लेखा परिक्षणको आशय पत्र माग सम्बन्धमा ।
Details / requirements:
विषय: लेखा परिक्षणको आशय पत्र माग सम्बन्धमा ।
प्रथम पटक प्रकाशित मिति: २०८०/०४/०८
पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट गैर धार्मिक, गैर राजनीतिक तथा गैर नाफामुलक गैर सरकारी संस्थाका रुपमा विगत २६ वर्ष देखि शिक्षित बालमैत्री र वातावरणमैत्री समतामूलक समाज निर्माण गर्ने परिकल्पना सहित कर्णाली प्रदेशमा कार्यरत छ । जिल्लाका विपन्न बर्ग, महिला, बालबालिका, दलित, जनजाति तथा अल्पसंख्यक समुदायहरुको जिविकोपार्जन, सशक्तिकरण, समानता तथा सामाजिक न्याय र कृषि, शिक्षा, स्वास्थ्यपोषणका क्षेत्रमा कार्यरत रहेको छ ।
पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट द्धारा २०७९ श्रावण १ गते देखि २०८० अषाढ मसान्त सम्मका लागि एक आ.ब.को विभिन्न परीयोजना अन्तरगत ८ करोड बरावर रकमको लेखा परिक्षण गर्नुपर्ने भएकोले तल उल्लेखित योग्यता पुगेका फर्म बाट विष्तृत विवरण सहित आशय पत्र पेश गर्नका लागि आह्वान गरीएको छ ।
आवस्यक कागजातहरु
- नेपाल सरकार वा नेपाल चार्टर एकाउन्टेन्स संस्था बाट सम्बन्धीत कार्यका लागी प्राप्त गरेको इजाजत पत्र प्रतिलिपीहरु
- स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र प्रतिलिपी
- कर चुक्ता प्रमाण(पत्र प्रतिलिपी (२०७९/०८०)
शर्तहरु
- अडीट गर्नको लागी पाँचतारा युवा संरक्षक मञ्चको कार्यलय खलंगा, जाजरकोटमा र फिल्ड अफिस छेडागाड नगरपालिका ५, थलह जाजरकोटमा उपस्थित भइ गर्नुपर्नेछ ।
- Proposal यस संस्थाले उपलव्ध गरायको फाराममा भरी कार्याललय समयमा आफ्नो फर्मको लेटर प्याडमा निवेदन लेखी फर्मको डकुमेन्ट सहीत इमेल मार्फत ptysm.procurement@gmail.com मा पेश गर्नु पर्ने छ ।
- Proposal सुचना प्रकाशन भएको मितिले ७ औं दिनको ५ बजे सम्म यस संस्थामा दर्ता गराई सक्नु पर्नेछ । Proposal दरभाउ पत्र दाता वा निजको प्रतिनिधिको उस्थिति वा अनुपस्थितिमा यस संस्थामा खोलिने छ ।
- Proposal मा यातायात खर्च, खाना तथा होटल वास सहीत कुल लागत पेश गर्नुपर्ने छ ।
- आशय पत्र दाता बाट आफ्ले कबोल गरेको दररेट तथा कुल रकम अंक र अक्षरमा प्रष्ट हुने गरी उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षर लाई मान्यता दिइने छ ।
- आशय पत्र दाताले दरभाउ पत्रको खाम बाहिर कार्यालयको नाम ठेगाना र शिलवन्दी दरभाउ दाताको नाम, ठेगाना र सम्पर्क नम्वर स्पष्ट लेख्नु पर्ने छ । इमेल मार्फत आएका कोटेशनको हकमा खाम आवश्यकता पर्ने छैन।
- आशय पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस संस्थालाई हुनेछ ।
- बाल संरक्षण नीतिको पालना गर्नुपर्नेछ ।
- आशय पत्र सम्बन्धी अन्य थप जानकारी लिनु परेमा यस कार्यालयको सम्पर्क नं. ९८५८०५२१२७, ९८४४८७९१११, ९८५८०६९८०२ मा बुझ्न सकिने छ ।
For TOR & Proposal form: https://ptysm.org.np/?p=946
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 24 Jul, 2023 |
Apply Before | 30 Jul, 2023 |
City | Jajarkot |