मौजुदा सुचि दर्ता गर्ने सम्बन्धि सूचना

Jan Jagaran Youth Club (JJYC) Bara

Details / requirements:

जन जागरण युवा क्लब (JJYC), बारा

मौजुदा सुचि दर्ता गर्ने सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति २०८१/०३/३१ 

जन जागरण यूवा क्लब (JJYC) बारा वि.स. २०५४ मा विधिवत रुपमा दर्ता भएको गैर सरकारी तथा गैर मु–नाफा रहीत संस्था हो । गरिबी मुक्त, आर्थिक र समाजिक रुपमा सशक्त, मौलिक अधिकार र मर्यादाको बारेमा सचेत समुदायको परिकल्पना गरेको छ । मधेश प्रदेशका विपन्न, समस्यामा परेका र जोखिममा परेका जनतालाई बिशेषगरी सीमान्तकृत जनता, महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाको जीवनयापन र अवस्थालाई दिगो बनाउन आवश्यक सहयोग प्रदान गरि सामाजिक र आर्थिक रुपमा सहयोग र विकास गर्ने यसको मुख्य उद्श्य रहेको छ 

यस कार्यालयले आ.व. ०८१/०८२ का लागि आश्यक पर्ने तपसिलमा उल्लेखित सामान तथा सेवाहरू आपुर्ति गर्न सार्वजनिक खरिद एन २०६३ को दफा ६ क तथा सार्वजनिक खरिद नियमावलि २०६४ संसोधन समेतको निमावली १८ वमोजिम मौजुदा सुचिमा दर्ता हुन इच्छुक इजाजत प्राप्त आपुर्तिकर्ताहरू, पसल, फर्म, सप्लायर्स आदीले प्रथम पटक प्रकाशित मितिले १५ दिनभित्र रितपुर्वक संस्थाको फारम भरी हार्ड कपि सहित सुचिदर्ता गराउनका लागि सूचना प्रकाशन भएको व्यवहोरा जानकारी गराईन्छ । सुचिकृत सम्बन्धि फारम जब्स नेपाल डटकमबाट वा संस्थाबाट प्राप्त गर्न सकिन्छ ।

तपसिल

  • कार्यालय प्रयोजनका लागि स्टेशनरी र मसलन्द सम्बन्धि विभिन्न सामाग्रीहरूको थोक तथा खुद्रा बिक्रेता
  • कार्यालय प्रयोजनका लागि आवश्यक सामाग्री ढुवानी,यात्रुवाहक सवारी जस्तै स्करपियो, सुमो, हायस, बास, EV तथाAir Ticketing गर्ने Tours & Travels Company
  • कार्यालय प्रयोजनका लागि आवश्यक निर्माण सम्बन्धि हार्डवेयर तथा सेनेटरीका सामाग्रीहरु बिक्रि तथा मर्मत सम्बन्धि कार्यहरू आपुर्तीकर्ता, पसल, थोक तथा खुद्रा बिक्रेता
  • कार्यालय प्रयोजनका लागि आवश्यक विभिन्न इलोक्ट्रोनिक तथा इेलक्ट्रीक सम्बन्धी सामाग्रीहरू खरिद तथा मर्मत सम्बन्धि कार्यहरू ।
  • कार्यालय प्रयोजनका लागि आवश्यक गाडी तथा मोटरसाइकलका पार्टपुजा खरिद तथा मर्मत सम्बन्धि कार्यहरू ।
  • छपाई (Flex ब्यानर, होडिङ्ग बोर्ड, Black & White Print, Color Print, Photo Print, Certificate Print, Book & Spiral Binding, IEC Material, Bag, Cap, Book, Diary, T-shirt Print) सम्बन्धि कार्यहरू गर्ने प्रिन्टिङ्ग प्रेस
  • डेस्कटप कम्पयुटर, ल्यापटप, स्कयानर, प्रिन्टर, DSLR क्यामेरा, Lense, Tab, Software आदि बिक्रि वितरण गर्ने खुद्रा तथा थोक बिक्रेता
  • Mobile, CCTV, Freeze, LED, Telephone सम्बन्धि आवश्यक पाटपुर्जाहरू बिक्रि वितरण तथा मर्मत कार्यहरू गर्ने पसल, थोक तथा खुद्रा बिक्रेता
  • चिया, नास्ता, खाना, आवाश, हल तथा तालिम, गोष्टि सञ्चालनका लागि होटेल, रिर्सोट तथा साना खाना तथा खाजा पसल
  • फर्निचर तथा फर्निसिङ्गका सामाग्रीहरू बिक्रि वितरण तथा मर्मत सम्बन्धि कार्यहरू फर्निचर, स्टिल पसल, थोक तथा खुद्रा बिक्रेता ।
  • संस्थाको चल अचल सम्पती तथा कर्मचारीहरूको Non-Life Insurance गर्ने Insurance company
  • विपद जोखिम न्युनीकरण सम्बन्धी स्वास्थ औजार, औषधी तथा सामाग्रीहरू आपुर्ती गर्ने आपुर्तीकर्ता, पसल, थोक तथा खुद्रा बिक्रेताहरू ।
  • स्रोत व्यक्ति, परामर्शकर्ता, खोज तथा अनुसंधानकर्ता तथा सिपमुलक तालिम सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्था ।
  • सूचना प्रकाशन (पत्र पत्रिका, अनलाइन पोर्टल, रेडियो प्रसारण तथा भिडियो डकुमेन्टि) गर्ने व्यक्ति, रेडियो एफ.एम., कम्पनी वा संस्था ।
  • कृषि उपज तथा बिउ बिजन, सामाग्रीहरू र कृषि मेशिनरी औजारहरू आपुर्ती तथा बिक्रि वितरण गर्ने आपुर्तीकर्ता पसल, थोक तथा खुर्दा बिक्रेता
  • पशु चौपाया पालन तथा बिक्री वितरण, पशु औषधी, विउ विजन तथा मल खाद्य बिक्रि वितरण गर्ने फर्म, आपुर्तीकर्ता, पसल, थोक तथा खुद्रा बिक्रेता ।
  • विभिन्न खेलकुदका सामाग्रीहरू सम्बन्धि कार्यहरू बिक्री वितरण गर्ने पसल, आपुर्तीकर्ता, थोक तथा खुद्रा बिक्रेता
  • रेडिमेड कपडा, कपडा, बिधालय पोशाक, व्याग, जुता, मोजा खरिद तथा सिलाई सम्बन्धि कार्यहरू टेलर्स, बुटिक, कपडा पसल, रेडिमेड पसल, थोक तथा खुद्रा बिक्रेता ।
  • भौतिक निमार्ण जस्तै खाने पानी ट्यांकी निर्माण, सौचालय निर्माण, स्थान घर निर्माण, प्लेटफर्म ढलान, चापाकल तथा बोरिङ्ग जडान आदि सम्वन्धि कार्य गर्ने व्यक्ति तथा कम्पनी 
  • फलफुल तथा तरकारी बिक्रि वितरण गर्ने आपुर्तीकर्ता, पसल, थोक तथा खुद्रा बिक्रेता
  • खद्यान, किराना,पार्चुन, डेरी तथा खुद्रा सामाग्रीहरूको बिक्रि वितरण पसल, थोक तथा खुद्रा बिक्रेता

आवश्यक कागजातहरू

  • सुचि दर्ताको फारम
  • पान तथा भ्याटमा दर्ता भएको प्रमाण पत्र 
  • सम्बन्धि निकायमा दर्ता भएको प्रमाणपत्र
  • आ.व. ०७९/०८० को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि

अन्य जानकारीहरू:

  • म्याद नाघि पेश भएको निवेदन स्वत अमान्य हुनेछ ।
  • कम्पनी, फर्म सुचिकृत गर्ने वा नगर्ने सम्बन्धी सम्पुर्ण अधिकार संस्थामा निहित रहने छ ।
  • रितपूर्वक सुचिकृत फाराम भरि सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रुपमा लगाई संस्थाको कार्यालय जन जागरण यूवा क्लब (JJYC) बारा कलैया उपमहानगपालिका – १, मोतीबाग, बारामा हार्डकपी मिति २०८१/०४/१४ गते बेलुकी ५ बजे भित्र बुझाउन सकिनेछ ।

Vendor Listing Form Link: https://drive.google.com/uc?export=download&id=1pACc-S9UpNq7sXO-Ju25za-cZ6xgMQ31

विस्तृत जानकारीको लागि

जन जागरण युवा क्लव (JJYC) बारा

कलैया उप–महानगरपालिका–१, मोतिवाग, बारा

सम्पर्क नं. ९८०१०२७१४९, ९८०१०२६११३

Email:- jycbara@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 15 Jul, 2024
Apply Before 29 Jul, 2024
City Bara