मौजुदा सूची (Standing List) दर्ताको लागि सूचना

Development Management Institute

Details / requirements:

मौजुदा सूची (Standing List) दर्ताको लागि सूचना

नेपाल सरकार, फिन्ल्यान्ड सरकार र युरोपीयन यूनियनको सह लगानीमा कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा सञ्चालित जलवायु परिवर्तन स्थानीय अनुकूलन कार्यक्रम (Local Adaptation to Climate Change (LACC) Project), परियोजना सहयोग इकाइ सुर्खेत कार्यालयका लागि आवश्यक मालसामान, उपकरण, तथा सेवा खरिद सम्बन्धमा मौजुदा सूची (Standing List) मा दर्ताहुन इच्छुक आपूर्तिकर्ता, सेवा प्रदायक, तथा सम्बन्धित व्यवसायीक फर्महरूबाट सार्बजनिक खरीद एन २०६३ को दफा ६ (क) तथा सार्बजनिक खरीद नियमावली २०६४ को नियम १८ बमोजिमको प्रकृयाका लागि आवेदन माग गरिन्छ।

आवेदनका लागि आवश्यक विवरण:

  1. व्यवसाय/संस्थाको नाम र ठेगाना
  2. आधिकारीक व्यक्तिको नाम
  3. दर्ता प्रमाणपत्र र नवीकरण प्रमाणपत्र
  4. PAN/VAT नम्बर
  5. आफ्नो सेवा वा सामग्रीको विस्तृत विवरण
  6. सम्बन्धित सामग्रीको आपूर्ति क्षमता विवरण
  7. आर्थिक बर्ष २०८१।०८२ को लागि मान्य हुने कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि

परियोजना कार्यालयको लागि आवश्यक पर्ने मालसामान, उपकरण तथा सेवाहरू:

  1. स्टेशनरीसँग सम्बन्धित सामाग्रीहरू
  2. बिधुतिय सामाग्रीहरू, जेनेरेटर तथा इन्भर्टर जडान र आपुर्ति
  3. फर्निचर तथा फर्निसीङ आपुर्ति र जडान 
  4. छपाइ सामाग्रीहरू  (फ्लेकस, ब्यानर,ब्रोसर,परिचय पत्र आदि)
  5. कम्प्युटर, ल्यापटप, फोटोकपी, प्रिन्टर आपुर्ति 
  6. सुरक्षा गार्ड तथा सरसफाइ कर्मी आपुर्ति सेवा 
  7. सवारी साधन आपुर्ति
  8. सवारी साधन भाडामा उपलब्ध गराउने सेवा
  9. हवाइ टीकेटीङ सेवा
  10. AC तथा रेफ्रीजेरेटर जडान तथा आपुर्ति 
  11. इन्टरकम नेटवर्कीङ तथा इन्टरनेट सेवा 
  12. होटेल आवास तथा Banquet सेवा आदि

सूचि दर्ता आवेदन पेश गर्ने ठेगाना तथा समय सीमा:

  • सूचना प्रकाशित मिति: २०८१ साल पौष २८ गते
  • निवेदन पेश गर्ने अन्तिम मिति: २०८१ साल माघ १५ गते
  • निवेदन पेश गर्ने ठेगाना:
    • जलवायु परिवर्तन स्थानीय अनुकूलन कार्यक्रम
    • परियोजना सहयोग इकाइ , घर नम्वर ०१४१।R१३४३ बिरेन्द्रनगर- ८ खजुरा सुर्खेत,
    • For Email submission: prem.dishwa@gmail.com
    • परियोजना सम्पर्क कार्यालय
    • डी एम आइ प्रा. लि. शान्तिनगर काठमाण्डौ
    • For Email submission: dmi.kathmandu@gmail.com

विशेष सूचना:

  1. समयसीमा भित्र प्राप्त आवेदनहरू मात्र मान्य हुनेछन्।
  2. अधुरो, अस्पष्ट वा झुठा विवरण पेश गरेमा निवेदन अस्वीकार गरिनेछ।
  3. सूचीमा समावेश गरिएका आपूर्तिकर्ता/सेवा प्रदायकहरूसँग मात्र खरिद प्रक्रिया अगाडि बढाइनेछ।

नोट: यो सूचना परियोजना सहयोग इकाइ कार्यालयको आवश्यकता अनुसार परिमार्जन गर्न सकिनेछ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 12 Jan, 2025
Apply Before 28 Jan, 2025
City Kathmandu