निर्माण कार्यको लागि टेण्डर (शिलबन्दी दरभाउ पत्र) आह्वान सम्बन्धि सूचना
Details / requirements:
निर्माण कार्यको लागि टेण्डर (शिलबन्दी दरभाउ पत्र) आह्वान सम्बन्धि सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८१/०७/२०)
यस पहाडी क्षेत्र विकास अभियान (एच.आर.डि.सी.) र केयर नेपालबिचको साझेदारीमा सञ्चालन भइरहेको पालिकामा स्वास्थ्य र अधिकारमा पहुँच अभिबृद्धिका लागि प्रणाली सुदृढिकरण–२ (स्याहार–२) परियोजनाबाट कर्णाली प्रदेश, जाजरकोट जिल्लामा तपशिलमा उल्लेखित बर्थिङ्ग सेन्टर निर्माण कार्य गर्नुपर्ने भएकोले अनुभवी एवं इच्छुक इजाजत प्राप्त फर्म/कम्पनीहरूबाट फर्म दर्ता प्रमाण पत्र (नवीकरण सहित), भ्याट दर्ता प्रमाण पत्र, पछिल्लो कर चुक्ता प्रमाणपत्र, अनुभवको प्रमाण पत्र, फर्म/कम्पनीको अन्तिम पाच बर्षको वित्तिय अवस्था आदिको प्रतिलिपि संलग्न राखी निम्न स्थान मध्ये कुनै एक स्थानमा मिति २०८१ साल मंसिर ०४ गते दिउँसो १२:०० बजे भित्र रितपूर्वकको शिलबन्दी दरभाउपत्र (टेण्डर) आह्वान गरिन्छ । टेण्डर फाराम सोही स्थानबाट प्रति सम्झौताको रु.३,०००।– (फिर्ता नहुने गरी) यस पहाडी क्षेत्र बिकास अभियान को नाममा रहेको नेपाल बैंक लिमिटेड जाजरकोट शाखाको खाता नं. ०७५००१०११८८६९४०००००१ मा जम्मा गरेको सक्कलै बैङ्क भौचर सहित फर्म/कम्पनीबाट आधिकारीक व्यक्तिको अख्तियारी पत्र भएमा मात्र प्राप्त गर्न सकिने छ । Website https://carenepal.org/notice बाट टेण्डर डकुमेण्ट डाउनलोड गरेमा माथि उल्लेखित बैंक खातामा प्रति सम्झौताको रु ३०००।– (फिर्ता नहुने गरी) टेण्डर डकुमेण्ट बुझाउन आउँदा उक्त सक्कल बैक भौचर पेश गर्नुपर्ने छ ।
क) गर्नुपर्ने काम र स्थान
ख) टेण्डर डकुमेण्ट लिन र बुझाउन सकिने स्थान:
सि.नं. | कार्यालय/स्थान | ठेगाना |
१ | पहाडी क्षेत्र बिकास अभियान (HRDC) केन्द्रीय कार्यालय | भेरी नगरपालिका वडा नं.४, गैरीखाली सम्पर्क नं ०८९–४३००८९ |
२ | Website https://carenepal.org/notice बाट टेण्डर डकुमेण्ट हेर्न र डाउन लोड गर्न सकिने छ । | Website https://carenepal.org/notice बाट प्राप्त टेण्डर डकुमेण्ट डाउनलोड गरी रितपूर्वक शिलबन्दी दरभाउपत्र पेश गर्नुपर्ने छ । |
ग) टेण्डर बिक्रि गर्न सकिने मिति: २०८१/०७/२० देखि २०८१/०८/०३ दिउँसो ५:०० बजे सम्म (सार्वजनिक विदा बाहेक) ।
घ) टेण्डर सम्बन्धी पूर्व जानकारी बैठक (pre-bid meeting) मिति र स्थान: २०८१/०८/०१ बिहान १२:३० बजे, पहाडी क्षेत्र विकास अभियान केन्द्रिय कार्यालय, भेरी नगरपालिका वडा नं. ४, जाजरकोट वा सोही दिन अनलाइन बैठकमा आउन चाहेमा यस संघको इमेल ठेगाना: hrdcprocument@gmail.com मा मिति २०८१/०७/३० गते भित्र अनुरोध गर्नुपर्नेछ ।
ङ) टेण्डर डकुमेण्ट बुझाउने अन्तिम मिति: २०८१/०८/०४, दिउँसो १२:०० बजे सम्म ।
च) टेण्डर डकुमेण्ट खोल्ने मिति: २०८१/०८/०४, दिउँसो २:०० बजे । पहाडी क्षेत्र विकास अभियान, गैरीखाली ,जाजरकोट।
टेण्डर बुझाउने सम्बन्धि आवश्यक जानकारीको लागि सम्पर्क नं: ०८९–४३००८९/९८४८१३५९२८
छ) बालसंरक्षण नितिको पुर्णरुपमा पालना गर्नुपर्नेछ ।
नोट: टेण्डर स्वीकृति तथा अस्वीकृति सम्बन्धी सम्पूर्ण अधिकार पहाडी क्षेत्र बिकास अभियान,जाजरकोटमा निहित हुनेछ ।
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 06 Nov, 2024 |
Apply Before | 19 Nov, 2024 |
City | Jajarkot |