प्रशासन तथा लेखा अधिकृत
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८०।०६।१२)
समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक, गैरसरकारी सरकारी संस्था हो । यस संस्थाले अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ती बाल्नु वेश भन्ने मूल नाराका साथ समुदायमा कार्यक्रमहरु कार्यान्वयन गरिरहेको छ । महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माणमा योगदान गर्नका लागि प्रतिबद्ध रही स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, शिक्षा, जिविकोपार्जन, संरक्षण, जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता, लैङ्गिक समानता, विविधता तथा सामाजिक समावेशीकरण एवम् संस्थागत विकासका क्षेत्रमा हाल सुर्खेत, दैलेख, कालिकोट, बैंतडी, सल्यान, जाजरकोट र डोल्पा जिल्लाका विभिन्न २३ वटा स्थानीय तहहरुमा कार्य गर्दै आइरहेको छ । यी विभिन्न कार्यक्रमहरुमध्ये प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा कर्णालीका सिमान्तकृत बालबालिकाका लागि प्रतिभा, समानता र आकांक्षा प्रवर्धन कार्यक्रम (Showing Talent, Equality, Ambition for Marginalized Children in Karnali-STEAM-Ahead) कार्यक्रम विगत ३३ महिनादेखि डोल्पा जिल्लाका ६ वटा स्थानीय तहहरुमा कार्यान्वयन भइरहेको छ । सोही कार्यक्रम कार्यान्वयन भइरहेको र निम्न उल्लेखित पद रिक्त रहेकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुकबाट निवेदन आह्वान गरिन्छ ।
विज्ञापन नं.: ०६।२०८०।०८१
पद: प्रशासन तथा लेखा अधिकृत
आवश्यक संख्या: १ जना
कार्यस्थल: परियोजना कार्यालय, दुनै, डोल्पा (आवश्यकता अनुसार फिल्ड भ्रमण गर्नुपर्ने)
आवश्यक शैक्षिक योग्यता, अनुभव तथा दक्षता
- व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा १ वर्ष प्रशासन, लेखा, खरिद, भण्डारण लगायतका क्षेत्रमा कार्यअनुभव भएको ।
- कार्यक्रमको आर्थिक प्रतिवेदन तयार गर्न सक्ने ।
- लेखा सम्बन्धी सफ्टवेयर चलाउन जानको ।
- Word, Excel, PowerPoint, तथ्यांक विश्लेषण तथा मानव संशाधन व्यवस्थापनमा सिप र ज्ञान भएको ।
- तनाव व्यवस्थापन, समय व्यवस्थापन, सिक्ने सिकाउने मनोवृत्ति, परिणाममुखी र भौगोलिक रुपमा दुर्गम क्षेत्रमा काम गर्ने रुचि भएको ।
- इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीकरण सचेत भएको ।
मुख्य कार्यहरु र जिम्मेवारी: कार्यक्रमको योजना तयार गर्न, कार्यान्वयन गर्न, वित्तीय अनुशासन कायम गर्न, आर्थिक प्रतिवेदन तयार तथा पेश गर्न, लगायतका कार्यहरुसहित संलग्न कार्यविवरण अनुसार हुनेछ । विस्तृत कार्यविवरण https://drive.google.com/uc?export=download&id=1smRQ04aJmCagYQEVKFCx2K50H1xBY5x- रहेको छ ।
उमेर: १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको (सबै पदका लागि)
कार्य अवधी: आगामी जुन २०२४ सम्म (३ महिने परिक्षणकाल रहनेछ । कार्यसम्पादन, आवश्यकता र श्रोत उपलब्धताका आधारमा कार्य अवधी थप हुन सक्ने ।)
पारिश्रमिक तथा सेवासुविधा: संस्थाको नियमानुसार तथा कार्यक्रममा भएको व्यवस्था बमोजिम
प्राथमिकता: संस्था तथा कार्यक्रमले सकारात्मक विभेदिकरणको नीति अबलम्बन गर्ने भएकाले लैङ्गिक समानता, विविधता तथा सामाजिक समावेशीकरण, सिमान्तकृत, स्थानीयका लागि सकारात्मक विभेद गरिनेछ ।
दरखास्त दिने विधि: सन्दर्भ व्यक्तिहरुको नाम, सम्पर्क नं., इमेल ठेगाना, आफ्नो इमेल र सम्पर्क नं. सहितको व्यक्तिगत विवरण (वायोडाटा) सहित यसै सूचनामा रहेको https://bit.ly/sacnepal मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएका शैक्षिक योग्यता पुरा नभएका, तोकिएका मापदण्ड पुरा नगरेका वा रितपूर्वक नपरेका दरखास्तहरु स्वीकृत गर्न संस्था वाध्य हुनेछैन । यस संस्था यौंन उत्पीडन, शोषण र दुर्व्यवहार एवम् बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरुसहित प्रतिबद्ध रहेको छ । यदि आवेदन पेश गर्ने व्यक्तिको यस संस्थामा कुनै नजिकको नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख वा स्व-घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । प्रारम्भिक छनौंटमा परेका उमेदवारहलई मात्र लिखित तथा मौखिकसहित छनौंट प्रक्रियामा समावेश गरिनेछ । संस्थाले पूर्ण वा आंशिक रुपमा कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।
आवेदन पेश गर्ने अन्तिम मिति: मिति २०८०।०६।१८ गते दिनको ५:०० बजेसम्म । यदि कुनै कुरा बुझ्नुपरेमा तल उल्लेखित इमेल वा फोन नं. सम्पर्क गर्न सक्नुहुनेछ ।
थप जानकारीका लागि
समाज जागरण केन्द्र (स्याक) नेपाल
वीरेन्द्रनगर, सुर्खेत
फोन नं. ०८३ ५२१२८२
इमेल: info@sacnepal.org.np
Overview
Category | Accounting and Finance, Development and Project, Finance & Administration |
Openings | 1 |
Position Type | Full Time |
Experience | 1+ years |
Education | B. Com./BBS, BBA / BBM, Bachelor's degree in a related field |
Posted Date | 29 Sep, 2023 |
Apply Before | 05 Oct, 2023 |
City | Birendranagar Surkhet |