लेखा परिक्षणको आशय पत्र माग सम्बन्धमा ।

Ratauli Yuba Club (RYC)

Details / requirements:

विषय: लेखा परिक्षणको आशय पत्र माग सम्बन्धमा ।

प्रथम पटक प्रकाशित मिति: २०८१/०४/१५

रतौली युवा क्लब (RYC) महोत्तरी वि.सं. २०४७ मा स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो। यस सस्थाले सामाजिक विकृति, साक्षरता, अज्ञानता, अस्वस्थता, अनैतिकता, भेदभावपूर्ण प्रचलन, वातावरणीय पतन, अलोकतान्त्रिक मान्यतालाई हटाउन अधिकारमा आधारित, सहभागिता मूलक र लोकतान्त्रिक प्रक्रियाबाट आर्थिक, सामाजिक, राजनीतिक र वातावरणीय विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। संस्थाले स्थापना काल देखि नै सरकारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूसँगको समन्वय र सहकार्यमा समाजमा रहेका दलित, अति विपन्न, महिला, मुस्लिम, बालबालिका र विपन्न समुदायको क्षमता विकास र मानव अधिकार अभियान मार्फत खानेपानी, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको अवस्था सुधार गर्ने काम गर्दै आईरहेको छ । 

रतौली युवा क्लब (RYC) महोत्तरी द्वारा २०८० श्रावण १ गते देखि २०८१ अषाढ मसान्त सम्मका लागि एक आ.ब.को संस्थागत तथा संस्थाद्वारा सञ्चालित विभिन्न परीयोजना अन्तरगत लेखा परिक्षण गर्नुपर्ने भएकोले तल उल्लेखित योग्यता पुगेका फर्मबाट विस्तृत विवरण सहित आशय पत्र पेश गर्नका लागि आह्वान गरीएको छ ।

आवस्यक कागजातहरू

  • नेपाल सरकार वा नेपाल चार्टर एकाउन्टेन्स संस्था बाट सम्बन्धीत कार्यका लागि प्राप्त गरेको इजाजत पत्र प्रतिलिपीहरू
  • स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र प्रतिलिपी
  • कर चुक्ता प्रमाण पत्र प्रतिलिपी (२०७९/०८०)

शर्तहरू

  • अडीट गर्नको लागी रतौली युवा क्लब (RYC) महोत्तरी को कार्यालय जलेश्वर र सम्पर्क कार्यालय जनकपुरमा भौतिक रुपमा उपस्थित भइ गर्नुपर्नेछ ।
  • Proposal यस संस्थाले उपलब्ध गराएको फाराममा भरी कार्यालय समयमा आफ्नो फर्मको लेटर प्याडमा निवेदन लेखी फर्मको डकुमेन्ट सहित इमेल मार्फत procurementryc@gmail.com वा रतौली युवा क्लबको कार्यालय जलेश्वरमा दर्ता गराई सक्नु पर्नेछ । Proposal दरभाउ पत्र निजको प्रतिनिधिको उस्थिति वा अनुपस्थितिमा यस संस्थामा खोलिने छ ।
  • Proposal मा यातायात खर्च, खाना तथा होटल वास सहित कुल लागत पेश गर्नुपर्ने छ । 
  • आशय पत्र मा आफुले कबोल गरेको दररेट तथा कुल रकम अंक र अक्षरमा प्रष्ट हुने गरी उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ ।
  • आशय पत्र दाताले दरभाउ पत्रको खाम बाहिर कार्यालयको नाम, ठेगाना र शिलबन्दी दरभाउ दाताको नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट लेख्नु पर्ने छ । इमेल मार्फत आएका कोटेशनको हकमा खाम आवश्यकता पर्ने छैन।
  • आशय पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस संस्थालाई हुनेछ ।
  • आशय पत्र दाताले बाल संरक्षण नीतिको पालना गर्नुपर्नेछ ।

Detailed Form and TOR can be obtained from the following link:

Consultancy-Proposal-Form

Terms of Reference (TOR)

दरखास्त दिने अन्तिम मिति: २०८१।०४।२९ गते साँझ ५։०० बजे सम्म ।

रतौली युवा क्लव, टाउन प्लानिङ, जलेश्वर–२, महोतरी (भौतिक उपस्थितिमा)

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Auditing
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 29 Jul, 2024
Apply Before 13 Aug, 2024
City Mahottari