खानेपानीको ट्याङ्की निर्माणका लागि शिलबन्दी बोलपत्र (टेण्डर) आह्वान सम्बन्धि सूचना

Mahuli Community Development Center (MCDC)

Mahuli Community Development Center (MCDC) is one of a non-governmental organization working in Saptari district since 1994. It works for various social developmental activities coordinating with developing partners and government organization.

Details / requirements:

खानेपानी ट्याङ्की निर्माणका लागि शिलबन्दी बोलपत्र (टेण्डर) आह्वान सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२/०१/१६

बोलपत्र नं: ०२/२०८१/०८२

महुली सामुदायिक विकास केन्द्र (MCDC) वि.सं २०५१ सालमा सप्तरी जिल्लामा स्थापना भएको मुनाफा रहित गैर सरकारी संस्था हो । स्थापनाकाल देखि हाल सम्म यस संस्थाले विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रुपमा कार्य गर्दै आइरहेको छ । हाल BMZ/VCA/WHH को साझेदारीमा MCDC द्वारा सञ्चालित Up-scaling WASH systems strengthening approach in the Terai Region of Nepal (NPL 1082-22) परियोजना अन्तर्गत अग्निसाइर कृष्णासवरन गाउँपालिका वार्ड न १ स्थित बेहराचापमा १३.५ हजार लिटर क्षमता भएको एक RCC को खानेपानीको ट्याङ्क (भण्डारण कोठा सहितको) निर्माण गर्नु पर्ने आवश्यक भएकोले यस विकास केन्द्रको खरिद समितिको मिति २०८२/१/५ गतेको निर्णय तथा यसै केन्द्रको मालसामान तथा सेवा खरिद विनियमावली २०८१ को वि.न.१५ (२) तथा परियोजनाको प्राविधिकको डिजाइन नक्सा भित्र रही तोकिएको गुणस्तर र मापदण्डका सामाग्रीहरू, मजदुर लगायतको निर्माण कार्यको पूर्ण सम्पादनको सम्पूर्ण कार्य बोलपत्र टेण्डर प्रक्रियावाट छनौट भएको निर्माण व्यवसायी, फर्म वा कम्पनीबाट नै गर्ने निर्णय भए बमोजिम तल उल्लेखित शर्तको अधिनमा रहने गरि आवश्यक मापदण्ड पुरा गरेका इच्छुक निर्माण व्यवसायी, फर्म वा कम्पनीले लाहाछाप सहित शिलबन्दी बोलपत्र आह्वानका लागि आजको मितिले प्रथम पटक ७ दिने यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरू:

१. संस्थाले उपलब्ध गराएको डिजाइन, गुणस्तर र मापदण्ड अनुसारको सामाग्रीहरू, मजदुर लगायतको निर्माण सामाग्रीहरूको विवरण तथा मजदुरहरूको ज्याला लगायत निर्माण कार्यको पूर्ण सम्पादनको सम्पूर्ण जिम्मेवारी सहितको आफ्नो प्रस्तावित कर सहितको रकम तथा कार्य सम्पादन गर्न लागने समय सहित उल्लेख गरी केरमेट नगरि हस्त लिखित वा कम्प्युटर प्रिन्टबाट तयार गरि पेश गर्नुपर्नेछ ।

२. संस्थाले उपलब्ध गराएको डिजाइन, गुणस्तर र मापदण्डमा उल्लेख भएको गुणस्तर र विशिष्टिकरण बमोजिमको सामाग्रीहरू तथा दक्ष जनशक्ति प्रयोग गरी निर्माण कार्य सम्पादन गर्ने भन्ने प्रतिबद्धता पत्र समेत पेश गर्नुपर्नेछ । 

३. बोलपत्रदाताले अनिवार्य रुपमा निम्न कागजात सहित बोलपत्र पेश गर्नुपर्नेछ ।

  • फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी, यदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपी
  • मूल्य अभिबृद्धि कर (VAT) को प्रमाण पत्र
  • २०८०/८१ को करचुक्ता प्रमाण पत्रको प्रतिलिपी
  • सम्बन्धित कार्य अनुभवको प्रमाण पत्रको प्रतिलिपी
  • संस्थाले उपलब्ध गराएको स्वार्थको द्वन्द्व र नैतिक आचरण सम्बन्धि स्वःघोषणा फारम
  • फर्म वा कम्पनीको नाउमा बैंक खाता सञ्चालन भएको विवरण समेत दर भाउ पत्रमा उल्लेख भएको हुनु पर्नेछ ।

४. बोलपत्रमा बुन्दा न. ३ मा उल्लेखित सवै आवश्यक कागजात सहित कम्तिमा ३ वटा लाहाछाप सहित सफा नच्यातिएको खाममा वाहिर पट्टि प्रेषकको नाम, ठेगाना, सम्पर्क नं, ईमेल ठेगाना उल्लेख गरिएको हुनुपर्नेछ । अपुरो कागजातहरू भएको कोटेशन प्रतिस्पर्धामा समावेश गरिने छैन ।

५. ईमेल मार्फत बोलपत्र पेश गर्ने प्रेषकले आफ्नो फाईललाई सुरक्षित पासवर्ड राखी पठाउनुपर्नेछ । पासवर्ड दरभाउ पत्र खोल्ने दिन संस्थाले तोकेको आधिकारिक कर्मचारी वा खरिद समितिको पदाधिकारीलाई मात्र सेवा प्रदायकको आधिकारिक प्रतिनिधिले गोप्य रुपमा उपलब्ध गराउनु पर्नेछ ।

६. बोलपत्र पेश गर्ने समायावधि मितिः २०८२/०१/१६ देखि २०८२/०१/२२ गते सोमबार दिउँसो ४:०० बजे सम्म रहनेछ । बोलपत्र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सोको भोलि पल्ट कार्यालय समय भित्र पेश गरेको हुनु पर्नेछ ।

७. बोलपत्र खोलिने मिति र समय बारे सम्बन्धित प्रेषकहरूलाई ईमेल वा फोन मार्फत पुर्व जानकारी गराइनेछ । बोलपत्र संस्थाको खरिद समिति, संस्थाको पदाधिकारी तथा आमन्त्रित सदस्य लगायत बोलपत्र प्रेषकको रोहवरमा खोलिनेछ । यदि बोलपत्र प्रेषक उपस्थित हुन नसकेको खण्डमा प्रेषकको रोहवरमा यलष्लिभ मार्फत समेत बोलपत्र खोल्न सकिनेछ । बोलपत्र दाताहरू उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।

८. प्रथम पटक प्रकाशित सूचनाको आधारमा अपेक्षित संख्या तथा दररेटमा बोलपत्र प्राप्त नभएमा, सम्बन्धित सेवा प्रदायकको प्राप्त विवरण र कार्यअनुभवका आधारमा संस्था आश्वस्त हुन नसकेमा संस्थाले यसै प्रक्रियाबाट बोलपत्र खरिद गर्न बाध्य हुने छैन ।

९. कम मुल्य भएको तथा कार्य अनुभवको आधारमा तोकेको मापदण्ड पुरा गर्ने गरी तोकिएको समयमा कार्य सम्पादन गर्ने निर्माण व्यवसायी, फर्म वा कम्पनीलाई छनौट गर्ने तथा छनौट भएको निर्माण व्यवसायी, फर्म वा कम्पनीसँग सम्झौता पत्रमा उल्लेख हुने आधारमा भुक्तानी प्रक्रिया हुनेछ । बोलपत्रदातासँग कबुल रकमको कम्तीमा १०% बरावरको परफरमेन्स बण्ड लिइनेछ र सम्झौता सम्पन्न भएपछि बिडवण्ड फुकुवा गरिने छ ।

१०. अनुसुचीहरू

अनुसुची १: खानेपानीको ट्याङ्कको डिजाइन नक्सा

अनुसुची २: कार्य वर्णन र विशिष्टिकरण

अनुसुची ३: स्वार्थको द्वन्द्व र नैतिक आचरण सम्बन्धि स्वःघोषणा फारम

नोटः कोटेशन माथिको सम्पूर्ण अधिकार संस्थामा नै निहित रहनेछ । बोलपत्र सम्बन्धि विस्तृत विवरण प्राप्त गर्नका लागि कार्यालय समय भित्र संस्थाको सम्बन्धित परियोजना कार्यलयमा वा प्रधान कार्यालयमा सम्पर्क राख्न सकिनेछ ।

विस्तृत जानकारीको लागि तथा प्रस्तावना पेश गर्नका लागि सम्पर्क ठेगाना

महुली सामुदायिक विकास केन्द्र (MCDC)

परियोजना कार्यालय, हिमालय टोल, राजविराज, सप्तरी

सम्पर्क नं: ०३१–५३०२०८

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 29 Apr, 2025
Apply Before 05 May, 2025
City Saptari