मानसिक स्वास्थ्य नर्स

Centre for Mental Health & Counselling Nepal

Details / requirements:

कर्मचारी पदपुर्ति सम्बन्धी सुचना

प्रकाशित मितिः २०८१ फागुन ६ गते

पञ्चपुरी नगरकार्यपालिका तथा सी.एम.सी.–नेपाल बीच भएको सम्झौता बमोजिम नगरपालिकाको स्वास्थ्य केन्द्रमा बालबालिका तथा किशोर किशोरीहरुका लागि मानसिक स्वास्थ्य सेवा विकास गर्ने उद्देश्यका साथ युनिसेफ नेपालको आर्थिक सहयोग तथा बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य युनिट, कान्ति बाल अस्पताल समेतको प्राविधिक सहयोगमा सञ्चालन हुन गइरहेको कार्यक्रमका लागि निम्न पदहरुको लागि विज्ञापन आव्हान गरिएको छ । 

१. मानसिक स्वास्थ्य नर्स १ (एक) जना): सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा रही बालबालकिा तथा किशोर किशोरीहरुलाई आवश्यक मानसिक तथा मनोसामाजिक सेवा प्रदान गर्ने मानसिक स्वास्थ्य नर्सको प्रमुख भूमिका रहने छ ।  मानसिक स्वास्थ्य नर्सले नगरपालिकाका विभिन्न स्वास्थ्य सँस्था तथा समुदायवाट रिफर भई आएका बालबालिका तथा किशोर किशोरीहरुलाई आवश्यक सेवा प्रदान गर्ने तथा विशेषज्ञको सेवा आवश्यक भएमा प्रदेश अस्पताल, कर्णाली स्थीत बाल मानसिक स्वास्थ्य सेवा केन्द्रमा आवश्यक रिफर, समन्वय तथा फलो—अप गर्ने छन् । 

आवश्यक योग्यताः

  • साईक्याट्रिक नर्सिङ्गमा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सो सरह योग्यताको डिग्री भएको ।
  • कम्तीमा दुई वर्ष मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरेको, विशेष गरेर बालबालिका तथा किशोर किशोरीहरुको मानसिक स्वास्थ्यमा काम गरेको अनुभव भएकोलाई प्राथमिकता दिइने छ ।
  • समुदायमा रहेर बालबालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्यको क्षेत्रमा सिक्ने तथा अवस्था विश्लेषण गरी आवश्यक सेवा प्रादन गर्न सक्ने अनुभव तथा क्षमता भएको ।
  • मानसिक स्वास्थ्य सेवा तथा मनोसामाजिक अवस्था विश्लेषणको अभिलेख राख्ने तथा प्रदान गरेको बालबालिका मानसिक स्वास्थ्य सेवाको आवश्यक रेकर्डिङ्ग तथा रिपोर्टिङ्ग गर्ने सीप भएको । 
  • बहुपक्षीय पद्दतिमा काम गर्ने शिप देखाउन सक्ने तथा स्वास्थ्य सँस्था तथा नगरपालिका,  सी.एम.सी. –नेपाल, बालबालिका तथा किशोरकिशोरी  मानसिक स्वास्थ्य युनिट, कान्ति बाल अस्पतालको टिमसँग समन्वय तथा सहकार्य गरी काम गर्ने सक्ने ।
  • परियोजना सञ्चालित नगरपालिकाको स्वास्थ्य निकायमा रही काम गर्न ईच्छुक भएको । 

सेवा तथा सुविधाः पञ्चपुरी नगरकार्यपालिका र सी.एम.सी. –नेपाल बिच भएको सम्झौतामा तोकिए बमोजिम हुने छ । 

तोकिएको योग्यता पुगेको व्यक्तिहरुले माथि उल्लेखित पदमा निवेदन सहित आवश्यक कागजात २०८१ फागुन ११ गते कार्यालय समय भित्र पञ्चपुरी नगरकार्यपालिकाको कार्यालय अन्र्तगत (स्वास्थ्य शाखा) वा ईमेल ठेगाना vacancy.cmcnepal@gmail.com  मा आवश्यक प्रमाणपत्र र वायोडाटा सहित पेश गर्नुहुन जानकारी गराईन्छ । 

संकलन भएका आवेदनहरु मध्येवाट आवश्यक योग्यता तथा अनुभव भएका उम्मेदवारहरुलाई छोटो लिष्टमा परेकाहरुलाई मात्र अन्तरवार्तामा बोलाईने छ ।

पदपूर्ति सम्बन्धि सम्पुर्ण अधिकार सीएमसी–नेपालको पदपुर्ति समिति रहने छ । 

Overview

Category Development / NGO
Experience 2+ years
Education B.N. (Bachelors in Nursing)
Posted Date 18 Feb, 2025
Apply Before 28 Feb, 2025
City Surkhet