प्रस्तावना पेस गर्ने सम्बन्धी सूचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

प्रस्तावना पेस गर्ने सम्बन्धी सूचना

(REF.: WVIN/SIDS/NRL/RFP/2025/005)

प्रकाशित मिति: २०८१/११/०२ गते

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सिन्धुली एकीकृत विकास समाज (SIDS) सिन्धुलीको आयोजनामा सञ्चालित पोषण तथा उत्थानशिल जिविकोपार्जन (NRL) परियोजना को जीविकोपार्जन कार्यक्रम अन्तर्गत विपद जोखिम न्यूकरण कार्यको लागि ५ दिने Community Action for Disaster Response (CADRE) (विपद प्रतिक्रियाको लागि सामुदायिक कार्य) सम्बन्धी तालिम सञ्चालन गर्नु पर्ने भएको हुनाले सो तालिम सञ्चालन गर्न इच्छुक सम्भावित फर्म, कम्पनी, संस्थाहरू तथा व्यक्तिहरूबाट यस कार्यालयमा तल उल्लेखित कागजात  सहित मिति २०८१/११/०८ गते (२० फेब्रुअरी, २०२५) भित्र कार्यालय समयमा दिनको ४ बजे सम्ममा प्रस्तावना पेश गर्न आह्वान गर्दछौँ ।

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

संस्था तथा कम्पनीहरूको हकमा

    १. निवेदन

    २. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको)

    ३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि 

    ४. आर्थिक बर्ष डण्रडज्ञ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

    ५. कम्पनी तथा फर्मको प्रोफाइल

    ६. सहजकर्ताहरूको व्यक्तिगत विवरण तथा अनुभवको प्रतिलिपीहरू

    ७. सम्बन्धित क्षेत्रमा विगतमा विभिन्न निकायहरूसँग कारोवार गरेको प्रमाणित गर्ने कागजातहरू ।

    ८. प्राविधिक तथा वित्तिय प्रस्तावना

    ९. यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

व्यक्तिहरूको हकमा

    १. निवेदन

    २. प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपी

    ३. Community Action for Disaster Response सम्बन्धी तालिम सञ्चालन गरेको प्रमाणको प्रतिलिपीहरू

    ४. व्यक्तिगत विवरण (बायोडेटा)

    ५. प्राविधिक तथा वित्तिय प्रस्तावना

(नोट: यदि प्रस्तावना बुझाउने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदाको दिन परेमा सो को भोलिपल्ट दिनको १२ बजे सम्ममा प्रस्तावना पेश गर्न सकिनेछ । समायावधी भन्दा पछि प्राप्त भएको प्रस्तावना मान्य हुने छैन )

आवश्यक सूची दर्ता फाराम तथा ToR  तलको लिङ्कबाट प्राप्त गर्न सकिनेछ साथै कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ ।

https://drive.google.com/drive/folders/1zWWWdm81PAMBRxCReOtFYxn7SSRu5NlY?usp=sharing

शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगाना: (Accepted and Valid only Hardcopy)

सिन्धुली एकीकृत विकास सेवा (SIDS), सिन्धुली

कमलामाई–०६, सिन्धुली

फोन नं. ९८५२०७३२४१

इमेल: scm.sids@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 14 Feb, 2025
Apply Before 20 Feb, 2025
City Sindhuli