प्रस्तावना आह्वान (Good Touch Bad Touch)

National Federation of the Deaf Nepal (NDFN)

Details / requirements:

प्रस्तावना आह्वान

राष्ट्रिय बहिरा महासंघ नेपाल देशभर रहेका सुनाइ सम्बन्धी अपांगता भएका व्यक्तिहरूको छाता संस्था हो । यस महासंघ अन्तर्रगत ७ प्रदेश समिति र ५४ जिल्ला  बहिरा संघहरू आवद्ध रहेका छन् ।  महासंघले नेपाली बहिरा समुदायको पहिलो भाषा नेपाली सांकेतिक भाषाको अनुसन्धान, पहिचान, प्रवर्दन, विकास र विस्तार गर्दै आएको छ  सांकेतिक भाषा शब्द संकलन, संकेत निर्माण र शब्दकोश प्रकाशन समेत गर्दै आएको छ  । हाल महासंघले भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा सेन्स इन्टरनेशनलसँगको साझेदारीमा “नेपालमा समावेशी शिक्षा प्रणाली तथा सेवा सुदृढीकरण” परियोजना कार्यान्वयन गरिरहेको छ । महासंघले अपाङ्गता भएका बालबालिका, अभिभावक तथा सबै सरोकारवालाहरुको सेफ गार्डिंग थप बुझाई बिकास तथा बालबालिकालाई जोखोम बाट टाढा राख्न good touch, bad touch सम्बन्धि booklet मुद्रण गर्नका लागि यो तपशिल बमोजिमको प्रस्तावना आह्वान गरिएको छ ।

समावेश गर्नुपर्ने कागजात तथा प्रमाण पत्र

कम्पनीको आधिकारिक लेटरहेडमा NDFN लाई सम्बोधन गरिएको कभर लेटर र सामग्रीको छाप्नका लागी प्रस्तावना सहितको सम्बन्धित कार्यालयको आधिकारीक हस्ताक्षरकर्ताद्वारा विधिवत हस्ताक्षर गरिएको र स्ट्याम्पको सहितको
 दर्ता कागजातहरू (PAN, कर चुक्ता, सम्बन्धित सरकारी प्राधिकरणमा कम्पनी दर्ता प्रमाणित) अनिवार्य छन् ।
खुलेको मितिः ३ जनवरी २०२५
पेश गर्ने अन्तिम म्याद: ९ जनवरी २०२५
आवेदकहरूको अनुभव विवरण
मुद्रण सामग्रीको लागि कुल लागत भ्याट, डेलिभरी लागत र वा कुनै अन्य लागत भएमा सो सहित समावेश गरेर पठाउनु पर्ने छ ।

सम्झौताको अवधि:

यो सम्झौता कुनै व्यक्ति वा संस्था संगको सम्झौतामा हस्ताक्षर गरेको मितिदेखि १ महिना सम्मको हुनेछ । सो सम्झौत मुद्रित सामग्री यस महासंघको कार्यालयमा डेलिभर गरेपछि मात्र पूरा हुनेछ । कम्पनी/व्यक्तिले सबै कार्य पूरा गरी अन्तमा निर्माण गरिएका मुद्रित सामग्रीहरू यस कार्यालयमा बुझाउनु पर्नेछ ।

बहिरा महासंघको टोलीले निम्न सहयोग प्रदान

  • प्रिन्टको लागि नमुना देखाउने 
  • आवश्यक भएमा थप सुझावहरू

१. मुद्रण सामग्रीको  विवरण र गुणस्तर:

क. मुद्रण सामग्रीः Booklet

१. २५० ग्रामको र हार्ड कभर

२. रङः ४ रङ (रङ्गिन)

३. साइजः A4 with durable Binding

४. जम्माः 500  प्रति

५. पेज : १४ पाना (२८ पेज नंबर सम्म) र अगाडी पछाडी कभर 

६. प्रिन्ट : Both Side.

७. लेमिनेशन सहित 

८. भ्याट सहितको मूल्य स्पष्ट खुलाउने

९. प्रति पिसको मुल्य समेत खुलाउने

२. मुद्रण सामग्रीको  विवरण गुणस्तर:

ख. मुद्रण सामग्रीः Booklet

१. २५० ग्रामको र हार्ड कभर

२. रङः ४ रङ (रङ्गिन)

३. साइजः A4 with durable Binding

४. जम्माः १०००  प्रति

५. पेज : १४ पाना (२८ पेज नंबर सम्म) र अगाडी पछाडी कभर

६. प्रिन्ट : Both Side.

७. लेमिनेशन सहित 

८. भ्याट सहितको मूल्य स्पष्ट खुलाउने

९. प्रति पिसको मुल्य समेत खुलाउने

सूचना तथा तथ्यांङ्क संरक्षण:

काम गर्ने संस्थाले प्राप्त गरेका सुचना जानकारी फोटो भिडियो तथा अन्य सबै डाटा यस महासंघ (NDFN) को सम्पत्ति हुनेछ । यसमा मुद्रण गर्ने सस्थासँग कुनै अधिकार हुनेछैन र यस महासंघको पूर्व स्वीकृति बिना प्रयोग र खुलासा गर्नेपाइने छैन । यस डाटाको उल्लङ्घनलाई कडाइका साथ निषेध गरिएको छ ।

भुक्तानी:

  • राष्ट्रिय बहिरा महासंघ (NDFN) ले सम्पूर्ण कार्य सम्पन्न गरी NDFN कार्यालयमा पेश गरी नेपाल सरकारको नियमबमोजिम लागु हुने सबै कर सहित प्रस्तावित कुल रकम (100%) जारी गर्नेछ ।
  • नेपाल सरकारको नियम बमोजिमको कर कट्टा गरिनेछ ।

सम्झौताको अन्त्य:

सम्झौता मिति समाप्त भएपछि सम्झौता स्वतः समाप्त हुनेछ। टीओआरमा उल्लेख नभएको कुरा आपसी छलफल र सहमतिबाट समाधान गरिनेछ ।

Email: vacancy@deafnepal.org.np

National Federation of the Deaf Nepal 

Central office , Kathmandu

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 03 Jan, 2025
Apply Before 09 Jan, 2025
City Kathmandu