प्रशासन तथा लेखा अधिकृत (Administration and Accounts Officer)

Hilly Region Development Campaign (HRDC), Jajarkot

Details / requirements:

Pmh0hAAAAABJRU5ErkJggg==

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(दोश्रो पटक सूचना प्रकाशित मिति: २०८१ असोज १५ गते तद्अनुसार ०१ अक्टोवर २०२४)

एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको आर्थिक सहयोगमा कर्णाली तथा सुदुरपश्चिम प्रदेशको जाजरकोट, कालिकोट, दैलेख, सुर्खेत, सल्यान, अछाम र रुकुम पश्चिम जिल्लाहरुमा स्थानिय साझेदार संस्थाहरुद्धारा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम संचालन गरिदै आइरहेको छ । जाजरकोट जिल्ला र रुकुम पश्चिमका लागि साझेदार संस्था पहाडी क्षेत्र बिकास अभियान (HRDC) जाजरकोटलाई तपशिल बमोजिम पदमा कर्मचारीहरु आवश्यकता भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ ।

क) पद: प्रशासन तथा लेखा अधिकृत - १ जना

कार्यस्थल: पालिका क्लस्टर कार्यालय वा कार्यक्रमले तोकिएको पालिका कार्यालय

सुपरिवेक्षक: लेखा संयोजक वा ब्यबस्थापक वा लेखा फोकल पर्सन

मुख्य कार्यहरु र जिम्मेवारी

  • कर्मचारीहरुको व्यक्तिगत विवरण फाइल विदा, मासिक कार्ययोजना र कार्य प्रगतिको अभिलेख राख्ने ।
  • लेखाको सिद्धान्त अनुसार आर्थिक कारोवारहरुको निस्सा तथा प्रमाणहरु चेकजाच गर्ने तथा प्रक्रिया सम्मत खर्चहरुको भूक्तानी गर्ने, बजेट र खर्चहरुको नियमित अनुगमन सिट तयार गरी  पालिका फोकल, फिल्ड संयोजक तथा वास संयोजक । अधिकृतलाई जानकारी गराउने र क्रियाकलाप तथा बजेटको आवश्यक  समायोजन  गर्ने ।
  • त्रैमासिक रुपमा  कार्यक्रमको आयव्यय  वित्तीय प्रतिबेदन तयार गर्ने र एकीकृत जलश्रोत ब्यवस्थापन कार्यक्रमलाई समयसिमा भित्र पठाउने 
  • पालिका क्लस्टर कार्यालयको दैनिक प्रशासनिक तथा वन्दोवस्ती सम्वन्धी कार्यहरु गर्ने ,कार्यक्रमकोजिल्लामा रहेका जिन्सी सामग्रीहरुको अभिलेखिकरण तथा संरक्षण गर्ने ।
  • कार्यक्रम संचालनका लागि आगामी त्रैमासिकमा आवश्यक पर्ने बजेट फिल्ड संयोजकको सहयोगमा तयार गरि हेल्भेटास नेपालमा समयमै अनुरोध गर्ने ।
  • कार्यक्रम संचालनको लागि कर्मचारीले लिएको पेश्की रकम समयमा नै परछौट गर्ने गराउने ।  क्रियाकलापहरु कार्यन्वयनको खर्चमा कार्यक्रमको नम्र्स तथा कार्यविधिको पालना गर्ने गराउने र खर्चको पारदर्शिता, एकरुपता कायम गर्दै सुशासनमा प्रतिबद्ध रहने । 
  • वार्षिक रुपमा गरिने लेखा परिक्षणका लागि आवश्यक कागजात तयार गरि हेल्भेटास नेपालमा पठाउने ।

उपभोक्ता समिति संग सम्वन्धित कार्यहरु

  • उपभोक्ता समितिहरुलाई वाह्य निर्माण सामाग्री खरिद प्रकृयामा सहयोग गर्ने ,उपभोक्ता समितिहरुको आम्दानी खर्च खाता, बैक नगदी खाता, जिन्सी खाताहरु नियमानुसार राख्न सहजिकरण गर्ने । साथै यस सम्बन्धि थप जानकारी तथा अभिमुखिकरण फिल्डका अरु कर्मचारीहरलाई समेत गराउने ।
  • योजनाको कार्यान्वयन चरणमा सार्वजनिक सुनुवाइ, समिक्षा तथा लेखा परिक्षण संचालनमा फिल्ड संयोजक, सामुदायिक सहजकर्ता लाई सहजिकरणमा सहयोग गर्ने ।
  • लेखा व्यवस्थापन तालिम र वाह्रय निर्माण सामग्री खरिद तालिम मा सहजिकरण गर्ने ।
  • कार्यक्रमको नीति अनुसार पालिका, वडा तथा योजनास्तरमा संचालन हुने तालिम तथा गोष्ठिहरुमा हुने खर्चको विल, भरपाइ तयारी तथा संकलन लेखा व्यवस्थापनको जिम्मेवारी वहन गर्ने । पालिकाबाट योजनाहरुलाई दिनु पर्ने म्याचिङ्ग रकमको लागि पालिका आर्थिक प्रशासन शाखासंग समन्वय गरि आवश्यक कागजात तयारीमा उपभोक्ता समितिहरुलाई सहजिकरण गर्ने ।
  • कार्यक्रमको नतिजा हासिल गर्नको लागि आफ्नो सुपरिवेक्षकले तोकेको अन्य कार्य गर्ने,

आवश्यक शैक्षिक योग्यता,अनुभव तथा सम्वन्धित कार्यमा दक्षता

  • मान्यता प्राप्त संस्थाबाट व्यवस्थापन विषयमा स्नातक तह उत्तिर्ण गरि कम्तिमा २ वर्षको कार्य अनुभव हुनुपर्नेछ, आधारभुत कम्प्युटर सम्बन्धी ज्ञान भइ word and excel मा दख्खल भएको हुनुपर्ने । 
  • समुदाय , उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैंङ्गिग तथा समावेशीका सवालमा सचेत भएको ।

अन्य

  • समुदाय , उपभोक्ता समिति र संस्थासंग इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैंङ्गिक तथा समावेशीकरणका सवालमा सचेत भएको ।

पारिश्रमिक: दातृनिकाय संग संस्थाको गरेको सम्झौता अनुसार 

दरखास्त दिने विधि:

आवेदन  र ब्यक्तिगत बिवरण सहित ईमेल ठेगाना hrdc.jajarkotvacancy@gmail.com मा मिती २०८१।०६।१९ (०५ अक्टोवर २०२४) गते कार्यालय समय ५ बजे सम्म दरखास्त दिन सकिनेछ । यसरी दरखास्त दिदा  बायोडाटामा सन्दर्भ व्यक्तिहरुको (Reference) नाम, सम्पर्क नम्बर, आफ्नो इमेल र सम्पर्क नं. समावेश गर्नुपर्नेछ । म्याद नाघी आएका  निवेदनहरु थप छनौट प्रक्रियामा समावेश गरिने छैनन् र भर्ना समितिले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।

  • बाल संरक्षण नितिको पुर्ण रुपमा पालना गर्नुपर्नेछ ।
  • प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ ।
  • हेल्भेटास नेपाल र यसका साझेदार संस्थाले सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकोले महिला, दलित, जनजाति, सीमान्तकृत तथा स्थानीयलाई प्राथमिकता दिईनेछ ।

पदपूर्ति समिति

HRDC- जाजरकोट

Overview

Category Accounting and Finance, Finance & Administration
Openings 1
Position Type Full Time
Experience 2 Years
Education B. Com./BBS, BBA / BBM, Bachelor's in Management
Posted Date 01 Oct, 2024
Apply Before 05 Oct, 2024
City Jajarkot