“न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना सिलबन्दी दरभाउपत्र आव्हानको सुचना
Details / requirements:
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)
तौलिहवा, कपिलवस्तु ।
“न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना
सिलबन्दी दरभाउपत्र आव्हानको सुचना
प्रथम पटक सुचना प्रकाशन मितिः २०८१।०७।२०
दोस्रो पटक सुचना प्रकाशन मितिः २०८१।०७।३०
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) ले ईस्लामिक रिलिफ नेपालको साझेदारीमा “न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका र सम्मरीमाई गाँउपालिका तथा कपिलवस्तु जिल्लाको मायादेबी र शुद्धोधन गाँउपालिकामा लाभग्राहीहरुका लागि किचन सामाग्री सहयोग गर्न सिलबन्दी दरभाउपत्र प्रस्ताव आव्हान गरिन्छ । यसका साथै इजाजत प्राप्त कम्पनी वा फर्महरुलाई दरभाउपत्र र प्रस्तावना पेश गर्नको लागि तपसिलका शर्तहरुको अधिनमा रही रितपुर्वक सिलबन्दी दरभाउपत्र आव्हान गरिन्छ ।
प्राप्त दरभाउपत्र सम्बन्धित प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) तौलिहवा कपिलवस्तुमा मिति २०८१।०८।०६ गते बेलुका ४ः०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।
मिति २०८१।०८।०७ गते बिहान १२ः०० बजे प्राबिधिक प्रस्तावना खोलिनेछ र सो प्रस्तावनामा सफल हुने दरभाउपत्र दाताको आर्थिक प्रस्तावना खोलिने छ । दरभाउपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ । दरभाउपत्र सम्बन्धी प्राबिधिक र आर्थिक प्रस्तावना यस संस्थाको कार्यालय तौलिहवा कपिलवस्तु वा इमेल lidoprocurementofficer@gmail.com बाट प्राप्त गर्न सकिने छ ।
नोटः
१. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरु उल्लेख गर्ने बिक्रेताहरु स्वतः अयोग्य हुनेछन ।
२. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरु हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरु पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछन ।
३. सिलबन्दी दरभाउपत्र माग गर्दा किचन सामाग्री भनेर माग गर्नु पर्नेछ ।
४. कबोल गरेको रकमको २.५ प्रतिशत रकम बराबरको बैंक जमानत पत्र पेश गर्नु पर्नेछ । (कम्तीमा १२० दिनको)
५. दरभाउ सम्बन्धी थप जानकारी प्रदान गर्नका लागि आपुर्तिकर्ता र बिक्रेताको उपस्थितीमा पुर्व बैठक (Pre Bid Meeting) मिति २०८१ मंसिर ४ गते मंगलबारका दिन दिउँसो ३ बजे संचालन गरिने छ । यो बैठक भौतिक उपस्थिती वा अनलाईन मार्फत उपस्थित हुन सकिन्छ ।
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)
ईमेलः lidoprocurementofficer@gmail.com
सम्पर्क नम्बरः ०७६-५६११४५
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 15 Nov, 2024 |
Apply Before | 21 Nov, 2024 |
City | Kapilvastu |