Monitoring and Documentation Officer

Divya Development Resource Centre Parsa

Details / requirements:

Monitoring and Documentation Officer आवश्यकता सम्बन्धी सूचना

विज्ञापन प्रकाशित मिति:  १८ जुन, २०२४

आवेदन दिने अन्तिम मिति: २८ जुन, २०२४

दिब्य बिकास स्रोत केन्द (DDRC), पर्सा  बि.स २०५० सालमा पर्सा जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो । संस्थाले महिला पुरुष, किशोर किशोरी तथा बालबालिकालाई संगठित गरी उनिहरुलाइ सम्मान र्पूवक बाँच्न पाउन वातावरणको सृजना गर्ने, सिमान्तकृत विपन्न र सामाजिकरुपमा पिछडिएका महिला, किशोरी र युवालाइ आर्थिक रुपमा सवल वनाउने, समाजमा रहेका सवै वर्ग र जातजातिलाइ शान्तिर्पूवक जिउनको लागी समाजमा रहेका विभेदलाई न्यूनिकरण गर्नको लागी वकालत गर्ने, संस्थागत तथा व्यतिगत विकास गरी सुशासन कार्यन्वयनका लागी पहल गर्दै सुशासनको क्षेत्रमा नेतृत्व प्रदान गर्ने  र विद्यालय बाहिर रहेका सिमान्तकृत तथा अपाङ्गता भएका किशोरिहरुको सशक्तिकरण गर्ने आदि जस्ता कार्यहरु आफ्नो स्थापना काल देखि नै विभिन्न सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँगको समन्वय र सहकार्यमा काम गर्दै आईरहेको छ । हाल दिव्य विकास स्रोत केन्द्र र केयर नेपाल संगको साझेदारीमा पर्सा जिल्लाको ४ वटा स्थानीय तहहरु पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका र जगरनाथपुर गाउँपालिकाहरुमा) यूएसएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजना संचालनमा छ ।

USAID Adolescent Reproductive Health परियोजना CARE NEPAL को नेतृत्वमा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International HDI, Jhpiego, and Nepal CRS Company संगको सयुक्त साझेदारीमा दिब्य विकास स्रोत केन्द्र (DDRC), पर्साद्वारा १० देखि १९ बर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशारीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गर्न सक्षम बनाउन सशक्तीकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उदेश्य भनेको किशोर किशोरीहरुलाई प्रजनन् स्वास्थ्यको बारेमा सहि र उमेर तथा लिंग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यको बारेमा उपयुक्त निर्णय लिने सिपको लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यको बारेमा स्वस्थ्य निर्णय लिनको लागि समाजमा उपयुक्त बाताबरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यबहारमा रुपान्तरण गर्दै उनीहरुको पुर्ण क्षमताको बिकास गर्नु रहेको छ ।

यसै अनुरुप दिब्य बिकास स्रोत केन्द पर्साले केयर नेपालसंगको साझेदारीमा पर्सा जिल्लाको ४ वटा पालिकाहरु पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका र जगरनाथपुर गाउँपालिकामा USAID किशोर किशोरी प्रजनन् स्वास्थ्य ARH परियोजना संचालन गरिरहेको छ । सोहि अन्तर्गत Monitoring and Documentation Officer पदमा योग्य र अनुभवी उम्मेदवारहरु आवश्यक भएकोले इच्छुक उम्मेदवारहरुले आवेदन, बायोडाटा, नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी सहित दिव्य विकास स्रोत केन्द्रको कार्यालय, वीरगंज–११, फुलवारी टोलमा समयभित्र आवेदन दिनहुन आह्वान गरिन्छ । आवेदन इमेल मार्फत vacancydycparsa@gmail.com पठाउन सकिने छ, वा कार्यालयमा उपस्थित भई दिन सकिने छ ।

विवरण

पद:

Monitoring and Documentation Officer

आवश्यक संख्या

१ जना

योग्यता:

मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा जनस्वास्थ्य, नर्सिंग, व्यवस्थापन वा समाजशास्त्रमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्ष कार्य अनुभव भएको र डाटा संकलन, डाटा व्यवस्थापन र विश्लेषण सम्बन्धि ज्ञान भएको हुनु पर्ने छ ।

सेवा सुबिधा:

संस्थाको नियमानुसार ।

आवेदन दिने अन्तिम मिति:

२८ जुन २०२४, साँझ ५:०० बजेसम्म

परीक्षाको किसिम:

लिखित र अन्तरर्वार्ता । (छोटो सूचि (Short List) मा छनौट भएका उम्मेदबारहरुलाई मात्र लिखित र अन्तरर्वार्तामा सामेल गराईने छ ।)

परियोजना:

यूएसएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ

प्राथमिकता

स्थानीय महिला, दलित, सिमान्तकृत समुदाय, कामको अनुभव र सम्बन्धित जिल्लाको आवेदकलाई बिशेष ग्राहयता दिईनेछ ।

Detail Job Description (JD) can be downloaded from the following link:

JD Link: Monitoring and Documentation Officer

दिव्य विकास स्रोत केन्द्र, पर्सा सँग बाल संरक्षण र सुरक्षा नीति छ । हामी हाम्रा सबै कर्मचारी/स्वयंसेवकहरूले बालबालिका, युवाहरू र जोखिममा परेका व्यस्कहरूलाई विभिन्न हानिबाट जोगाउन र हाम्रो सुरक्षा नीतिको पालना गर्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गर्दछौं । सबै उम्मेदवारहरूले परियोजना सम्झौतामा समेटिएका प्रावधानहरूको साथै बाल सुरक्षा नीतिको पालना गर्नु पर्दछ । सबै कर्मचारी र साझेदारहरूबाट दिव्य विकास स्रोत केन्द्रको नीतिहरू र आन्तरिक प्रक्रियाहरू, प्रोटोकलहरू, आचार संहिता, सुरक्षा मापदण्ड प्रक्रिया, केस ह्यान्डलिंग फ्रेमवर्क, बाल संरक्षण र नोहार्म नीतिहरूमा विशेष ध्यान दिएर पालना भएको सुनिश्चित गर्दछौं । साथै, कुनै पनि गुनासो र समस्याहरूको गम्भीरतामा आधारित तुरुन्त रिपोर्टिङ र समाधान भएको चाहन्छौं ।

नोट: महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिहरु, सिमान्तकृत समुदायवर्ग, बञ्चितिकरणमा परेको समुदायवर्ग तथा स्थानिय व्यक्तिहरुलाई आवेदन दिनको लागि विशेष प्रोत्साहित गरिन्छ । प्रारिम्भक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौट प्रक्रियामा समावेश गरिनेछ । रित नपुगेका, म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन । दिव्य विकास स्रोत केन्द्रले कुनै पनि कारण बिना कुनै पनि आवेदनलाई योग्य/अयोग्य ठहराउने अधिकार सुरक्षित राख्दछ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्धन्द्ध (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख गरि स्वघोषणा गर्नुहून समेत जानकारी गराईन्छ । 

दरखास्त पेश गर्ने स्थान

दिब्य विकास स्रोत केन्द्र, पर्सा

वीरगंज–११, फुलवारी टोल, वीरगंज, पर्सा, नेपाल

सम्पर्क टेलिफोन: ९७७-०५१-५३४०५०/९८४१५१९२३२

Email: vacancydycparsa@gmail.com

Overview

Category Public Health, Development and Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience 3+ years
Education B.P.H. (Bachelors in Public Health), Bachelor's degree in a related field, Bachelor's degree in Sociology
Posted Date 18 Jun, 2024
Apply Before 28 Jun, 2024
City Birgunj, Parsa