प्रस्तावना पेस गर्ने सम्बन्धी सुचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

प्रस्तावना पेस गर्ने सम्बन्धी सुचना 

(REF.: WVIN/SIDS/NRL/RFP/2025/003)

प्रकाशित मिति: २०८१/०९/२२ गते

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सिन्धुली एकीकृत विकास समाज (SIDS) सिन्धुलीको आयोजनामा संचालित पोषण तथा उत्थानशिल जिविकोपार्जन (NRL) परियोजना को पोषण कार्यक्रम अन्तर्गत समुदायमा पोषण, स्वास्थ्य र सुरक्षित मातृत्व सम्बन्धी जनचेतना मुलक सडक नाटक संचालन गर्ने कार्यक्रम रहेको हुनाले सो कार्यक्रम संचालन गर्न यस सिन्धुली जिल्ला भित्र रहनु भएका इच्छुक सम्भावित फर्म, कम्पनी, संस्थाहरु तथा व्यक्तिहरुबाट यस कार्यालयमा तल उल्लेखित कागजात सहित मिति २०८१/०९/२८ गते (१२ जनवरी, २०२५) भित्र कार्यालय समयमा दिनको ३ बजे सम्ममा प्रस्तावना पेश गर्न आह्वान गर्दछौ । 

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु

संस्था तथा कम्पनीहरुको हकमा

१. निवेदन 

२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको)

३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि 

४. आर्थिक बर्ष डण्रडज्ञ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि 

५. कम्पनी तथा फर्मको प्रोफाइल

६. सम्बन्धित क्षेत्रमा विगत तिन बर्ष सम्म विभिन्न  निकायहरु सँग कारोवार गरेको प्रमाणित गर्ने कागजातहरु । 

७. यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

व्यक्तिहरुको हकमा

१. निवेदन

२. प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपी 

३. सडक नाटक सम्बन्धी ToT लिएको प्रमाण पत्रको प्रतिलिपी 

४. सम्बन्धित क्षेत्रमा विगतमा सडक नाटक प्रदर्शन गरेको प्रमाणको प्रतिलिपीहरु 

५. व्यक्तिगत विवरण (बायोडेटा)

(नोट: यदि प्रस्तावना बुझाउने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदाको दिन परेमा सो को भोलिपल्ट दिनको १२ बजे सम्ममा प्रस्तावना पेश गर्न सकिनेछ । समायावधी भन्दा पछि प्राप्त भएको प्रस्तावना मान्य हुने छैन)

आवश्यक सूची दर्ता फाराम तथा ToR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ साथै कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ ।

https://drive.google.com/drive/folders/1WBcWOHA7A_vF0s7LByv5SgUr9kAZMEVh?usp=drive_link

शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगाना: (Accepted and Valid only Hardcopy)

सिन्धुली एकीकृत विकास सेवा (SIDS), सिन्धुली

कमलामाई – ०६, सिन्धुली

फोन नं. ९८५२०७३२४१

इमेल: scm.sids@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 06 Jan, 2025
Apply Before 12 Jan, 2025
City Sindhuli