मातृ तथा बाल स्वास्थ्य सुधार परियोजना अन्तर्गत जिल्ला अस्पताल मुगुको लागि स्वास्थ्य उपकरण खरिद गर्न दरभाउ पत्र आह्वानको सूचना

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

मातृ तथा बाल स्वास्थ्य सुधार परियोजना अन्तर्गत जिल्ला अस्पताल मुगुको लागि स्वास्थ्य उपकरण खरिद गर्न दरभाउ पत्र आह्वानको सूचना

KOICAगुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा किर्डाक नेपालद्धारा सञ्चालित MNCH परियोजना मुगु जिल्लाका छायाँनाथ रारा नगरपालिका, सोरु, खत्याड र मुगुम् कार्मारोड गाउँपालिकामा कार्यान्वयन गर्दै आईरहेको छ । यसै सन्दर्भमा सन् २०२४ को बार्षिक कार्ययोजना कार्यान्वयनको शिलशिलामा मुगु जिल्ला अस्पतालको लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामाग्रीहरु खरिद गर्नुपर्ने भएकाले TOR मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त इच्छुक  कम्पनी, फर्म, आदि आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउ–पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

बोलपत्रमा अनिवार्य समावेस गर्नुपर्ने कागजातहरू:

    १. कम्पनी दर्ता तथा नवीकरणको प्रमाणपत्रहरू

    २. आर्थिक वर्ष २०८०/८१ को कर चुक्ताको प्रमाण पत्र वा म्याद थपको कागजात

    ३. VAT दर्ताको प्रमाण पत्र

    ४· सहि छाप सहितको TOR, Due Diligence Form र स्व-घोषणा पत्र 

    ५. बैंक जमानत पत्र Original Copy (२·५ %)

    ६. विस्तृत विवरणका साथै सामाग्रीका कलर फोटोहरू

आवेदन दर्ता गर्ने प्रक्रिया:

उपरोक्त बमोजिमको सिलबन्दी दर भाउपत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात २०८१ कार्तिक २३  गते सम्म (25 October 2024 to 8 November 2024) साँझ ५:०० बजे भित्र निम्न स्थान र ठेगानामा बुझाउन सकिने छ । 

    क) किर्डाक नेपाल जिल्ला कार्यालय मुगु वा सानेपा, ललिपुर कार्यालय वा वीरन्द्रनगर, सुर्खेत कार्यालय

    ख) गुड नेवर्स इन्टरनेशन नेपाल मुगु को कार्यालय वा एकान्तकुना ललितपुर कार्यालय

खरिद गरिने सामाग्रीको नाम विवरण, परिमाण, Terms of Reference र बोल–पत्रको आवेदन फाराम (Bid Form) यो लिंक https://kirdarc.org/tender/ बाट  वा तल उल्लेखित लिंकबाट डाउनलोड गर्न सकिने छ वा किर्डाक नेपालका माथि उल्लेखित कार्यालयहरूबाट समेत प्राप्त गर्न सकिनेछ ।

Link_1: Terms of Reference

Link_2: Bid-Form

विस्तृत जानकारी तथा बिड र्फम बुझाउनका लागि किर्डाक नेपाल जिल्ला कार्यालय मुगु (फोन नः ०८७–४६००५३) र सानेपा ललिपुर कार्यालयको फोन नं. ०१–५४४८३२१, ५४४९०९३ र किर्डाक नेपाल सुर्खेत कार्यालयको फोन नं. ०८३–५२५६६४ तथा गुड नेवर्स इन्टरनेशनल मुगु कार्यालयको (फोन नः ०८७–४६०००२) वा एकान्तकुना ललितपुर कार्यालयको फोन नं. ०१–५५३८७५८ मा सम्पर्क गर्नुहोला ।

(नोटः बोलपत्र छनौट गर्ने वा नगर्ने सम्पुर्ण अधिकार खरिद समितिमा निहित रहने छ ।)

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 25 Oct, 2024
Apply Before 08 Nov, 2024
City Mugu