पुन: सिलबन्दी बोलपत्र आह्वानको सुचना
Details / requirements:
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)
तौलिहवा, कपिलवस्तु ।
“न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना
पुन: सिलबन्दी बोलपत्र आह्वानको सुचना
प्रथम पटक सुचना प्रकाशन मिति: २०८१।०५।३१
दोश्रो पटक सुचना प्रकाशन मिति: २०८१।०६।२२
तेश्रो पटक सुचना प्रकाशन मिति: २०८१।०७।०६
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) ले ईस्लामिक रिलिफ नेपालको साझेदारीमा “न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिकाको वार्ड नं. २, ४, ९, ११, १२ र १३ तथा सम्मरीमाई गाँउपालिकाको वार्ड नं. १, २, ३, ५ , ६ र ७ साथै कपिलवस्तु जिल्लाको मायादेबी गाँउपालिका वार्ड नं. २, ४, ५, ७, ८ शुद्धोधन गाँउपालिका वार्ड नं. १, २, ६ मा लाभग्राहीहरुका लागि तपसिल बमोजिमको सहयोग गर्न सिलबन्दी बोलपत्र प्रस्ताव आह्वान गरिन्छ । यसका साथै इजाजत प्राप्त कम्पनी वा फर्महरुलाई बोलपत्र र प्रस्तावना पेश गर्नको लागि तपसिलका शर्तहरुको अधिनमा रही रितपुर्वक सिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।
प्राप्त बोलपत्र सम्बन्धित प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) तौलिहवा कपिलवस्तुमा मिति २०८१।०७।१२ गते बेलुका ५:०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।
मिति २०८१।०७।१३ गते बिहान ११:०० बजे लुम्बिनी एकिकृत बिकास संस्थाको कार्यालय, कपिलवस्तु नगरपालिका ०२, पुरानो हाटबजार, तौलिहवामा प्राबिधिक प्रस्तावना खोलिनेछ र सो प्रस्तावनामा सफल हुने बोलपत्र दाताको आर्थिक प्रस्तावना खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र सम्बन्धी प्राबिधिक र आर्थिक प्रस्तावना यस संस्थाको कार्यालय तौलिहवा कपिलवस्तु वा इमेल lidoprocurementofficer@gmail.com बाट प्राप्त गर्न सकिने छ ।
तपसिल:
१. इलेक्ट्रोनिक्स सामाग्री
२. किराना सामाग्री
नोट:
१. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरु उल्लेख गर्ने बिक्रेताहरु स्वत: अयोग्य हुनेछन ।
२. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरु हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरु पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछन ।
३. सिलबन्दी बोलपत्र माग गर्दा इलेक्ट्रोनिक्स सामाग्री र किराना सामाग्रीको छुट्टाछुट्टै बोलपत्र माग गर्नु पर्नेछ ।
४. कबोल गरेको रकमको २.५ प्रतिशत रकम बराबरको बैंक जमानत पत्रको सक्कल प्रति पेश गर्नु पर्नेछ ।
५. दरभाउ सम्बन्धी थप जानकारी प्रदान गर्नका लागि आपुर्तिकर्ता र बिक्रेताको उपस्थितीमा पुर्व बैठक (Pre Bid Meeting) मिति २०८१ कार्तिक ९ गते शुक्रबारका दिन दिउँसो २ बजे संचालन गरिने छ । यो बैठक उपस्थिती वा अनलाईन मार्फत उपस्थित हुन सकिन्छ ।
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)
ईमेल: lidoprocurementofficer@gmail.com
सम्पर्क नम्बर: ०७६-५६११४५
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 22 Oct, 2024 |
Apply Before | 28 Oct, 2024 |
City | Kapilvastu |