लेखा तथा प्रशासन अधिकृत (Accounts and Administration Officer)

Rural Self-reliance Development Centre (RSDC)

Details / requirements:

कर्मचारीको आवश्यकता

प्रकाशित मिति: २०८१/०४/१७

ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडिसी) २०४८ सालमा स्थापित गैरनाफामूलक सामाजिक संस्था हो । यस्को केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. ४ इच्छुनदी मार्ग बालुवाटार छ। मुलुकका विभित्र भेगमा विभिन्न दातृनिकायहरुसँग मिलेर विकासका लागि बहुआयामिक क्षेत्रमा काम गर्दै आएको यस केन्द्रको लागि केन्द्रीय कार्यालयमा रहेर काम गर्ने गरी लेखा तथा प्रशासन अधिकृतपदको कर्मचारी आवश्यक परेको छ । योग्य इच्छुक व्यक्तिहरुले आफ्नो व्यक्तिगत विवरण (Biodata) सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तल उल्लेखित इमेल ठेगानामा आवेदन दिनुहुन अनुरोध छ । रितपूर्वक आवेदन परेका उम्मेदवारहरुमध्येबाट उपयुक्त उम्मेदवारहरु प्रतिस्पर्धाका लागि छनौट गरिने छ र यसरी छनौट भएका उम्मेदवारहरुलाई मात्र खबर गरिने छ । छनौटमा परेका आवेदकहरुको लिखित र मौखिक परीक्षा लिई सो परीक्षामा सफल हुनेलाई कर्मचारीमा छनौट गरिने छ ।

लेखा तथा प्रशासन अधिकृत

संख्या: १ पूर्णकालीक

  • व्यवस्थापन विषयमा स्नातकोत्तर उत्तिर्ण वा सो सरह,
  • सम्बन्धित क्षेत्रमा २ वर्षको कार्य अनुभव,
  • केन्द्रको लेखा तथा प्रशासनको नेतृत्व गरी जिम्मवारी बहन गर्न सक्ने,
  • विभिन्न दातृनिकायहरुसँग संवाद र संचार गर्न सक्ने,
  • Accounting Software Tally  सम्बन्धि अनुभव भएको।

विस्तृत कार्य विवरण (JD) निम्न लिङ्कबाट प्राप्त गर्न सकिन्छ:

https://drive.google.com/file/d/1sHsd9_kC7yE3qBMAz4pSGByQX7I8hPLP/view?usp=sharing

नोट:

क) आवेदकले आफ्नो निवेदनमा पारिश्रमिक अपेक्षा पनि खुलाउनु होला।

ख) महिला उम्मेदवार र सवारी साधन चलाउन सक्नेलाई विशेष ग्राह्यता दिइने छ ।

ग) पदीयरुपमा निर्वाह गर्नुपर्ने जिम्मेवारी र भूमिका (TOR) हेर्न बुझ्न चाहनेहरुका लागि यसै केन्द्रको बेवसाइट https://rsdc.org.np/content-detail/203  मा संलग्न गरिएको छ ।

घ) इच्छुक उम्मेदवारहरुले निवेदन र व्यक्तिगत विवरण, इमेल आइडी: hr@rsdc.org.np मा पठाउनुहुन अनुरोध छ ।

Overview

Category Accounting and Finance, Finance & Administration, Development / NGO
Openings 1
Position Type Full Time
Position Level Mid Level
Experience 2 Years
Education MBA, MBS / M.Com., Masters in Management
Posted Date 01 Aug, 2024
Apply Before 07 Aug, 2024
City Kathmandu