Logistic Assistant

Protection Nepal

Details / requirements:

संरक्षण नेपाल, बारा

कर्मचारी पदपूर्ति सम्बन्धि सुचना

विज्ञापन नम्बर: ०१/२०८१/०८२

प्रथम पटक सुचना प्रकाशन मिति: ०९ मंसिर २०८१, (२४ नोभेम्बर २०२४)

संरक्षण नेपाल सन २००२ मा स्थापना भएको एक गैरराजनीतिक, धर्मनिरपेक्ष र गैर नाफामुखी संस्था हो जसको मुख्य कार्यालय बारा जिल्लाको कलैयामा रहेको छ । यस संस्थाले नेपालको तराई क्षेत्रमा बाल, युवा तथा महिलाहरुको हकहित, संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ र मानवीय सहायताको विषयगत क्षेत्रहरु काम गर्दै आएको एक अग्रणी संस्था हो ।  यसले गरिब, जोखिममा परेका, सीमान्तकृत, सामाजिक रूपमा बहिष्कृत समुदाय र बालबालिका, युवा, महिला समेतको लागि विभिन्न दातृ निकायहरुको सहयोगमा सामाजिक र आर्थिक विकासलाई प्रोत्साहित गर्न र उनीहरुको अधिकार, मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ ।

CARE Nepal, iDE Nepal and MAP International को सयुक्त साझेदारीमा संरक्षण नेपालको सहजिकरणमा Mother and child wellbeing (MCW) project रौतहट जिल्लाको ५ वटा नगरपालिकाहरुमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारिकरण, लैगिक समानता र सामाजिक समावेशिकरण र लक्ष्ति बर्गहरुको व्यबहारमा रुपान्तरण गर्दै उनीहरुको पुर्ण क्षमताको बिकास गर्नु रहेको छ ।

संरक्षण नेपाल संस्थाले Care Nepal र iDE Nepal संगको साझेदारीमा रौटहट जिल्लाको चन्द्रपुर नरपालिका, गरुडा नगरपालिका, कटहरिया नगरपालिका, गौर नगरपालिका, राजदेवी नगरपालिका र ईशनाथ नगरपालिकामा Mother and child wellbeing (WCM) परियोजना संचालनमा रहेको छ । यस परियोजनाका लागि Logistic Assistant कर्मचारीको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ । 

तपसिल कर्मचारीहरुको पद तथा योग्यता, अनुभव र सिप:

क्र.सपदपद संख्यायोग्यतायोग्यता, अनुभव र सिप:
Logistic Assistantप्रविणता प्रमाण पत्र तह

मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (व्यवस्थापन, वित्त, व्यवसाय प्रशासन तथा व्यवसाय अध्ययन वा अर्थ शास्त्र) मा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव भई गैर सरकारी तथा विकास साझेदार संस्थाको आर्थिक प्रशासनिक कागजातहरु, वजेट प्रक्षेपण, भण्डारण तथा जिन्सी सामग्री व्यवस्थापन, फाइलिङ र लेखा प्रणालीमा कार्य अनुभव भएको हुनुपर्ने । 

Link: Detail Job Logistic Assistant

नोट: तपसिलको पदहरुको लागि बिस्तृत कार्य विवरण चाहेको खण्डमा तल्ल उल्लेखित इमेलबाट माग गर्न सकिन्छ । 

दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरु:

आवश्यक कागजात

१. नेपाली नागरिकताको प्रमाण पत्र

२. शैक्षिक प्रमाण पत्रको प्रतिलिपि

३. यस भन्दा अघि काम गरेको अनुभव (Experience letter) को साथमा नियुक्तिपत्र ।

४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV ) 

५. आवेदन पत्र सहित हाल सालै खिचेको फोटो (PN- Job Application Form)

६ . छनौटको किसिम: लिखित तथा अन्तरवार्ता (दुवै)

आवेदन गर्ने प्रकृया:

माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy.pnbara@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । कृपया आवेदनमा आफूले आवेदन दिएको  पदको लागि आवेदन भनेर खुलाउनु होला ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व—घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानिय आवेदकहरु लाई प्राथमिकता दिईनेछ ।

दरखास्त दिने अन्तिम मिति: इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको biodata सहित ७ दिन भित्र १६ मंसिर २०८१ (०१ डिसेम्बर २०२४) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजे सम्म आवेदन दिन सकिनेछ । यदि कुनै कुरा बुझ्न परेमा माथि उल्लेखित इमेल वा तल उल्लेखित फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ

आवेदन दिने ठेगाना:

संरक्षण नेपाल

शखा कार्यालय चन्द्रपुर, रौतहट

फोन न: ०५५–५५०९०९७१ ०५३–५५०६०५

वा

ईमेल ठेगाना: vacancy.pnbara@gmail.com

कार्यशक्तिको विविधताको कदर गर्दै, संरक्षण नेपालले महिला र जातीय अल्पसंख्यकहरूलाई आवेदन दिन दृढतापूर्वक प्रोत्साहित गर्दछ ।

Overview

Category Administrative / Management, Development / NGO, Business Administration
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 24 Nov, 2024
Apply Before 01 Dec, 2024
City Chandrapur, Rautahat