प्रस्तावना आह्वान

National Federation of the Deaf Nepal (NDFN)

Details / requirements:

प्रस्तावना आह्वान

राष्ट्रिय बहिरा महासंघ नेपाल देशभर रहेका सुनाइ सम्बन्धी अपांगता भएका व्यक्तिहरूको छाता संस्था हो । यस महासंघ अन्तर्रगत ७ प्रदेश समिति र ५४ जिल्ला  बहिरा संघहरू आवद्ध रहेका छन् ।  महासंघले नेपाली बहिरा समुदायको पहिलो भाषा नेपाली सांकेतिक भाषाको अनुसन्धान, पहिचान, प्रवर्दन, विकास र विस्तार गर्दै आएको छ  सांकेतिक भाषा शब्द संकलन, संकेत निर्माण र शब्दकोश प्रकाशन समेत गर्दै आएको छ  । हाल महासंघले भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा सेन्स इन्टरनेशनलसँगको साझेदारीमा “नेपालमा समावेशी शिक्षा प्रणाली तथा सेवा सुदृढीकरण” परियोजना कार्यान्वयन गरिरहेको छ । महासंघले अपाङ्गता भएका बालबालिकाको सिकाइ लाइ प्रभावकारी बनाउन  शिक्षकका तथा बालबालिकका लागि उपयोगी हुने ३४८ (शब्द संकेत, चित्र र अक्षर सहितका ) वटा शब्द पत्तिहरू,  स्पीच थेरापी   सम्बन्धी स्रोत सामग्री, घरमा आधारित शिक्षा सम्बन्धि मार्गदर्शन पुस्तिका, पाठ्यक्रम अनुकुलन सम्बन्धी तालिम स्रोत सामग्री, कम्बो सेट  यस संस्थाले  निर्माण तथा प्रकाशन गर्न लागेको हुदाँ उक्त समग्रीहरूको मुद्रण गर्नका लागि यो तपशिल बमोजिमको प्रस्तावना आह्वान गरिएको छ । 

समावेश गर्नुपर्ने कागजात तथा प्रमाण पत्र

कम्पनीको आधिकारिक लेटरहेडमा NDFN लाई सम्बोधन गरिएको कभर लेटर र सामग्रीको छाप्नका लागी प्रस्तावना सहितको सम्बन्धित कार्यालयको आधिकारीक हस्ताक्षरकर्ताद्वारा विधिवत हस्ताक्षर गरिएको र स्ट्याम्पको सहितको
दर्ता कागजातहरू (PAN, कर चुक्ता, सम्बन्धित सरकारी प्राधिकरणमा कम्पनी दर्ता प्रमाणित) अनिवार्य छन् ।
खुलेको मिति: ३ जनवरी २०२५
पेश गर्ने अन्तिम म्याद: ९ जनवरी २०२५
आवेदकहरूको अनुभव विवरण
मुद्रण सामग्रीको लागि कुल लागत भ्याट, डेलिभरी लागत र वा कुनै अन्य लागत भएमा सो सहित समावेश गरेर पठाउनु पर्ने छ ।

मुद्रण सामग्रीको गुणस्तर: 

क. मुद्रण सामग्री: शब्द पत्ति

१. आर्ट पपेर

२. ३०० ग्रामको (दुवै पट्टि लेमिनेशन)

३. रङ: ४ रङ (रङ्गिन) 

४. साइज: ८ इन्च लम्बाइ र ६ इन्च चौडाई 

५. शब्दपत्ति डिजाइन: एक तर्फ अक्षरमा र अर्को तर्फ साङ्केतिक संकेत र चित्र 

६. १ सेटमा जम्मा शब्दपत्ति: ३४८ ओटा हुने 

७. जम्मा: १०० सेट  तयार गर्दा लाग्ने लागत खर्च राख्ने

८. जम्मा: १०० मात्र प्रिन्ट गर्दा १ सेटको मुल्य समेत खुलाएर राख्न  

९. जम्मा: २०० सेट  तयार गर्दा लाग्ने लागत खर्च राख्ने र प्रति सेटको लागत समेत राख्ने

१०. भ्याट सहितको मूल्य स्पष्ट खुलाउने

११. प्रति पिसको मुल्य समेत खुलाउने

१२. डिजाइन महासंघले प्रदान गर्न

ख. स्पीच थेरापी सम्बन्धी स्रोत सामग्री

१. आर्ट पपेर 

२. १५० ग्राम भित्री पपेरमा मुद्रण

३. २५० ग्राम कभर पपेर

४. रङ: ४ रङ (रङ्गिन) 

५. साइज: A5 

६. पेज: ८०

७. बाइन्डिङ: हार्ड

८. प्रकाशन गरिने प्रति: १०००

९. भ्याट सहितको मुल्य स्पष्ट खुलाउने

१०. प्रति कपिको मुल्य पनि खुलाउने

११. डिजाइन समेत गर्ने गरी 

ग. घरमा आधारित शिक्षा सम्बन्धी मार्गदर्शन पुस्तिका   

१. आर्ट पपेर 

२. १५० ग्राम भित्री पपेरमा मुद्रण

३. २५० ग्राम कभर पपेर

४. रङ: ४ रङ (रङ्गिन) 

५. साइज: A5 

६. पेज: ७०

७. बाइन्डिङ: हार्ड

८. प्रकाशन गरिने प्रति: ५०० जम्मा लागत र प्रति कपिको मुल्य पनि खुलाउने

९. प्रकाशन गरिने प्रति: १००० जम्मा लागत र प्रति कपिको मुल्य पनि खुलाउने

१०. भ्याट सहितको मुल्य स्पष्ट खुलाउने

११. डिजाइन समेत गर्ने गरी  

घ. पाठ्यक्रम अनुकुलन सम्बन्धी तालिम स्रोत सामग्री

१. आर्ट पपेर 

२. १५० ग्राम भित्री पपेरमा मुद्रण

३. २५० ग्राम कभर पपेर

४. रङ: ४ रङ (रङ्गिन) 

५. साइज: A4 

६. पेज:  १००

७. बाइन्डिङः हार्ड

८. प्रकाशन गरिने प्रतिः १०००

९. भ्याट सहितको मुल्य स्पष्ट खुलाउने

१०. प्रति कपिको मुल्य पनि खुलाउने

११. डिजाइन समेत  गर्ने गरी 

ङ. कम्बो सेट (क्यालेण्डरको ढाँचामा)

१. आर्ट पपेर

२. ३०० ग्रामको (दुवै पट्टि लेमिनेशन)

३. रङ: ४ रङ (रङ्गिन) 

४. साइज: १५ इन्च लम्बाइ र २४ इन्च चौडाई  भएको

५. १ सेटमा जम्मा: १५ पेज हुने  

६. जम्मा: १०० सेट  तयार गर्दा लाग्ने लागत (एक पिसको पनि मुल्य राख्ने)

७. जम्मा: ३०० सेट  तयार गर्नुपर्ने (एक पिसको पनि मुल्य राख्ने)

८. बाइन्डिङ: स्पाइरल भित्तामा झुन्ड्याउन मिल्ने गरेर  

९. भ्याट सहितको मूल्य स्पष्ट खुलाउने

१०. प्रति पिसको मुल्य समेत खुलाउने

११. डिजाइन महासंघले प्रदान गर्न

मुख्य जिम्मेवारी:

  • बहिरा महासंघले केहि माथि उल्लेख गरेका केहि सामग्री शब्दको डिजाइ र केही सामग्रीको वर्डफाइलहरू प्रदान गर्ने
  • बहिरा महासंघले दिएको ढाँचा र स्वीकृति अनुसार डिजाइन र प्रिन्ट गर्नुपर्ने 
  • कामको उत्कृष्ट गुणस्तर सुनिश्चित गर्न महासंघको कार्य टोलीसँग परामर्श गर्नुपर्नेछ 
  • अन्तमा पुस्तक मुद्रणगरि महांसंघलाई हस्तान्तरण गर्नुपर्नेछ  

सम्झौताको अवधि:

यो सम्झौता कुनै व्यक्ति वा संस्था संगको सम्झौतामा हस्ताक्षर गरेको मितिदेखि १ महिना सम्मको हुनेछ । सो सम्झौत मुद्रित सामग्री यस महासंघको कार्यालयमा डेलिभर गरेपछि मात्र पूरा हुनेछ । कम्पनी/व्यक्तिले सबै कार्य पूरा गरी अन्तमा निर्माण गरिएका मुद्रित सामग्रीहरू यस कार्यालयमा बुझाउनु पर्नेछ ।

बहिरा महासंघको टोलीले निम्न सहयोग प्रदान

  • प्रिन्टको लागि नमुना देखाउने 
  • आवश्यक भएमा थप सुझावहरू 

सुचना तथा तथ्यांङ्क संरक्षण:

काम गर्ने संस्थाले प्राप्त गरेका सुचना जानकारी फोटो भिडियो तथा अन्य सबै डाटा यस महासंघ (NDFN) को सम्पत्ति हुनेछ । यसमा मुद्रण गर्ने सस्थासँग कुनै अधिकार हुनेछैन र यस महासंघको पूर्व स्वीकृति बिना प्रयोग र खुलासा गर्नेपाइने छैन । यस डाटाको उल्लङ्घनलाई कडाइका साथ निषेध गरिएको छ ।

भुक्तानी:

  • राष्ट्रिय बहिरा महासंघ (NDFN) ले सम्पूर्ण कार्य सम्पन्न गरी NDFN कार्यालयमा पेश गरी नेपाल सरकारको नियमबमोजिम लागु हुने सबै कर सहित प्रस्तावित कुल रकम (100%) जारी गर्नेछ । 
  • नेपाल सरकारको नियम बमोजिमको कर कट्टा गरिनेछ ।

सम्झौताको अन्त्य:

सम्झौता मिति समाप्त भएपछि सम्झौता स्वत: समाप्त हुनेछ। टीओआरमा उल्लेख नभएको कुरा आपसी छलफल र सहमतिबाट समाधान गरिनेछ ।

Email: vacancy@deafnepal.org.np

National Federation of the Deaf Nepal 

Central office, Kathmandu

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 03 Jan, 2025
Apply Before 09 Jan, 2025
City Kathmandu