लैंगिक समानता तथा सामाजिक समावेशीकरण अधिकृत (GESI Officer)
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धि सूचना
२०८१ साल आश्विन १७ गते
पुन:प्रकाशीत
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सीमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुंच स्थापना एवं किसानको जीवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्य गर्दै आएकोछ ।
कृषक पाठशाला अभ्यासबाट जलवायुमैत्री कृषिका अभ्यास साथै जलवायुमैत्री गाउँ अभ्यास मार्फत लक्षित वर्गको जलवायु उत्थानशील क्षमता विकास र जीविकोपार्जनमा टेवा पुर्याउने उदेश्यले सिरहा र सप्तरी जिल्लाका केही स्थानीय तहहरुसंगको सहकार्यमा, कृषक समुदायको सशक्तिकरण एवं क्षमता अभिवृद्धि साथै जीविकोपार्जनका गतिविधिहरुको स्थलगत अभ्यास एवं ब्यवसायिक रुपान्तरणसंग सम्बन्धित गतिविधिहरु यस महासंघले केएर नेपालसंगको सहकार्यमा संचालन गरिरहेकोछ ।
यसै क्रममा महासंघलाई मधेश प्रदेशको सिरहा र सप्तरी जिल्लामा रही काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरुको आवश्यकता भएको हुँदा तपशिलमा उल्लेखित ठेगानामा २०८१ असोज २९ गते सम्ममा रितपूर्वकको निवेदन पेश गर्न अनुरोध गरिन्छ ।
पद | संख्या | शैेक्षिक योग्यता | आवश्यक अनुभव |
लैंगिक समानता तथा सामाजिक समावेशीकरण अधिकृत (GESI Officer) | १ | मानविकि, सामाजिक विज्ञान, मा स्नातका वा सो सरह |
|
- महिला, दलित, सीमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ ।
- पूर्वी तराइमा काम गरेको अनुभव भएको र मैथिली बोल्न जान्नेलाई विषेश प्राथमिकता दिईनेछ ।
- छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र थप प्रकृयामा समावेश गराईनेछ ।
दरखास्त साथ बुझाउनु पर्ने कागजातहरु
- रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि,
- दरखास्त बुझाउने ठेगाना: ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
नोट: अघिल्लो पल्ट आबेदन दिनुभएको उम्मेदवारले पुन: दरखास्त दिन आवश्यक छैन ।
दरखास्त बुझाउने अन्तिम मिति: २०८१ साल आश्विन २९ गते बेलुका ०५ बजे सम्म
छनौट विधी: लिखित र मौखिक
पदपूर्ति समिति
Overview
Category | Social Science, Development and Project, Development / NGO |
Openings | 1 |
Position Type | Full Time |
Position Level | Mid Level |
Experience | 2 Years |
Education | Bachelor's degree in social science, Bachelor's degree in a related field |
Posted Date | 03 Oct, 2024 |
Apply Before | 15 Oct, 2024 |
City | Madhesh Province |