परामर्शदाता छनोट सम्बन्धी आह्वानको सुचना !!!

Social Entrepreneurs Women Alliance Nepal (SEWA Nepal)

Details / requirements:

परामर्शदाता छनोट सम्बन्धी आह्वानको सुचना !!!

परिचय,

सामाजिक उद्यमी महिला संजाल नेपाल (सेवा नेपाल) २०७८ सालमा स्थापना भएको महिला उद्यमी, साना किसान र पिछडिएका समुदायको दिगो जीविकोपार्जन सुधार गर्न समर्पित गैरनाफामुखी र गैरसरकारी संस्था हो । सेवा नेपाल सामाजिक उद्यमी महिला सहकारीहरू द्धारा पर्वधित राष्ट्रिय स्तरको संजाल हो, जसले कृषि र पशुपालन उद्यमहरूमा आधारित महिला उद्यमी, साना किसान र पिछडिएका समुदायमा आधारित उद्यमी सहकारीहरुको सुशासन, सवलिकरण र दिगो जीविकोपार्जन सुधार गर्न समर्पित छ । यस संस्थामा नेपालका ६ प्रदेशका ३०० सामाजिक उद्यमी महिला सहकारी र करिव ४,००,००० सदस्य सम्लग्न छन् ।

सन्दर्भका सर्तहरू (ToR)

सामाजिक उद्यमी महिला तथा कृषि र पशुपालन उद्यम गर्ने सहकारीहरुलागि सवलिकरण गर्न एपेक्स वढी सवलिकरण दोस्रो चरण परियोजना अन्र्तगत तपशिल बमोजिमका परामर्श सेवाहरू प्रवाहका लागि सुचिकृत हुन साथै आबेदन आह्वान गरिन्छ ।

तपशिल:

१. सहकारी संस्थाहरूको लेखा सुपरिवेक्षण समितिको लागि तालिम पुस्तिका तयार गर्न (Preparation of  training manual for Account Supervisory Committee of cooperatives)

उदेश्य

यस कार्यको समग्र उद्देश्य सहकारी संस्थाहरूको लेखा सुपरिवेक्षण समितिको लागि प्रशिक्षण पुस्तिका विकास गर्नु हो जसले गर्दा यसको कर्तव्यहरू प्रभावकारी रूपमा निर्वाह गर्न र आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थित मद्दत पुग्छ ।  साथै उक्त पुस्तिका तयारी पछि यसको बारेमा सेवा नेपालका सम्बन्धित कर्मचारीलाई अभिमुखिकरण तालिम मार्फत लक्षित सहकारीहरुमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नमा मद्दत पुग्नेछ ।

Link: Terms of Reference (TOR)

२. सहकारी संस्थाहरूको लागि ऋण व्यवस्थापन प्रक्रियाको समीक्षा गरी र अद्यावधिक गर्ने (Review and Update of existing loan management procedure for Cooperatives)

उदेश्य

यस कार्यको समग्र उद्देश्य सहकारीको लागि व्यवस्थित ऋण व्यवस्थापन प्रक्रियाको समीक्षा र अध्यावधिक गर्नु र सेवा नेपालका कर्मचारीहरूको लागि अध्यावधिक ऋण व्यवस्थापन प्रक्रियाका बारेमा अभिमुखिकरण तालिम प्रदान गर्नु हो ।

Link: Terms of Reference (TOR)

३. स्रोत सृजना र परिचालन निर्देशिका तयार गर्ने (Preparation Resource Generation and Mobilization Guideline)

उदेश्य

स्रोत सृजना र परिचालन निर्देशिकाको मुख्य उद्देश्यहरू वित्तीय, मानवीय वा भौतिक स्रोतहरूको  प्रभावकारी रुपमा पहिचान र व्यवस्थापन सुनिश्चित गर्नमा केन्द्रित छन् । यी निर्देशिकाहरूले स्रोत परिचालनको लागि दृष्टिकोण, रणनीति र जिम्मेवारीहरूको रूपरेखा बनाउन मद्दत पुग्नेछ ।

Link: Terms of Reference (TOR)

ईच्छुक आवेदनकर्ताले (परामर्शदाता/संस्था वा फर्मले) निवेदनको साथै अन्य आवश्यक कागजात निम्न ठेगाना वा ईमेल मार्फत मिति २०८१/११/०८ गते कार्यालय समय भित्र बुझाउन हुन अनुरोध गरिन्छ ।   

तपशिल

  • सुचिकृत को आवेदन  (लिङ्क बाट डाउनलोड गर्नुहोस) (Link: Vendor Registration Form)
  • दर्ताको प्रमाणपत्र (नविकरण आ.व. २०८१/८२)
  • स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर दर्ताको प्रमाण पत्र
  • कर चुक्ताको प्रमाणपत्र (आ.ब. २०८०/८१)
  • कार्य योजना
  • व्यक्तिगत विवरण (CV)
  • आर्थिक प्रतावना (Link: Financial Proposal Form)

इमेल: sewanepal2022@gmail.com

ठेगाना: भरतपुर–१२, पारस बसपार्क, चितवन

सम्पर्क नं: ९८४१०३२८५१, ९८४५१८३२५५

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 14 Feb, 2025
Apply Before 20 Feb, 2025
City Chitwan, Bharatpur