प्रशासन तथा लेखा सहायक / सामाजिक परिचालक

Bheri Environmental Excellence Group (BEE-Group) Banke

Details / requirements:

भेरी वातावरणीय विशिष्टता समुह (BEE Group)

दरखास्त आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित सुचना (वि.सं. २०८१ साल साउन १० गते)

भेरी वातावरणीय विशिष्टता समूह (BEE Group), बाँके जिल्लामा दर्ता भई मानव अधिकारको संरक्षण र प्रवद्र्धन, वातावरण तथा जैविक विविधताको संरक्षण र सामुदायीक विकासका लागि अधिकारमुखी विकासको अवधारणा अवलम्बन गर्दै लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा क्रियाशिल स्वतन्त्र, गैरनाफामूलक गैरसरकारी संस्था हो । यस संस्थाले विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकुलन, स्वास्थ्य र पोषण, पेशागत स्वास्थ्य, खानेपानी सरसफाई र स्वच्छता, शिक्षा र जिविकोपार्जन र जैविक विविधता संरक्षणको क्षेत्रमा विभिन्न परियोजनाहरु सञ्चालन गरिरहेको छ ।

संस्थाले Oxfam नेपालसँग साझेदारी गरी रुकुम पश्चिम जिल्लाको सानीभेरी गाउँपालिका वडा नं. १ मा भूकम्प प्रभावित क्षेत्रमा रहेका विपन्न परिवारहरुको जलवायु परिवर्तन उत्थानशिलता अभिवृद्धि गर्नका लागि Resilient Livelihoods for Earthquake-Affected Families (RELIEF) परियोजना सञ्चालन गरिरहेको छ । परियोजनाले जलवायु अनुकुलन कृषि र बजारको प्रवद्र्धन एवम् समुदायको जलवायु उत्थानशिलता अभिवृद्धि गर्दै आय विविधिकरण गरी दीगो जीविकोपार्जन एवम् खाद्य सुरक्षामा सहयोग गर्ने लक्ष्य लिएको छ । परियोजनाका लागि तपशिलमा उल्लेखित पदहरु पूर्ति गर्नुपर्ने भएकाले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ । 

१) पद: प्रशासन तथा लेखा सहायक

पद संख्या:  १ (एक) 

कार्यस्थल: सानीभेरी गाउँपालिका वडा नं. १ रुकुम (पश्चिम)

कामको विवरण:

प्रशासन तथा लेखा सहायकले परियोजना संयोजकसँगको समन्वयमा परियोजनाको फिल्ड कार्यालयमा बसेर दैनिक प्रशासन र लेखा सम्बन्धीका कार्यहरु सम्पादन गरी मासिक रुपमा तोकिएको मितिमा संस्थाको लेखा व्यवस्थापकलाई लेखा प्रतिवेदन बुझाउनु पर्नेछ । साथै फिल्ड कार्यालयमा बस्ने कर्मचारीको हाजिरीको अभिलेख, विदाको अभिलेख, चिठीपत्रको चलानी र दर्ताको अभिलेख, सवारी साधनको लगबुकको अभिलेख र कार्यालयमा भएका अन्य सामग्रीहरु तथा सम्पतीहरुको अभिलेखिकरण गर्ने साथै संस्थालाई आवश्यक पर्ने दैनिक प्रसाशनिक गतिविधिका कार्यहरु गर्नु पर्नेछ ।

भूमिका तथा जिम्मेवारी

  • आवश्यक कागजातहरुको सुनिश्चित गरी भएको कामको खर्चको भुक्तानी गर्ने ।
  • नेपाल सरकारको आयकर ऐन अनुसार करकट्टी गरी समयमै कर कार्यलयमा दाखिला गर्ने ।
  • संस्थाको नीति अनुसार सानो नगदी कोषको व्यवस्थापन गर्ने ।
  • परियोजना संयोजक र लेखा व्यवस्थापकसँग समन्वय गरी मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक बजेट योजना गर्ने एवम् भएको खर्चका आधारमा संस्थाको प्रतिवेदन फारामको ढाँचा, ट्रायल व्यालेन्स, बैंक रिकन्सिलेशन सहित लेखा प्रतिवेदन तयार गरी लेखा व्यवस्थापकलाई बुझाउने ।
  • संस्थाले खरिद गरेका तथा उपलब्ध भएका सामग्रीहरुको अभिलेखन गरी व्यवस्थापन गर्ने ।
  • महत्वपुर्ण कागजातलाई सुरक्षित रुपमा फाईलिङ गरी व्यवस्थापन गर्ने ।
  • आवश्यकता अनुसार बैठक तालिम, कार्यशाला र अन्य कार्यक्रमहरुको लागि बन्दोवस्तीको प्रबन्ध गर्ने ।
  • साझेदार संस्था र नेपाल सरकारका प्रचलित नीति नियमको पालना गरी वित्तिय कारोबार भएको सुनिश्चित गर्न भूमिका खेल्ने ।
  • संस्थाका सवारी साधन, उपकरण तथा कागजातहरु सुरक्षित रुपमा व्यवस्थापन भएको सुनिश्चित गर्ने । 
  • संस्थाको आवश्यकता अनुसारका सेवा र सामग्री खरिद प्रक्रियामा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराई संस्थाको खरिद समितिलाई सहयोग गर्ने ।

शिक्षा र कार्य अनुभव:

  • मान्यता प्राप्त संस्थाबाट व्यवस्थापन विषयमा १०+२ तह उतिर्ण गरी कम्तिमा दुई वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएको हुनुपर्नेछ । 
  • विविध संस्कृती र चालचलन भएका समुदायसँग सहज रुपमा काम गर्न सक्ने हुनुपर्नेछ । 
  • Accounting Software  मा लेखा अभिलेख गरी प्रतिवेदन तयार गर्न सक्ने हुनुपर्नेछ । 
  • टिममा मिलेर काम गर्न सक्ने साथै संस्थाको अनुआज्ञापालनलाई आत्मसाथ गरी काम गर्न सक्ने हुनु पर्नेछ । 
  • ईमेलबाट सञ्चार गर्न सक्ने हुनु पर्नेछ । 

२) पद: सामाजिक परिचालक

पद संख्या: ४ (चार) 

कार्यस्थल: सानीभेरी गाउँपालिका वडा नं. १ रुकुम (पश्चिम)

कामको विवरण: परियोजना संयोजक र परियोजना अधिकृतसँगको समन्वयमा परियोजनामा योजना गरिएका क्रियाकलापहरुलाई वडा तथा समुदायमा कार्यान्वयन गर्ने । भूकम्प प्रभावित लक्षित समुदायका महिलाहरुलाई संगठीत गरी महिला सशक्तिकरण समुहहरु गर्ने । समुहका सदस्यहरुको नेतृत्व विकासमा सयोग गर्ने । स्थानीय सहकारी, महिला सशक्तिकरण समूह, कृषि बजार व्यवस्थापन समिति, कृषक समुह तथा लघुउद्यमी, विभिन्न कृषि सम्बन्धी सेवा प्रवाह गर्ने सेवाप्रदायकहरुसँग समन्वय र सहकार्य गरी परियोजनामा योजना गरिएका क्रियाकलापहरुको कार्यान्वयन गर्ने । परियोजना अधिकृतलाई गरेका कामहरुको प्रगति र सफलताका कथाहरुको अभिलेखन गर्न सहयोग गर्ने । कृषि उत्पादनको बजारीकरण गर्न सहजीकरण गर्ने । साथै स्थानीय विपद् व्यवस्थापन समिति, वडा विपद् व्यवस्थापन समिति तथा सामुदायीक विपद् व्यवस्थापन समितिहरुसँग समन्वय गरी विपद् जोखिम न्यूनीकरणका कार्यहरु गर्न समुदायलाई सहजीकरण गर्ने । भूकम्प तथा मनसुन पूर्वतयारी, पूर्वचेतावनी प्रणालीको विकास र अभ्यासमा परियोजना अधिकृतलाई सहयोग गर्ने ।   

भूमिका तथा जिम्मेवारी  

  • भुकम्प प्रभावित समुदायमा महिला सशक्तिकरण समूहहरु गठन गरी जलवायु परिवर्तनको असरबाट प्रभावितहरुलाई जलवायु उत्थानशिलता अभिवृद्धिका लागि सहजीकरण गरी परिचालन गर्ने । 
  • महिला सशक्तिकरण समूहहरुमा नियमित बैठक बस्न सहजीकरण गरी समुदायमा भएका समस्याहरुको समाधानका लागि स्थानीय स्रोत परिचालनमा सहजीकरण गर्ने । 
  • महिला सशक्तिकरण समुहका सदस्यहरुको क्षमता विकासका लागि आयोजना गरिने तालिम, गोष्ठी सञ्चालनका लागि परियोजना संयोजक र अधिकृतलाई सहयोग गर्ने ।
  • नियमित रुपमा कार्यक्षेत्रमा उपस्थित भई समुदायको जलवायु तथा विपद् उत्थानशिलता बढाउन गर्न सकिने कार्यको योजना तर्जुमा कार्यान्वयनमा सहजीकरण गर्ने । 
  • किसानलाई जलवायु अनुकुलन खेती प्रणालीको विकास गर्न अभिप्रेरित गर्ने । रैथाने वालीको जगेर्ना गर्न र उत्पादकत्व बढाउन सहजीकरण गर्ने ।
  • उत्पादन भएको कृषि उपजलाई बजारीकरण गर्न स्थानीय बजार र किसानका बीचको सम्बन्ध विस्तारमा सहजीकरण गर्ने ।
  • कृषि तथा पशुपालन उद्यममा लागेका किसानहरुलाई प्राविधिक ज्ञान र सिप वृद्धि गर्न मद्दत गर्ने ।
  • किसान तथा महिला सशक्तिकरण समुहका सदस्यहरुको क्षमता विकास गर्न आयोजना गर्ने तालिम गोष्ठीका लागि चाहिने स्रोत सामग्रीको विकास गर्न परियोजना संयोजक र अधिकृतलाई सहयोग गर्ने ।
  • वित्तिय लेनदेनको उचित व्यवस्थापनको लागि प्रशासन तथा लेखालाई सहयोग गर्ने ।
  • सरोकारवाला निकाय गाउँपालिका, वडा र सम्बन्धित अन्य संघ संस्थाहरुससँग समन्वय गरी परियोजना अन्तर्गत गरिएका सफल अभ्यासको विस्तार गर्न परियोजना संयोजक र अधिकृतलाई सहयोग गर्ने । 
  • परियोजनाको प्रगति प्रतिवेदन तयार गर्दा परियोजना संयोजक र अधिकृतलाई आवश्यक तथ्याङ्क, सफलताका कथा एवम् उपलब्धीहरुको अभिलेखनमा सहयोग गर्ने ।

शिक्षा र कार्यअनुभव:

  • मान्यता प्राप्त संस्थाबाट नावय कृषि प्राविधिक सहायक (JTA)/कृषि प्राविधिक सहायक (JT)/ओभरसियर/सव–ओभरसियर विषय उतिर्ण गरी सम्बन्धित क्षेत्रमा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कम्तिमा दुई वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । 
  • अनलाईन एप्लीकेशनबाट तथ्याङ्क संकलन गर्न सक्ने हुनुपर्ने छ । 
  • स्थानीय समुदायको भाषा बोल्न सक्ने र संस्कृति र चालचलनसँग राम्रोसँग घुलमिल हुनसक्ने हुनुपर्ने छ । 
  • फिल्डमा भ्रमण गर्नका लागि प्रतिवद्ध हुनुपर्नेछ । 
  • मोटरसाईकल वा स्कुटर चलाउन सक्ने र सवारी चालक अनुमति पत्र भएको हुनुपर्ने छ । 

दरखास्त पेश गर्ने ठेगाना

कार्यालयमा उपस्थित भएर दरखास्त पेश गर्नका लागि

भेरी वातावरणीय विशिष्टता समूह (BEE Group)

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ वेलासपुर, बाँके

ईमेलबाट पेश गर्नका लागि beegroup.vacancy@gmail.com

दरखास्त पेश गर्ने अन्तिम मिति: २०८१ साल श्रावण १६ गते तरनुसार जुलाई ३१, २०२४ बुधबार

दरखास्त पेश गर्नका लागि संस्थाले उपलब्ध गराएको निवेदन ढाँचामा गर्नुपर्नेछ र निवेदन ढाँचाका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

Link: Application Form

नोट: भुकम्प प्रभावित समुदायको महिला, दलित, जनजाती, यौनिक अल्पसंख्यक एवम् परियोजना क्षेत्रका उम्मेवारलाई प्राथमिकता दिईने छ । छोटो सूचीमा छनौट भएका उम्मेदवारलाई मात्र परिक्षामा समावेस गरिने छ । यस संस्थासँग काम गर्न इच्छुक उम्मेदवारले संस्थाको बाल संरक्षण नीति र सेफगाडिङ्ग नीतिका प्रावधानलाई पालना गर्न प्रतिवद्ध हुनुपर्नेछ ।

Overview

Category Accounting and Finance, Development and Project, Finance & Administration, Development / NGO
Openings 5
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 25 Jul, 2024
Apply Before 31 Jul, 2024
City Rukum West