मनोविमर्शकर्ता

TPO Nepal

Transcultural Psychosocial Organization Nepal (TPO Nepal) is one of Nepal’s leading psychosocial organization. It was established in 2005 with the aim of promoting psychosocial well-being and mental health of children and families in conflict affected and other vulnerable communities through the development of sustainable, culturally-appropriate, and community-based psychosocial support systems. TPO Nepal is a knowledge-driven, innovative organization working in areas disrupted by violence and poverty. We strive to develop local psychosocial, mental health and conflict resolution capacity and systems that promote community resilience, quality of life and self-reliance through education, research, service delivery and advocacy.

Details / requirements:

बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि. पि. ओ. नेपाल) जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्घ भएको मनोसामाजिक सु–स्वास्थ्य र मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था हो । यस संस्थाले स्थापनाकाल देखि नै नेपालका विभिन्न जिल्लाहरूमा समुदायमा आधारित भई सामान्य तथा आकस्मिक अवस्थाहरूमा मनोसामाजिक सहयोग पु¥याउनुका साथै मनोसामाजिक तथा मानसिक स्वास्थ्यका विषयमा तालिम तथा अनुसन्धानका कार्यहरू पनि सञ्चालन गर्दै आईरहेको छ । 

हाल यस संस्थाले युनिसेफको सहयोगमा बागमति प्रदेशको काभ्रेपलाञ्चोक, ललितपुर र सिन्धुली जिल्लाहरुका बाढी पहिरोबाट प्रभावित निम्न पालिकाहरुमा बाढी पहिरो पश्चातको अवस्थाका लागि बालबालिका, उनीहरुको स्याहारकर्ता तथा जोखिममा रहेका समुहहरुलाई प्रवर्धनात्मक तथा सहयोगात्मक क्रियाकलापहरुको माध्यमबाट मनोसामाजिक सु–स्वास्थ्य प्रवर्धन परियोजनाका लागि मनोविमर्शकर्ता आवश्यक परेको हुँदा तल उल्लेखित योग्यता पुगेका व्यक्तिले तोकिएको मिति भित्र आवेदन पेश गर्नहुन अनुरोध गरिन्छ । 

क्र.स.स्थानमनोविमर्शकर्ता माग संख्याअवधी
पनौती नगरपालिका, काभ्रेपलाञ्चोक१ जना३ महिना (जनवरी २०२५ सम्म)
रोशी गाउँपालिका, काभ्रेपलाञ्चोक१ जना३ महिना (जनवरी २०२५ सम्म)
बेथानचोक गाउँपालिका , काभ्रेपलाञ्चोक१ जना३ महिना (जनवरी २०२५ सम्म)
नमोबुद्घ नगरपालिका, काभ्रेपलाञ्चोक१ जना३ महिना (जनवरी २०२५ सम्म)
महाङ्काल गाउँपालिका, लतिलपुर१ जना३ महिना (जनवरी २०२५ सम्म)
बागमती गाउँपालिका, लतिलपुर १ जना३ महिना (जनवरी २०२५ सम्म)
कोन्ज्योसोम गाउँपालिका, लतिलपुर१ जना३ महिना (जनवरी २०२५ सम्म)
गोलन्जोर गाउँपालिका, सिन्धुली१ जना२ महिना (डिसेम्बर २०२४ सम्म)

कामको प्रमुख जिम्मेवारीहरू :

  • बाढी पहिरो पश्चातको अवस्थामा प्रभावित समुदायमा मनोसामाजिक सहयोगको आवश्यकता लेखाजोखा गर्ने ।
  • बालबालिका, किशोरकिशोरी, उनीहरुको स्याहारकर्ता, शोकमा रहेका तथा जोखिममा रहेका व्यक्तिहरुलाई आवश्यकता अनुसार आघात केन्द्रित मनोविमर्श प्रदान गर्ने ।
  • बाढी पहिरो पश्चात समुदायको पूर्वाअवस्था ग्रहण गर्ने क्षमतालाई प्रवद्धर्न गर्न मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन गर्ने ।
  • विपद् पश्चातको अवस्थामा उत्पन्न हुने विभिन्न मनोसामाजिक सवालहरुमा मनोसामाजिक सहयोग सम्बन्धी तालिम तथा अभिमुखिकरण सञ्चालन गर्ने ।
  • सामुदायिक मनोसामाजिक कार्यकर्ताको सुपरिवेक्षण, अनुगमन तथा कार्यक्रम सञ्चालनमा आवश्यक सहयोग गर्ने ।
  • परियोजनाका कार्यक्रम सञ्चालन गर्नका लागि स्थानीय तह, विद्यालय, अभिभावकसँग तथा अन्य सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय तथा पैरवी गर्ने ।
  • सुपरीवेक्षकसँग नियमित सुपरीवेक्षणमा सहभागी हुने ।
  • सम्पन्न क्रियाकालापहरुको सुपरभाईजरलाई नियमित रुपमा प्रतिवेदन बुझाउने तथा जानकारी गराउने । 

योग्यता :

  • मनोपरामर्श मनोविज्ञानमा पोष्ट ग्राजुयट उत्तीर्ण अथवा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी  ६ महिने मनोविमर्श तालिम प्राप्त गरेको
  • समुदायमा बालबालिका तथा किशोरकिशोरीहरूसँग काम गरेको कम्तिमा १ वर्षको अनुभव भएको
  • विपद्को अवस्थामा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग कार्यक्रममा काम गरेको अनुभव भएको
  • आघात तथा शोकमा रहेका व्यक्तिहरुसँग मनोसामाजिक सहयोग गरेको अनुभव भएको
  • फरक सामाजिक परिवेशमा घुलमिल भई काम गर्न क्षमता भएको
  • समन्वय तथा सहजिकरण क्षमता भएको
  • कम्प्युटर सम्बन्धी राम्रो ज्ञान भएको । (Word, Excel, Power Point, email, Internet) राम्रोसँग चलाउन जान्ने ।
  • स्थानीय परिवेशको ज्ञान भएको
  • अभिलेखिकरण तथा प्रतिवेदन तयार गर्न सक्षम भएको

आवेदन प्रकृया

इच्छुक व्यक्तिले आवेदन पत्रका साथमा बायोडाटा, अनुभव हाँसिल गरेका तथा तालिमको प्रमाण पत्रका प्रतिलिपिहरू, शैक्षिक प्रमाण पत्र र नागरिकताको एक एक प्रति संस्थाको इमेल : hrtponepal@tponepal.org.np मा पेश गर्न सक्नुहुनेछ । साथै आवेदन दिँदा स्थान र अपेक्षित तलब पनि स्पष्ट खुलाउनुपर्नेछ । स्पष्टसँग आवेदनमा स्थान उल्लेख नभएमा र तोकिएको मिति भन्दा पछि प्राप्त भएका आवेदनलाई छनौट प्रक्रियामा राखिनेछैन । छनौट प्रक्रिया लिखित तथा मौखिक अन्तरवार्ताका आधारमा हुनेछ । 

आवेदन फारम बुझाउने अन्तिम मितिः  ९ कातिक, २०८१

आवश्यक योग्यता पुगि छनौटमा परेका आवेदकहरूलाई मात्र अन्तरवार्ताका लागि बोलाईने छ । पदपूर्ति प्रक्रिया सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार टि.पि.ओ. नेपालमा निहित हुनेछ । सेवा सुविधाहरु टि.पि.ओ. नेपालको नियमअनुसार तथा परियोजनाको सम्झौता अनुसार हुनेछ । 

नोटः टि. पि. ओ. नेपाल आफ्नो जनशक्ति भित्र विविधता र समावेशीकरणका लागि प्रतिबद्ध छ साथै स्थानीय, अल्पसंख्यक, आदिवासी र अपाङ्गता भएका व्यक्तिहरूलाई आवेदन दिन प्रोत्साहित गर्दछ । सबै आवेदनहरूको गोपनीयता कायम गरिनेछ ।  टि. पि. ओ. नेपालले यौन शोषण र दुव्र्यवहार, यौन उत्पीडन र भेदभाव लगायत कुनै पनि प्रकारको उत्पीडन सहन गर्दैन । 

Overview

Category Counseling / PsychoSocial
Openings 8
Experience 1+ years
Education B. A. (Bachelors in Art)
Posted Date 18 Oct, 2024
Apply Before 25 Oct, 2024
City Kathmandu, Lalitpur, Kavre, Sindhuli