प्रस्तावना पेस गर्ने सम्बन्धी सूचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

प्रस्तावना पेस गर्ने सम्बन्धी सूचना 

(REF.: WVIN/SIDS/NRL/RFP/2025/001)

पहिलो पटक प्रकाशित मिति: २०८१/०८/११ गते

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सिन्धुली एकीकृत विकास समाज (SIDS) सिन्धुलीको आयोजनामा सञ्चालित पोषण तथा उत्थानशिल जिविकोपार्जन (NRL)  परियोजना को पोषण कार्यक्रम अन्तर्गत गोलन्जोर गाउँपालिका वडा नं. ४ माझकुभिण्डे र तीनपाटन गाउँपालिका वडा नं. ७ तोश्रोमखोला भन्ज्याङगाँउ सिन्धुलीमा खानेपानी आयोजना निर्माण गर्न लागिएको र सो खानेपानी निर्माण आयोजनाको नियमित अनुगमन तथा प्राविधिक क्रियाकलापहरू सञ्चालन गर्नको लागि प्राविधिक कर्मचारीको आवस्यकता भएको हुनाले इच्छुक सम्भावित इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी, संस्थाहरू एवं व्यक्तिहरूबाट यस कार्यालयमा तल उल्लेखित कागजात  सहित मिति २०८१/०८/१७ गते (०२ डिसेम्बर, २०२४) भित्र कार्यालय समयमा प्रस्तावना पेश गर्न आह्वान गर्दछौँ  । 

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

संस्था तथा कम्पनीहरूको हकमा

    १. निवेदन

    २. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको)

    ३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

    ४. आर्थिक बर्ष 80/81 को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

    ५. कम्पनी तथा फर्मको प्रोफाइल

    ६. सम्बन्धित क्षेत्रमा विगत तिन बर्ष सम्म विभिन्न  निकायहरूसँग कारोवार गरेको प्रमाणित गर्ने कागजातहरू ।

    ७. सम्बन्धित क्षेत्रमा अनुभव प्राप्त प्राविधिकहरूको बायोडाटा

    ८. यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

व्यक्तिको हकमा

    १. निवेदन (आपूर्तीकर्ता दर्ता फारम)

    २. शैक्षिक योग्यताको कागजातको प्रतिलिपिहरू साथै कार्य अनुभवको प्रतिलिपिहरू

    ३. प्यान कार्डको प्रतिलिपि

    ४. दुई पांग्रे सवारी साधनको चालक अनुमति पत्रको प्रतिलिपि

    ५. व्यक्तिगत विववरण (बायोडाटा) — कम्तीमा २ जनाको Reference सहित

(नोट: यदि प्रस्तावना बुझाउने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदाको दिन परेमा सो को भोलिपल्ट दिनको १२ बजे सम्ममा प्रस्तावना पेश गर्न सकिनेछ । समायावधी भन्दा पछि प्राप्त भएको प्रस्तावना मान्य हुने छैन )

आवश्यक सूची दर्ता फाराम तथा ToR तलको लिंकबाट प्राप्त गर्न सकिनेछ । साथै कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ ।

https://drive.google.com/drive/folders/1-BLZbAZThMkdZH2weO9hJg843XxA4zZM?usp=drive_link

शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगाना: (Accepted and Valid only Hardcopy)

सिन्धुली एकीकृत विकास सेवा (SIDS), सिन्धुली

कमलामाई–०६, सिन्धुली  

फोन नं. ९८५२०७३२४१

इमेल: scm.sids@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 26 Nov, 2024
Apply Before 02 Dec, 2024
City Sindhuli