न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना सिलबन्दी बोलपत्र आव्हानको सुचना

Lumbini Integrated Development Organization

Details / requirements:

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)

तौलिहवा, कपिलवस्तु ।

“न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना

सिलबन्दी बोलपत्र आव्हानको सुचना

प्रथम पटक सुचना प्रकाशन मितिः २०८१।०६।२२

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) ले ईस्लामिक रिलिफ नेपालको साझेदारीमा “न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिकाको वार्ड नं. २, ४, ९, ११, १२ र १३ तथा सम्मरीमाई गाँउपालिकाको वार्ड नं. १, २, ३, ५ , ६ र ७ साथै कपिलवस्तु जिल्लाको मायादेबी गाँउपालिका वार्ड नं. २, ४, ५, ७, ८ शुद्धोधन गाँउपालिका वार्ड नं. १, २, ६ मा लाभग्राहीहरुका लागि कृषि पशुपालन (भैसी, पाडी) सहयोग गर्न सिलबन्दी बोलपत्र प्रस्ताव आव्हान गरिन्छ । यसका साथै इजाजत प्राप्त कम्पनी वा फर्महरुलाई बोलपत्र र प्रस्तावना पेश गर्नको लागि तपसिलका शर्तहरुको अधिनमा रही रितपुर्वक सिलबन्दी बोलपत्र आव्हान गरिन्छ ।

प्राप्त बोलपत्र सम्बन्धित प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) तौलिहवा कपिलवस्तुमा मिति २०८१।०७।११ गते बेलुका ५:०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।

मिति २०८१।०७।१२ गते बिहान ११:०० बजे लुम्बिनी एकिकृत बिकास संस्थाको कार्यालय, कपिलवस्तु नगरपालिका ०२, पुरानो हाटबजार, तौलिहवामा प्राबिधिक प्रस्तावना खोलिनेछ र सो प्रस्तावनामा सफल हुने बोलपत्र दाताको आर्थिक प्रस्तावना खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र सम्बन्धी प्राबिधिक र आर्थिक प्रस्तावना यस संस्थाको कार्यालय तौलिहवा कपिलवस्तु वा इमेल lidoprocurementofficer@gmail.com   बाट प्राप्त गर्न सकिने छ ।

नोटः

१.    अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरु उल्लेख गर्ने बिक्रेताहरु स्वतः अयोग्य हुनेछन ।

२.    फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरु हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरु पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछन ।

३.    सिलबन्दी बोलपत्र माग गर्दा कृषि (पशुपालन) भनेर माग गर्नु पर्नेछ ।

४.    कबोल गरेको रकमको २.५  प्रतिशत रकम बराबरको बैंक जमानत पत्र पेश गर्नु पर्नेछ ।

५.    बोलपत्र सम्बन्धी थप जानकारी प्रदान गर्नका लागि आपुर्तिकर्ता र बिक्रेताको उपस्थितीमा पुर्व बैठक (Pre Bid Meeting) मिति २०८१ कार्तिक ७ गते बुधबारका दिन दिउँसो २ बजे संचालन गरिने छ । यो बैठक भौतिक उपस्थिती वा अनलाईन मार्फत उपस्थित हुन सकिन्छ ।

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)

ईमेलः lidoprocurementofficer@gmail.com

सम्पर्क नम्बरः ०७६-५६११४५

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 08 Oct, 2024
Apply Before 27 Oct, 2024
City Kapilvastu