“न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना बोलपत्र आव्हानको सुचना
Job posted on 15 Nov, 2024
Apply before 21 Nov, 2024
Lumbini Integrated Development Organization
Details / requirements:
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)
तौलिहवा, कपिलवस्तु ।
“न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना
बोलपत्र आव्हानको सुचना
प्रथम पटक सुचना प्रकाशन मितिः २०८१।०६।२२
दोश्रो पटक सुचना प्रकाशन मितिः २०८१।०७।२०
तेस्रो पटक सुचना प्रकाशन मितिः २०८१।०७।३०
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) ले ईस्लामिक रिलिफ नेपालको साझेदारीमा “न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिकाको वार्ड नं। २, ४, ९, ११, १२ र १३ तथा सम्मरीमाई गाँउपालिकाको वार्ड नं। १, २, ३, ५ , ६ र ७ साथै कपिलवस्तु जिल्लाको मायादेबी गाँउपालिका वार्ड नं। २, ४, ५, ७, ८ शुद्धोधन गाँउपालिका वार्ड नं। १, २, ६ मा लाभग्राहीहरुका लागि कृषि पशुपालन (भैसी, पाडी) सहयोग गर्न बोलपत्र प्रस्ताव आव्हान गरिन्छ । यसका साथै इजाजत प्राप्त कम्पनी वा फर्महरुलाई बोलपत्र र प्रस्तावना पेश गर्नको लागि तपसिलका शर्तहरुको अधिनमा रही रितपुर्वक बोलपत्र आव्हान गरिन्छ ।
प्राप्त बोलपत्र सम्बन्धित प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) तौलिहवा कपिलवस्तुमा मिति २०८१।०८।०६ गते बेलुका ४ः०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।
मिति २०८१।०८।०७ गते बिहान ११ः०० बजे लुम्बिनी एकिकृत बिकास संस्थाको कार्यालय, कपिलवस्तु नगरपालिका ०२, पुरानो हाटबजार, तौलिहवामा प्राबिधिक प्रस्तावना खोलिनेछ र सो प्रस्तावनामा सफल हुने बोलपत्र दाताको आर्थिक प्रस्तावना खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र सम्बन्धी प्राबिधिक र आर्थिक प्रस्तावना यस संस्थाको कार्यालय तौलिहवा कपिलवस्तु वा इमेल lidoprocurementofficer@gmail.com बाट प्राप्त गर्न सकिने छ ।
नोटः
१. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरु उल्लेख गर्ने बिक्रेताहरु स्वतः अयोग्य हुनेछन ।
२. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरु हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरु पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछन ।
३. बोलपत्र माग गर्दा कृषि (पशुपालन) भनेर माग गर्नु पर्नेछ ।
४. कबोल गरेको रकमको २।५ प्रतिशत रकम बराबरको बैंक जमानत पत्र पेश गर्नु पर्नेछ । (कम्तीमा १२० दिनको)
५. बोलपत्र सम्बन्धी थप जानकारी प्रदान गर्नका लागि आपुर्तिकर्ता र बिक्रेताको उपस्थितीमा पुर्व बैठक (Pre Bid Meeting) मिति २०८१ मंसिर ४ गते मंगलबारका दिन दिउँसो २ बजे संचालन गरिने छ । यो बैठक भौतिक उपस्थिती वा अनलाईन मार्फत उपस्थित हुन सकिन्छ ।
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)
ईमेलः lidoprocurementofficer@gmail.com
सम्पर्क नम्बरः ०७६(५६११४५
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 15 Nov, 2024 |
Apply Before | 21 Nov, 2024 |
City | Kapilvastu |