प्रस्ताव आह्वानको सूचना
Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region
Details / requirements:
बागमती सेवा समाज नेपाल
हरिवन–११, सर्लाही
प्रस्ताव आह्वान: १)रुपान्तरण जीवन उपयोगी तथा सुरक्षात्मक सीप प्रशिक्षक प्रशिक्षण तालिम
२) मनोसामाजिक स्याहार तथा सहयोग तालिम
प्रथम पटक प्रकाशित मिति: ९ मंसीर, २०८१
बागमती सेवा समाज नेपाल, सर्लाहीले वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाल संरक्षण, सामुदायिक संलग्नता स्पोन्सरशीप परियोजना अन्तर्गत मुख्यत: लक्षित क्षेत्रका बालबालिका तथा किशोरकिशोरीहरुका लागि रुपान्तरण जीवन उपयोगी तथा सुरक्षात्मक सीप प्रशिक्षक प्रशिक्षण तालिम तथा मनोसामाजिक स्याहार तथा सहयोग तालिमको लागि सेवा खरिद गर्नु परेको हुँदा ईच्छुक व्यक्ति तथा संस्थाहरुलाई प्रस्तावको लागि आह्वान गरिन्छ ।
१) रुपान्तरण जीवन उपयोगी तथा सुरक्षात्मक सीप प्रशिक्षक प्रशिक्षण तालिमको प्रस्ताव सम्बन्धि जानकारीको लागि तलको लिङ्कबाट जानकारी लिन सकिनेछ।
२) मनोसामाजिक स्याहार तथा सहयोग तालिमको प्रस्ताव सम्बन्धि जानकारीको लागि तलको लिङ्कबाट जानकारी लिन सकिनेछ।
नियम तथा सर्तहरु
१. यो सुचना प्रथम पटक प्रकाशन भएको मितिले ३ दिन भित्र ईच्छुक सेवा प्रदायक संस्था/परामर्शदाता/प्रशिक्षकले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाण पत्र वा प्यान नम्बर, (३) आर्थिक वर्ष २०८०/०८१ को कर चुक्ता प्रमाण पत्र साथै सम्बन्धित काम गरेको अनुभव पत्रको प्रतिलिपि ।
२. प्राविधिक तथा आर्थिक प्रस्ताव, विस्तृत कार्ययोजना, कार्यविधी, बायोडाटाको प्रतिलिपि ।
३. ईच्छुक सेवा प्रदायक संस्था/परामर्शदाता/प्रशिक्षकको कम्त्तीमा ३ वर्षको कार्य अनुभव भएको हुनु पर्ने ।
४. संस्थाले योग्य सेवा प्रदायक संस्था वा व्यक्तिगत परामर्शदाता/प्रशिक्षक सँग १ वर्षको सम्झौंता गर्न सकिनेछ ।
५. प्रस्ताव पेश गर्ने अन्तिम मिति ११ मंसीर, २०८१ को कार्यालय समय भित्र ।
६. आवश्यक कागजातहरु bwsn.notice@gmail.com मा पठाउन सकिन्छ । साथै आर्थिक प्रस्ताव Protected Sheet गरि पठाउनु पर्नेछ । तालिम सम्बन्धि अन्य कुनै जानकारी आवश्यक भएमा माथि उल्लेखति मेल मार्फत जानकारी प्राप्त गर्न सकिन्छ ।
७. यस संस्थाको उल्लेख गरिएका सर्तहरु यसै सुचना बमोजिम र आवश्यक कुराहरुको हकमा यसै संस्थाको खरिद नियमावली २०६१ (आठौं संशोधित–२०८०) तथा प्रचलित कानुन बमोजिम हुनेछ ।
बागमती सेवा समाज नेपाल
हरिवन–११, सर्लाही
फोन नं.: ९८०१९७२२५३
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 24 Nov, 2024 |
Apply Before | 26 Nov, 2024 |
City | Sarlahi |