प्रबन्धक (Manager)

Rajpur Drinking Water and Sanitation Management Board

Details / requirements:

कर्मचारी आबश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति २०८१/०३/०९ गते)

राजपुर नगरपालिका भित्रका खानेपानी आयोजनाहरुको दीगो व्यवस्थापन गर्ने गराउने प्रयोजनका लागि नगरपालिकामा राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड ऐन २०७९ अन्तर्गत राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड गठन भएको छ । उक्त बोर्डका कार्यक्रमहरु संचालन तथा कार्यान्वयनका लागि देहाय बमोजिमको कर्मचारी करारमा भर्ना गर्न आवश्यक रहेकाले नेपाली नागरिकहरुलाई यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र रीत पूर्वकको दरखास्त आह्वान गरिन्छ ।

तपसिल

विज्ञापन नं.

०३/२०८०/२०८१

पद:

प्रबन्धक

आवश्यक संख्या:

१ (एक)

योग्यता:

मान्यता प्राप्त शैक्षिक संस्था बाट व्यवस्थापन, बाणिज्य शास्त्र, मानवीकी वा सिभिल इन्जिीनियरिङ संकायमा स्नातकतह उत्तीर्ण ।

सेवा सुविधा:

नेपाल सरकारको (अधिकृत छैठौं तह) प्रचलित स्केल रहने गरी ग्रामीण खानेपानी व्यवस्थापन बोर्डले निर्धारण गरी तोकिदिए बमोजिम हुनेछ ।

कार्य अवधि:

६ महिना परिक्षणकाल रहने छ । कार्य मुल्यांकनको आधारमा कार्य अवधी थप हुन सक्ने छ ।

आवेदन दिने अन्तिम मिति:

२०८१/०३/१५ गते, साँझ ५:०० बजेसम्म । (आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदाको दिन पर्न गए, त्यस दिनको भोलिपल्ट कार्यालय समयभित्र आवेदन दिन सकिनेछ । )

आवेदन दिने विधि:

खित निवेदन, दस्तुर जम्मा गरेको भाउचर, बायोडाटा (कम्तिमा २ जना च्भाभचभलअभ सहित), नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको कागाजातको प्रतिलिपि सहित राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डको कार्यालय राजपुर–५, फतुवा, रौतहटमा उपस्थित भइ आवेदन पेश गर्न सकिनेछ ।

आवेदन दस्तुर:

रु. ५००।– (पाँच सय मात्र), बोर्डको नाममा नेपाल एस.बि.आई बैंकको राजपुर शाखामा रहेको च.खा.नं. ४३६२५२४०२००१५८ मा जम्मा गर्नु पर्नेछ ।

परीक्षाको किसिम:

लिखित र अन्तर्वार्ता । (छोटो सूची (Short List) मा छनौट भएका उम्मेदवारहरुलाई मात्र लिखित र अन्तर्वार्तामा सामेल गराइनेछ ।

प्राथमिकता:

संस्थाले साकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्ग तथा स्थानियलाई प्राथमिकता दिइने छ ।

अनुभव तथा सीप:

  • खानेपानी सरसफाई र स्वच्छता (WASH), खानेपानी व्यवस्थापन र शुशासन सम्बन्धी प्राविधिक ज्ञान भएको र उक्त क्षेत्रमा कम्तीमा ५ बर्षको कार्यानुभव भएको । 
  • खानेपानी आयोजना तथा सहकारी वा समुदायमा आधारीत संस्थाहरुको व्यवसायिक योजना तर्जुमा तथा कार्यान्वयनमा अनुभव भएको ।
  • खानेपानी योजनाको महशुल निर्धारण प्रकृयाको अनुभव भएको । 
  • सरकारी, गैर सरकारी संस्था तथा निजी क्षेत्र संग समन्वय र साझेदारी को अनुभव भएको । 
  • कुशल नेतृत्व तथा कुशल व्यवस्थापकिय क्षमता भएको र आफ्नै पहलमा कार्यहरु सम्पादन गर्ने क्षमताभएको । 
  • योजना तयारी, समन्वय, कार्यान्वयन र प्रतिवेदन लेखनमा राम्रो दख्खल भएको । 
  • नेपाली र अंग्रेजी दुवैमा राम्रो संचार कौशलभएको ।
  • कम्प्यूटर अफिस प्याकेज (वर्ड, एक्सेल, पावरप्वइन्ट, इमेल, इन्टरनेट आदि) मा निपुण भएको । 
  • लैङ्गिक र सामाजिक समावेशिकरणका साथै लैङ्गिक संवेदन शील कार्यमा प्रतिवद्ध । 
  • हालकुनै पनि राजनैतिक पार्टीको पद धारण नगरेको । 

व्यवस्थापकको जिम्मेवारी/कार्य बिवरण (JD): 

ऐनको दफा १५ मा लेखिएका काम कर्तव्य र अधिकारका अतिरिक्त व्यवस्थापकको काम कर्तव्य र अधिकारहरु देहाय बमोजिम रहनेछन् ।

  • बोर्डको प्रशासकीय प्रमुखको रुपमा बोर्डको सामान्य प्रशासन तथा बोर्डका कर्मचारीहरुको प्रशासनिक तथा नियमित कार्य सम्पादन मुल्यांकन गरि कार्यसमिति समक्ष अर्धबार्षिक रुपमा पेश गर्ने ।
  • बोर्डमा कार्यरत आफु मातहतका कर्मचारिहरुको आवश्यकता अनुसार क्षमताअभिबृद्धि गर्ने गराउने । 
  • समितिको निर्णय तथा निर्देशनका र्यान्वयन गर्ने गराउने ।
  • बोर्डको लागि आवश्यक कर्मचारी नियुक्तिको लागि कार्यकारी समिति समक्ष सिफारिस गर्ने ।
  • बोर्डको अल्पकालीन तथा दीर्घका लीन योजना, वार्षिक कार्यक्रम र बजेट तयार गर्ने गराउने तथा कार्य समिति बाट स्वीकृत गराई सोहि अनुसारको कार्यक्रम कार्यान्वयन गर्ने गराउने ।
  • बोर्डले सञ्चालन गरेका कार्यक्रमहरुको नियमित अनुगमन गर्ने । 
  • अनुगमनबाट प्राप्त विवरणको आधारमा प्रतिवेदन तयार गरी कार्यकारी समिति समक्ष पेश गर्ने।
  • बोर्डको अध्यक्षको निर्देशनमा बैठक आह्वान गर्ने, बैठकको एजेण्डा तय गर्ने ।
  • कार्यकारी समितिबाट स्वीकृत हुनु पर्ने प्रस्तावहरु समितिसमक्ष पेश गर्ने
  • बोर्डको स्वीकृत बजेट तथा कार्यक्रमको अधीनमा रहीआवश्यक रकमखर्च गर्ने र अपुग बजेट विभिन्नश्रोतहरुबाट खोजी तथा पहिचान गरि आवश्यक समन्वय गर्ने । 
  • आर्थिक क्रियाकलाप/कारोबारको लेखा अनलाइनमा व्यवस्थित ढंगले राख्न सुनिश्चित गर्ने ।
  • बोर्डको कोषको आन्तरिक नियञ्त्रणको उचितप्रवन्ध गर्ने ।
  • बोर्डको कोष सञ्चालन कार्य विधि तयार गरी स्वीकृतिका लागि समिति समक्ष पेश गर्ने ।
  • बोर्डको वार्षिक प्रतिवेदन (प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन) तयार गरी कार्य समिति समक्ष पेश गर्ने ।
  • बोर्डको बर्षिक साधारण सभा आयोजना तथा संचालनमा नेतृत्वलिने । 
  • ऐन वा नियमावलीको अधीनमा रही बोर्डको कर्मचारीहरुको सेवा काशर्त सम्वन्धी निर्देशिका तयार गरी स्वीकृतिका लागि कार्य समिति समक्ष पेश गर्ने ।
  • बोर्डले संचालन गरेका कार्यक्रमहरु त्था आर्थिक कारोबारहरुको बार्षिक लेखा परिक्षण गराउने । 
  • विद्यमान खानेपानी उपभोक्ता समितिलाई बोर्ड मोडलमा आवद्ध भई केन्द्रिकृत रुपमा खानेपानी व्यवस्थापनका लागि अभिप्रेरित गर्ने गराउने ।
  • खानेपानी सेवा प्रणाली प्राप्त, निर्माण, विस्तार, सुधार तथा पुन स्र्थापना गर्ने गराउने ।
  • खानेपानीको स्रोतको पहिचान, वितरण तथा सरसफाई सम्वन्धमा आवश्यक कार्य गर्ने गराउने ।
  • बोर्ड मोडल (व्यवसायिक मोडल) मार्फत गाउँपालिकाका उपभोक्ताहरुलाई स्वच्छ खानेपानीमा पहुँचका लागि गुणस्तरिय र प्रभावकारी रुपमा खानेपानी तथा सरसफाई सेवा र मर्मत सम्भार सेवाउपलब्ध गराउने र सेवावापतको महशुल संकलन गर्ने गराउने ।
  • खानेपानी सेवातथा मर्मत सम्भार सेवाको बैज्ञानीक पद्दती (व्यवसायिक योजनातर्जुमा) बाट मूल्य निर्धारण गरि प्रचलित कानुन बमोजिम सेवाको महशुल दर निर्धारण गर्ने गराउने । 
  • कुनै संघ संस्था तथा निकायसँग सह लगानीमा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी क्रियाकलाप गर्ने गराउने । 
  • सरकारी, गैर सरकारी, दातृ निकाय तथा निजि क्षेत्र संग खानेपानीको सेवा निर्माण, मर्मत सुधार तथा संचालनका लागि समन्वय र साझेदारी गर्ने । 
  • बोर्डले अनुमोदन तथा स्विकृत गरेका निति नियम तथा कार्य बिधीहरु कायान्वयन गर्ने गराउने । 
  • खानेपानी आयोजनाको दिगोपना संग सम्बन्धित अध्ययन र अनुसंधानका कार्यहरुको नेतृत्वलिने । 
  • अनलाइन प्लेटफर्ममा खानेपानीका उपभोक्ताहरुको विवरण तथा: क्ष्क् अध्यावधिक राख्ने वा राख्नलगाउने ।
  • बोर्डको कार्य समितिले तोके बमोजिमका अन्य कार्यहरु गर्ने ।

विस्तृत जानकारीको लागि

राजपुर खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड

राजपुर–६, फतुवा, रौतहट

सम्पर्क: ९८६२२९००८३, ९८४५३८०६२०

ईमेल: rdsmb2079@gmail.com

Overview

Category Administrative / Management, Development and Project, Development / NGO
Openings 1
Position Type Full Time, Contract
Position Level Senior Level
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 23 Jun, 2024
Apply Before 29 Jun, 2024
City Rautahat