कोटेशन आह्वान गरिएको सूचना
Details / requirements:
मितिः २०८१ मंसिर २६ गते
कोटेशन आह्वान गरिएको सूचना ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २२ औँ वार्षिक साधारण सभा यहि मिति २०८१ पौष १२ र १३ गते काठमाण्डौमा हुने भएकोले सो साधारण सभामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरू, सहयोगी, पर्यवेक्षक र अन्य व्यक्तिहरू सहित करिब ५०० देखि ७०० जना सहभागीहरू उपस्थित हुने अपेक्षा गरिएको छ । उल्लेखित संख्याका सहभागीहरूका लागि आवश्यक सेवा सुविधा प्रदान गर्नका लागि काठमाण्डौ उपत्यका भित्र सञ्चालनमा रहेका सेवा प्रदायकहरूले आफुले प्रदान गर्न सक्ने सेवा सुविधाहरूको मुल्य सूची सहित एकमुष्ट वा फरक फरक सेवाहरूको दररेट राष्ट्रिय अपाङ्ग महासंघ नेपालको भृकुटीमण्डप‚ काठमाण्डौ स्थित संघीय कार्यालयमा वि.सं. २०८१ पौष ३ (१८ डिसेम्बर २०२४) भित्र बुझाउनु हुन वा compliance@nfdn.org.np वा cfo@nfdn.org.np मा इमेल गरी आफ्नो प्रस्तावना पेश गर्नु हुनका लागि यो सूचना आह्वान गरिएको छ ।
आवश्यक सेवाहरू
क) कार्यक्रम स्थल (कम्तिमा ७०० जना अट्न सक्ने पहुँचयुक्त हल)
ख) पहुचयुक्त मञ्च व्यवस्थापन, LED स्क्रिन, साउण्ड सिस्टम
ग) पहुँचयुक्त ढाँचामा डिजिटल डकुमेन्टेसन निर्माण
घ) क्याटरिङ् सेवा तथा खाना र खाजा
ङ) आवास सेवा
च) प्रिन्टङ्ग र फोटीकपी
छ) यातायात सेवा
पेश गर्नुपर्ने कागजातहरू
१) कोटेशन पत्र (माथि उल्लेखित विवरण अनुसार)
२) व्यवसाय दर्ता प्रमाणपत्र
३) भ्याट प्रमाणपत्र
४) कर चुक्ता प्रमाणपत्र आ व २०८०-८१
थप जानकारीका लागि सम्पर्क
प्रशान्त कुमार झा
प्रमुख वित्त अधिकृत
सम्पर्क नं : ९८५१२३६४०७, cfo@nfdn.org.np
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 11 Dec, 2024 |
Apply Before | 18 Dec, 2024 |
City | Kathmandu |