्थान: नेपाल नगरपालिका संघको कार्यालय, काठमाडौं 

७. परीक्षा प्रणाली: सर्ट लिस्ट भएका उम्मेदवारलाई लिखित, प्रस्तुतीकरण र अन्तवार्ता 

८. उमेर हद: २१ बर्ष पुरा भई पुरुष भए ४० र महिला भए ४५ बर्ष ननाघेको 

९. पारिश्रमिक: नेपाल नगरपालिका संघको नियमानुसार तलब सुविधा 

१०. छनोट गर्ने अधिकार: उम्मेदवार छनोट गर्ने अन्तिम अधिकार संघलाई हुनेछ

Overview

Category Development and Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience 5+ years
Education Post Graduate / Masters in related field. , Masters in Law, Master’s degree in development studies
Posted Date 05 Sep, 2024
Apply Before 19 Sep, 2024
City Kathmandu