मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना

Dalit Janajati Utthan Kendra

Details / requirements:

दलित जनजाती उत्थान केन्द्र, बारा

मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८१/०३/१६

यस संस्थालाइ चालु आ.ब.२०८१/०८२ का लागी आवश्यक पर्ने तपसिलका वस्तु तथा सेबा कार्यहरु उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनी, संस्था, आपुर्तीकर्ता, निर्माण, व्यवसायी/परामर्शदाता/सेवाप्रदायक संस्थाबाट आर्थिक व्यवस्थापन नियमावली अन्तिम संशोधन २०८० को दफा २८.२ अनुसार मौजुदा सूची Standing list दर्ता गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफुले उपलब्ध गराउने वस्तु तथा/सेवा कार्यहरु अनुसार अलग अलग सूची तयार गरी यस कार्यालयमा रितपूर्वक निबेदन पेश गर्न हुन जानकारी गराईन्छ । मौजुदा सूचिको मान्य अबधि २०८१/०८२ को लागी मात्र रहनेछ भने उक्त सूचिमा समाबेश गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यलयमा सुरक्षित रहनेछ ।

तपसिल

१) स्टेशनरी, मसलन्द, कार्यालय सामान, ब्यानर तथा टिसर्ट छपाई, फर्निचर, होडिङ्ग बोर्ड प्रिन्ट, फलेक्स प्रिन्ट सम्बन्धि कार्य ।

२) कम्प्यूटर सफ्टवेयर निर्माण, इन्टरनेट सेवा तथा सूचना प्रबिधि सम्बन्धि आपुर्ति तथा मर्मत सम्बन्धि कार्य ।

३) पत्र-पत्रिका, सूचना तथा विज्ञापन प्रकाशन तथा प्रशारण सम्बन्धि कार्य ।

४) कुरियर तथा ढुवानी सम्बन्धी कार्यहरू ।

५) सबारी साधन (मोटरसाईकल, जिप) का लागी पार्टपुर्जा आपुर्ति तथा मर्मत सम्बन्धी कार्य ।

६) कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेशिन, क्यामरा, फयाक्स मेसिन, सि.सि.टि.भि, UPS, epabx, प्रर्णाली, विभिन्न प्रकारका सोलार ब्याट्री, टिभी प्रोजेक्टर, टेलिफोन, सेट एवं तिनका पार्टपुर्जाहरु खरिद तथा मर्मत सम्बन्धि कार्य साथै यसका लागी आबश्यक पर्ने टोनर, मसीहरु र विद्युतीय सामानहरु खरीद तथा मर्मत कार्य ।

७) हाउस किपिङ् तथा सरसफाई सम्बन्धी सामग्री तथा सेवा ।

८) रंगरोगन सम्बन्धीका कार्यहरु ।

९) सार्बजनिक निर्माण सामग्रीहरु खरिद सम्बन्धि कार्य ।

१०) अध्ययन, अनुसन्धान, गोष्ठी, सेमिनार, तालिम तथा परामर्श सेवा संचालन सम्बन्धीका कार्य ।

११) श्रब्य दृश्य सामग्री निर्माण तथा प्रशारण ।

१२) औषधी तथा उपकरण सम्बन्धी कार्य ।

१३) विभिन्न प्रकारका कृषिजन्य विउहरु, रसायनिक औषधी तथा कृषि उपकरणहरु ।

१४) विभिन्न प्रकारका पशुजन्य विउहरु, रसायनिक औषधी तथा कृषि उपकरणहरु ।

१५) यूवा तथा वालवालिकाहरुको लागि खेल सामग्री, खेलौना तथा अन्य शैक्षिक सामग्रीहरु ।

१६) प्रिन्ट तथा फोटोकपी सम्बन्धी कार्यहरु ।

१७) खाद्यान तथा खुद्रा समानहरुको बिक्री वितरण सम्बन्धी कार्यहरु ।

१८) सवारी साधन तथा ढुवानी सम्बन्धी कार्यहरु ।

१९) बस, हवाई टिकट बुकिङ सम्बन्धी कार्य ।

२०) विभिन्न प्रकारका बिमा सम्बन्धी कार्यहरु ।

२१) फर्निचर सम्बन्धी कार्यहरु ।

२२) खाना, नास्ता, होटल, बास तथा तालिम हल सम्बन्धी कार्य ।

२३) लेखा परिक्षण सेवा

२४) अन्य परामर्श सेवाहरू (जस्तै भाषा अनुवाद, सम्पादन, तालिम, प्रशिक्षण आदि) , व्यवसायिक सिपमुलक तालिमहरु

२५) प्राविधिक सम्बन्धि उपकरणहरु जस्तै (Total Station, GPS Measuring tape amni level auto leva high level scale ) आदी ।

२६) नर्सरीजन्य कार्यहरु ।

२७) कानुनी रुपमा मान्यता प्राप्त पशुपन्छी सम्बन्धी कार्यहरु ।

निबेदन साथ पेश गनु पर्ने कागजातहरु

  • निवेदन
  • निबेदकले उपलब्ध गराउने सेवा/सामग्री
  • व्यवसाय दर्ता प्रमाण पत्र
  • स्थाई लेखा नम्बर प्यान वा मुल्य अभिवृद्धिकर भ्याट दर्ता प्रमाण पत्र
  • कर चुक्ता प्रमाण पत्र २०७९/०८०
  • प्रोप्राईटरको नागरिकताको प्रमाण पत्र
  • कालो सूचीमा नपरेको स्व:घोषणा

आवेदकहरू मध्येबाट योग्य ठहरिएका विक्रेता, फर्म तथा कम्पनीहरूलाई मात्र सूचिकृत गरिने छ । यसरी सूचिकरण गर्दा पेश हुन आएको विवरण, क्षमता, अनुभव तथा दक्षतालाई छनौटको आधार मानिने छ । छनौटमा परेका कम्पनी तथा फर्मले सन्तोषजनक सेवा तथा समयमा सामान आपूर्ति नगरेको खण्डमा सूचीबाट विना सूचना नाम हटाउन सकिने छ । यस उपर कुनै दावी विरोध गर्न पाईने छैन ।

निबेदन पेस गर्ने प्रक्रिया

संचालक स्वयम कार्यालयमा उपस्थित भई हार्डकपी दर्ता गराउन सकिने, उपस्थित हुन नसकेको अवस्थामा दलित जनजाती उत्थान केन्द्र, बाराको ईमेल मार्फत पनि पठाउन सकिनेछ ।

इमेल: jobs.deuc@gmail.com

आवेदन आइतबार देखि शुक्रबार विहान १०:०० बजेदेखि बेलुका ५:०० बजेसम्म बुझाउन सकिने छ ।

सूचिकरण गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार यस संस्थामा निहित रहने छ ।

थप जानकारीका लागि:

दलित जनजाती उत्थान केन्द्र

कलैया उ.म.न.पा. ६ बारा, मधेश प्रदेश

टेलिफोन: +९७७–५३–५५१९०९

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 30 Jun, 2024
Apply Before 14 Jul, 2024
City Bara, Madhesh Province