लजिस्टिक सहायक

Ratauli Yuba Club (RYC)

Details / requirements:

कर्मचारी आवश्यकता

प्रकाशित मितिः २०८१/०५/२८

रतौली युवा क्लब सेभ द चिल्ड्रेनको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालनमा रहेको समुन्नति (Sponsorship) कार्यक्रम अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आफ्नो व्यक्तिगत विवरण (Bio-Data) सहितको निवेदनका साथ तल उल्लेखित ठेगाना वा ईमेल मा आवेदन पठाउन आव्हान गरिन्छ ।

१. पदः लजिस्टिक सहायक – १ जना (विज्ञापन नंः १२–०८१/०८२)

न्यूनतम योग्यता:

  • व्यवस्थापन विषयमा कम्तिमा प्रमाणपत्र तह उतीर्ण भएको ।
  • खरिद तथा आपुर्ति व्यवस्थापन सम्बन्धी कम्तिमा २ वर्षको कार्य अनुभब भएको ।
  • नेपाल सरकारको खरिद प्रणाली, चल अचल सम्पत्ति व्यवस्थापन सम्बन्धी ज्ञान भएको ।

नोट։ उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

दरखास्त दिने अन्तिम मिति։ २०८१।०६।३ गते साँझ ५։०० बजेसम्म ।

आवेदनका लागिः

रतौली युवा क्लव,

प्रधान कार्यालय, टाउन प्लानिङ, जलेश्वर-२, महोत्तरी

सम्पर्क नं. ०४४-५२०८४३

ईमेलः vacancyryc@gmail.com

Overview

Category Product Management, Development and Project, Logistics / Procurement
Openings 1
Position Type Full Time
Experience 2+ years
Education Bachelor's in Management
Posted Date 15 Sep, 2024
Apply Before 19 Sep, 2024
City Mahottari