लेखा अधिकृत (Finance Officer)

Rural Women Development Centre

Rural Women Development Centre-RWDC- (Gramin Mahila Utthan Kendra) was founded in 1993 in Dang district with a vision to "Create a Self-reliant and empowered society". RWDC has been working for educational rights, women empowerment, reproductive health, income generation, governance, accountability; disasters risk management, climate change resilience, gender equality and human rights for rural backward and marginalized communities with "Zero Tolerance" to gender violence.

Details / requirements:

कर्मचारी आवश्यकता सम्वन्धी 

तेस्रो पटक प्रकाशन मिति: २०८१।०७।०१ गते

ग्रामिण महिला उत्थान केन्द्र दाङले हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालित तरकारी मूल्य शृङ्खलामा नविनताका माध्यमवाट ग्रामिण महिला उद्यमीहरुको प्रतिस्पर्धात्मक क्षमता विकास (IALVC) परियोजनाका लागि तपसिलमा उल्लेखित पदको लागि कर्मचारीको आवश्यकता भएकोले रित पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र दरखास्त आह्वान गरिन्छ ।

१. पद: लेखा अधिकृत

पद संख्या: १ (एक) जना

मुख्य जिम्मेबारी:

  • परियोजनाको दैनिक लेखा अभिलेख अद्यावधिक गर्ने ।
  • परियोजनाको लेखा प्रभावकारी, जवाफदेहि र पारदर्शि तरिकाले सुरक्षित गरी राख्ने ।
  • परियोजनासंग सम्वन्धित वित्तीय कारोवारहरुको लेखा व्यवस्थापनको सफट्वेयरको प्रयोग गरी लेखा राख्ने  ।
  • मासिक, त्रैयमासिक र वार्षिक वित्तिय प्रतिवेदनहरु तयार गरी दातृ निकायमा पेश गर्ने ।
  • वित्तीय प्रतिवेदनको विश्लेषण गरी मासिक रुपमा प्रस्तुत गर्ने ।
  • वित्तीय योजना तयार तथा वजेट नियन्त्रण गर्ने ।
  • आवश्यकता अनुसार नगद प्रवाह विवरण तयार गरी स्वीकृत गराउने ।
  • परियोजनामा आवद्ध सहकारीहरुको संस्थागत क्षमता अभिवृद्धि गर्न सहकारीका कर्मचारीहरुलाई आवश्यक तालिम तथा अभिमुखिकरण गर्ने । 
  • परियोजनाका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्दै परियोजना कार्यक्षेत्रका सहकारीहरुलाई प्राविधिक सेवा प्रदान गर्ने ।
  • परियोजनाका असल अभ्यास, सफलताका कथाहरुको अभिलेखिकरण गर्ने ।
  • आफूले पाएको जिम्मेवारी इमान्दारी र कुशलता पूर्वक सम्पन्न गर्ने ।
  • संस्थाको गोपनियताको पूर्ण रुपमा पालना गर्ने ।
  • नियमित तथा आवश्यकता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण गर्नुपर्ने ।
  • परियोजनाका भौतिक सम्पत्तिहरुको कोडिङ गरी सुरक्षित तरिकाले राख्ने ।

न्युनतम योग्यता र कार्यानुभव:

  • वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरी कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
  • लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्षता भएको ।
  • कम्प्युटर सम्वन्धी दक्षता भएको र लेखा सफ्टवेर सम्वन्धी ज्ञान तथा सञ्चालन अनुभव भएको ।
  • लेखा प्रतिवेदन तयारी, तथ्याङ्क विश्लेषण, बजेट निर्माण सम्वन्धी ज्ञान भएको ।
  • स्थानीय सरकारको लेखा प्रणाली, वजेट निकासा तथा फर्छयौट र सार्वजनिक खरिद प्रक्रिया सम्वन्धि ज्ञान तथा अनुभव भएको ।
  • स्थानीय सरकार तथा अन्य सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • मोटरसाइकल चलाउन सक्ने र अनुमतीपत्र प्राप्त भएको ।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, सम्वन्धी ज्ञान, सीप भएको ।

२. सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ ।

३. दरखास्त दिने अन्तिम मिति: २०८१।०७।० गते कार्यालय समय भित्र ।

४. परिक्षाको किसिम: लिखित र अन्तरवार्ता 

५. आवश्यक कागजातहरु: निवेदन, सम्वन्धीत विषयको कार्यानुभव खुल्ने व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साईजको फोटो, चालक अनुमति पत्रको प्रतिलिपी संस्थाको इमेल वा कार्यालयमा बुझाउनु पर्नेछ ।

नोट: प्रारम्भिक छनोटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित र मौखिक परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका आवेदनहरु उपर कुनै कारवाही गरिने छैन ।

संस्थाको नाम: ग्रामीण महिला उत्थान केन्द्र

ठेगाना: घोराही उपमहानगरपालिका १५ दाङ

इमेल: rwdchrdepart@gmail.com

Overview

Category Accounting and Finance, Development / NGO
Openings 1
Position Type Full Time
Position Level Mid Level
Experience 3+ years
Education Bachelor's in Management
Posted Date 17 Oct, 2024
Apply Before 23 Oct, 2024
City Dang