प्रस्तावना पेस गर्ने सम्बन्धी सुचना
Details / requirements:
प्रस्तावना पेस गर्ने सम्बन्धी सुचना
(REF.: WVIN/SIDS/NRL/RFP/2025/004)
प्रकाशित मिति: २०८१/०९/२५ गते
वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सिन्धुली एकीकृत विकास समाज (SIDS) सिन्धुलीको आयोजनामा संचालित पोषण तथा उत्थानशिल जिविकोपार्जन (NRL) परियोजना को जीविकोपार्जन कार्यक्रम अन्तर्गत कार्यक्रम संचालित तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकामा तरबारी बाली र बाख्रा पालन सम्बन्धी जलवायु मैत्री कृषक पाठाशाला संचालन गर्ने कार्यक्रम रहेको हुनाले सो कार्यक्रम संचालन गर्न इच्छुक सम्भावित फर्म, कम्पनी, संस्थाहरु तथा व्यक्तिहरुबाट यस कार्यालयमा तल उल्लेखित कागजात सहित मिति २०८१/१०/०२ गते (१५ जनवरी, २०२५) भित्र कार्यालय समयमा दिनको ३ बजे सम्ममा प्रस्तावना पेश गर्न आह्वान गर्दछौ ।
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु
संस्था तथा कम्पनीहरुको हकमा
१. निवेदन
२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रकोे प्रतिलिपि (नविकरण भएको)
३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
४. आर्थिक बर्ष 80/81 को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. कम्पनी तथा फर्मको प्रोफाइल
६. सहजकर्ताहरुको व्यक्तिगत विवरण तथा अनुभवको प्रतिलिपीहरु
७. सम्बन्धित क्षेत्रमा विगत तिन बर्ष सम्म विभिन्न निकायहरु सँग कारोवार गरेको प्रमाणित गर्ने कागजातहरु ।
८. प्राविधिक तथा वित्तिय प्रस्तावना
९. यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
व्यक्तिहरुको हकमा
१. निवेदन
२. प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपी
३. जलवायू मैत्री कृषक पाठशाला संचालन गरेको प्रमाणको प्रतिलिपीहरु
४. व्यक्तिगत विवरण (बायोडेटा)
५. प्राविधिक तथा वित्तिय प्रस्तावना
(नोट: यदि प्रस्तावना बुझाउने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदाको दिन परेमा सो को भोलिपल्ट दिनको १२ बजे सम्ममा प्रस्तावना पेश गर्न सकिनेछ । समायावधी भन्दा पछि प्राप्त भएको प्रस्तावना मान्य हुने छैन )
आवश्यक सूची दर्ता फाराम तथा TOR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ साथै कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ ।
https://drive.google.com/drive/folders/14tq_hTLNK49dp0rT8gOtvi8Q-fFWsqfI?usp=sharing
शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगानाः (Accepted and Valid only Hardcopy)
सिन्धुली एकीकृत विकास सेवा (SIDS) सिन्धुली
कमलामाई–०६, सिन्धुली
फोन नं. ९८५२०७३२४१
इमेल: scm.sids@gmail.com
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 09 Jan, 2025 |
Apply Before | 15 Jan, 2025 |
City | Sindhuli |