लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अधिकृत (GESI Officer)

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

२०८१ साल भदौ २६ गते

प्रकाशित

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सीमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जीवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्य गर्दै आएकोछ ।

कृषक पाठशाला अभ्यासबाट जलवायुमैत्री कृषिका अभ्यास साथै जलवायुमैत्री गाउँ अभ्यास मार्फत लक्षित वर्गको जलवायु उत्थानशील क्षमता विकास र जीविकोपार्जनमा टेवा पुर्याउने उदेश्यले सिरहा र सप्तरी जिल्लाका केही स्थानीय तहहरुसंगको सहकार्यमा, कृषक समुदायको सशक्तिकरण एवं क्षमता अभिवृद्धि साथै जीविकोपार्जनका गतिविधिहरुको स्थलगत अभ्यास एवं ब्यवसायिक रुपान्तरणसंग सम्बन्धित गतिविधिहरु यस महासंघले केएर नेपालसंगको सहकार्यमा संचालन गरिरहेकोछ ।

यसै क्रममा महासंघलाई मधेश प्रदेशको सिरहा र सप्तरी जिल्लामा रही काम गर्न इच्छुक, योग्यता पुगेका  नेपाली नागरिकहरुको आवश्यकता भएको हुँदा तपशिलमा उल्लेखित ठेगानामा २०८१ असोज ०४ गते सम्ममा रितपूर्वकको निवेदन पेश गर्न अनुरोध गरिन्छ ।

पद

संख्या

शैक्षिक योग्यता

आवश्यक अनुभव

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अधिकृत (GESI Officer)

मानविकि, सामाजिक विज्ञान, मा स्नतका वा सो सरह

  • कार्यक्रमहरुको लक्ष्य, उदेश्य एवं लक्षित उपलब्धि हासिलको लागि आवश्यक GESI योजना निर्माण सम्बन्धी २ वर्ष अनुभव भएको ।
  • महासंघले संचालन गरेको जलवायुमैत्री गाउँ अभ्यास, कृषक पाठशाला खाद्य तथा पोषण सुरक्षा, अधिकारमा आधारित गतिविधिहरुको GESI योजना कार्यन्वयन गर्न टिमसंग कार्य गर्ने क्षमता साथै GESI एकीकरणमा आधारित नियामित प्रतिवेदन दक्षता भएको ।
  • परियोजनाका अन्य टिम, केएर नेपालका महासंघका GESI सम्पर्क ब्यक्ति, महासंघको महिला किसान मंच, पदाधिकारीहरु एवं प्रमुख सरोकारवालाहरुबाट प्राप्त गुणात्मक र मात्रात्मक तथ्यांक, सिफारिशहरु र आवश्यक ईनपुटहरुको विश्लेषणमा आधारीत आवश्यक सुझाव प्रश्ताव गरी GESI एकिकरण गर्ने सीप भएको ।
  • परियोजनाको लक्षित समुदाय, महासंघका कर्मचारी, संरचनाका पदाधिकारीको क्षमता अभिबृद्धि गर्न न्भ्क्क्ष् सम्बन्धि तालिमहरुको विकास गर्ने र कार्यन्वयनमा सहजीकरण सीप भएको ।  
  • क्षमता अभिबृद्धिमा GESI संबेदनशीलता समाबेशको लागि आवश्यक पहल, गतिविधिहरुको सुनिश्चितता गर्न महासंघका संस्थागत एवं परियोजनागत गतिविधिहरुमा GESI सिद्धान्तहरुलाई एकिकृत गर्ने अवसरको परिहचान गर्ने  दक्षता भएको  साथै सुनिश्चितता र प्रभावको विश्लेषण गरी प्रतिवेदन तयार गर्ने सीप भएको ।
  • GESI असमानतालाई विश्लेषण गर्ने र सीमान्त समूहहरुको अर्थपूर्ण नेतृत्व र सहभागिताका लागि अवसरहरुको श्रृजना र हस्तक्षेपहरुको तर्जुमा, कार्ययोजनाको कार्यन्वयन, सरोकारवाला, साझेदारहरुसंग समन्वय र सहकार्य गर्ने क्षमता भएको ।
  • अधिकारमा आधारीत अभियान, पैरवी, किसान अधिकामा सघन बुझाई र अनुभव भएको । 
  • संचार माध्यमसंगको सहकार्य, संस्थागत एवं कार्यक्रमगत दृश्यत्मक सामाग्री निर्माण साथै सरोकारवालाहरु समक्ष संप्रेशण, प्रकाशन र प्रसारणमा दक्षता भएको । 
  • कार्यक्रम कार्यन्वयन योजना, कार्यन्वयन, प्रतिवेदन लेखन, प्रभाव मुल्यांकन र दश्तावेजिकरण सीप भएको ।
  • सरोकारवालाहरु विच प्रभावकारी संचार सीप साथै सामाजिक संजालको प्रभावकारी उपयोग सम्बन्धी अनुभव भएको ।
  • महिला, दलित,  सीमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ । 
  • पूर्वी तराइमा काम गरेको अनुभव भएको र मैथिली बोल्न जान्नेलाई विषेश प्राथमिकता दिईनेछ ।
  • छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र थप प्रकृयामा समावेश गराईनेछ ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरु

  • रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि, 
  • दरखास्त बुझाउने ठेगाना: ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।

दरखास्त बुझाउने अन्तिम मिति: २०८१ साल असोज ०४ बेलुका ०५ बजे सम्म 

छनौट विधी: लिखित र मौखिक

पदपूर्ति समिति

Overview

Category Development and Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience 2 Years
Education Bachelor's degree in social science, Bachelor's degree in a related field
Posted Date 11 Sep, 2024
Apply Before 20 Sep, 2024
City Siraha, Saptari