प्रारम्भिक बालविकास कक्षाका लागि सिकाइ सामग्री खरिद सम्बन्धि सिलबन्दी बोलपत्र आह्वानको सूचना
Aasaman Nepal (ASN) ‘A pioneer organization for education and nutrition’, is one of the leading Terai based NGOs led and managed by social activists since its establishment in Dhanusha, Janakpur in 1999. ASN has been engaged in developing and implementing programs aimed at protection, promotion, and fulfillment of child rights in Nepal. Currently ASN has been working in 29 districts under 6 Thematic Areas as: Education/Child Protection, Women Empowerment, Livelihood/ Natural Resource Management, Disaster Risk Reduction, Health/ Nutrition and Good Governance.
Details / requirements:
प्रारम्भिक बालविकास कक्षाका लागि सिकाइ सामग्री खरिद सम्बन्धि
सिलबन्दी बोलपत्र आह्वानको सूचना
दोस्रोपटक प्रकाशित: २०८१ माघ ४ गते
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक ग्रामीण विकास समाज – दार्चुला, पीसबिन बाजुरा, सामुदायिक विकास केन्द्र, डोटी, मालिका विकास संघ – अछाम, सेवक नेपाल – कैलाली, किर्डाक नेपाल – मुगु/हुम्ला, सोनाहा विकास समाज – बर्दिया, संगम – म्याग्दी, सोर्डेक नेपाल – पर्वत, नौलो घुम्ती नेपाल – कास्की, पद्धती विकास सेवा केन्द्र – गोरखा, ग्रामीण विकास तथा सशक्तिकरण केन्द्र – नुवाकोट, लेले सामुदायिक विकास केन्द्र – ललितपुर, आसमान नेपाल – धनुषा र दलित समाज उत्थान समिति नेपाल – महोत्तरीले १७ वटा जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा एकीकृत सामुदायिक विकास परियोजना संचालन गर्दै आइरहेको छ । यस परियोजनाले सहयोग गरेको सामुदायिक विद्यालयहरुको प्रारम्भिक बालविकास कक्षामा अध्ययनरत बालबालिकाको लागि सिकाइ सामग्री खरिद गर्नुपर्ने भएकाले TOR मा उल्लेखित शर्त र Technical Specification /Bidding Form मा उल्लेखित विस्तृतीकरण तथा परिमाण अनुसार आपूर्ति गर्न इजाजतप्राप्त ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताबाट सिलबन्दी बोलपत्र पेश गर्नको लागि दोस्रोपटक यो सूचना प्रकाशित गरिएको छ ।
आवेदन दर्ता गर्ने प्रक्रिया :
ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताहरुले आफुले उपलब्ध गराउने प्रारम्भिक बालविकास कक्षाका लागि सिकाइ सामग्रीकाे दर भाउ पत्रलाई “प्रारम्भिक बालविकास कक्षाका लागि सिकाइ सामग्री – बोलपत्र” खाम बाहिर लेखी मिति २०८१ माघ १० गते (२३ जनवरी २०२५) साँझ ५:०० बजे भित्र TOR मा उल्लेखित संस्थाको कार्यालयहरुमा पेश गर्न सकिनेछ । बोलपत्रको आवेदन फारम, Technical Specification र TOR ईमेल procurement@aasamannepal.org.np वा वेभसाइट: https://gninepal.org/calls बाट प्राप्त गर्न सकिनेछ वा तल दिएका लिङ्कबाट डाउनलोड गर्न सकिनेछ ।
Link 1: Bidding Form and Technical Specifications (https://biddingform/Aasaman/Nepal)
Link 2: TOR (https://Terms of reference/HE5uPMo4qXveb/view?usp=sharing)
नोट :
१. यस अगावै बोलपत्र पेश गरेको बोलपत्रकर्ताले पुन: पेश गर्नु पर्ने छैन ।
२. बोलपत्र पेश गर्दा सामग्रीको नमुना (Sample) पनि अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।
३. सेवाप्रदायक कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार नेशनल कन्सोर्टियम कमिटीमा निहित रहनेछ ।"
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO, English and Exams |
Openings | 1 |
Salary | Rs. / |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 17 Jan, 2025 |
Apply Before | 23 Jan, 2025 |
City | Lalitpur |