कृषकहरुका लागि बाख्राको खोर सहयोग गर्न सिलबन्दी दरभाउपत्र आह्वानको सुचना

Lumbini Integrated Development Organization

Details / requirements:

Px9y69CAzZH07nI+nqzN+fv1yhHi5ywIB4wzIGPY60k7GszH+mUwEKugVRVEURVEURVEU5X2Izb9AURRFURRFURRFUZT3FSroFUVRFEVRFEVRFOV9iAp6RVEURVEURVEURXkfooJeURRFURRFURRFUd53AP8fcLMfZg2UEyEAAAAASUVORK5CYII=

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)

तौलिहवा, कपिलवस्तु ।

“न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना

सिलबन्दी दरभाउपत्र आह्वानको सुचना

प्रथम पटक सुचना प्रकाशन मिति: २०८१।०७।०६

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) ले ईस्लामिक रिलिफ नेपालको साझेदारीमा “न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्धि” परियोजना अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिकाको वार्ड नं. २, ४, ९, ११, १२ र १३ तथा सम्मरीमाई गाँउपालिकाको वार्ड नं. १, २, ३, ५ , ६ र ७ साथै कपिलवस्तु जिल्लाको मायादेबी गाँउपालिका वार्ड नं. २, ४, ५, ७, ८ शुद्धोधन गाँउपालिका वार्ड नं. १, २, ६ मा कृषकहरुका लागि बाख्राको खोर (४३ थान) सहयोग गर्न सिलबन्दी दरभाउपत्र प्रस्ताव आह्वान गरिन्छ । यसका साथै इजाजत प्राप्त कम्पनी वा फर्महरुलाई सिलबन्दी दरभाउपत्र र प्रस्तावना पेश गर्नको लागि तपसिलका शर्तहरुको अधिनमा रही सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ ।

प्राप्त सिलबन्दी दरभाउपत्र सम्बन्धित प्रस्तावना (आर्थिक र प्राबिधिक दुबैमा) रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) तौलिहवा कपिलवस्तुमा मिति २०८१।०७।२० गते बेलुका ४:०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।

सिलबन्दी दरभाउपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ । सिलबन्दी दरभाउपत्र सम्बन्धी प्रस्तावना यस संस्थाको कार्यालय तौलिहवा कपिलवस्तु वा इमेल lidoprocurementofficer@gmail.com बाट प्राप्त गर्न सकिने छ ।

नोट:

१. बाख्राको खोर निर्माण कार्यको लागि कार्यादेश पाएको मितिले ३० (तिस) दिनको अवधि भित्र कार्य सम्पन्न गरी सक्नु पर्नेछ । 

२. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरु उल्लेख गर्ने बिक्रेताहरु स्वत: अयोग्य हुनेछन ।

३. फर्म वा कम्पनीले सम्पुर्ण आवश्यक कागजातहरु हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरु पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछन ।

४. ४ (चार) महिनाको म्याद राखी कबोल गरेको रकमको २.५ प्रतिशत रकम बराबरको बैंक जमानत पत्र पेश गर्नु पर्नेछ ।

५. दरभाउ सम्बन्धी थप जानकारी प्रदान गर्नका लागि आपुर्तिकर्ता र बिक्रेताको उपस्थितीमा पुर्व बैठक (Pre Bid Meeting) मिति २०८१ कार्तिक १२ गते सोमबारका दिन दिउँसो २ बजे संचालन गरिने छ । यो बैठक उपस्थिती वा अनलाईन मार्फत उपस्थित हुन सकिन्छ ।

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)

ईमेल: lidoprocurementofficer@gmail.com

सम्पर्क नम्बर: ०७६-५६११४५

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 22 Oct, 2024
Apply Before 05 Nov, 2024
City Kapilvastu