कृषि प्राविधिक / सव–ओभरसियर

SAHAS Nepal

Details / requirements:

कर्मचारी आवश्यकता

मिति: २०८१/०९/२३

सहयोगी हातहरुको समूह (सहास) नेपाल वि सं २०५२ सालमा स्थापना भएको एक राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । सहास नेपालले नेपालभर सातवटै प्रदेशका २२ वटा जिल्लाहरुमा विभिन्न परियोजनाहरु संचालन गर्दै आईरहेको छ । विशेषत यस संस्थाले कृषि, खाद्य सुरक्षा, प्राकृतिक स्रोत व्यवस्थापन,जलवायु परिवर्तन, सामुदायिक सशक्तिकरण, सामाजिक परिचालन, वहस पैरवी, विपद ब्यवस्थापन र भौतिकपुर्वाधारसँग सम्बन्धित परियोजनाहरु संचालन गर्दै आएको छ ।

संस्थाले कालीकोट जिल्लाको महावई गाउँपालिका र तिलागुफा नगरपालिका तथा जुम्ला जिल्लाको तिला गाँउपालिका र हिमा गाँउपालिकामा सामुदायिक विकासको परियोजना संचालन गर्न लागेको छ। सिमान्कृत समुदायको लागि सामाजिक विकास र जलवायु उत्थानशिलताको लागि सहजिकरण गर्ने परियोजनाको मुख्य उद्धेश्य रहेको छ ।

उपरोक्त नगरपालिका एवम् गाउँपालिकाहरुमा काम गर्ने गरी सहास नेपालद्वारा निम्न पदका लागि प्रतिवद्ध नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरीएको छ  ।

१. पद: कृषि प्राविधिक

संख्या: ७ जना (क्रिन नेपाल, कालीकोट: ४, सहास नेपाल, जुम्ला: ३)

योग्यता र अनुभव:

  • कृषि सहायक प्राविधिक (JTA) उत्तीर्ण गरेको ।
  • कम्तिमा २ बर्ष विषयसँग सम्बन्धित काम गरेको अनुभव भएको ।
  • कृषि तथा जलवायु परिवर्तनका विषयसँग सम्वन्धित तालिम संचालन गर्ने सीप भएको ।
  • समूह गठन तथा सामाजिक परिचालन सम्बन्धि तालिम दिने र सहजीकरण गर्ने क्षमता भएको।
  • कम्युटरमा नेपालीमा प्रतिबेदन र तथ्याड्ढहरुको विवरण तयार पार्न सक्ने ।
  • स्थानीय भाषा बुझ्न र बोल्न सक्ने ।

मुख्य जिम्मेवारीहरु

  • कृषि, जलवायु परिवर्तन लगायत सामाजिक परिचालनसंग सम्बन्धित बिषयहरुमा तालिम आयोजना र सहजिकरण गर्ने ।
  • स्थानिय स्तारमा कृषि, खाद्य सुरक्षा र जलवायु परिवर्तनसंग प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न गतिविधिको तथ्यहरु संकलन गर्ने र स्थानिय श्रोत साधन र सिपको अधिकतम  परिचालन गरी सो सम्बन्धि क्रियाकलाप कार्यन्वयन गर्न सहजिकरण गर्ने ।
  • गाउँ तथा नगरपालिकाहरुका विभिन्न बिषयगत शाखा कार्यालयसँगको समन्वयमा काम गर्ने । 
  • समूह गठन तथा सामाजिक परिचालनसंग सम्बन्धित बिषयहरुमा तालिम आयोजना र सहजिकरण गर्ने ।
  • समूह तथा संजाल संस्थाहरुको क्षमता विकासको लागि समुदायमा सहजिकरण गर्ने ।
  • संचालित क्रियाकलापको अनुगमन, तथ्यांक संकलन तथा प्रतिबेदन तयार गर्ने ।

२. पद: सव–ओभरसियर

संख्या: १ जना (सहास नेपाल, जुम्ला)

योग्यता र अनुभव:

  • प्राबिधिक–सबओभरसियर उत्तीर्ण भएको हुनुपर्ने ।
  • कम्तिमा ३ बर्ष सम्म सो बिषयसँग सम्बन्धित रही काम गरेको अनुभव प्राप्त हुनुपर्ने ।
  • कम्युटरमा सर्भे, डिजाइन र इष्टिमेट गर्न सक्ने तथा AutoCAD चलाउने सिप भएको ।
  • नेपालीमा कम्ग्यूटरमा प्रतिबेदन लेख्न सक्ने सीप हुनुपर्ने ।
  • स्थानीय भाषा बुझ्न र बोल्न सक्ने ।

मुख्य जिम्मेवारीहरु:

  • साना भौतिकपूर्वाधारको (खानेपानी योजना, सिंचाइ कुलो, आदि) को सर्भे डिजाइन, इष्टिमेट गर्ने।
  • समुदायमा आधारभूत मर्मत संभार तालिम संचालन गर्ने ।
  • स्थानिय श्रोत साधन र सिपको अधिकतम परिचालन गर्ने ।
  • समुदायमा स्थानिय भौतिकपूर्वाधारका कार्यक्रम प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न गतिविधि, तथ्यहरु संकलन गर्ने र सो सम्बन्धि क्रियाकलाप कार्यन्वयन गर्न सहजिकरण गर्ने ।
  • समुहले तयार गरेको कार्ययोजना कार्यान्वयनका लागि बिभिन्न निकायसँग समन्व्य गर्ने गराउने।
  • समुदायमा संचालन गरेका योजनाको अनुगमन तथा प्रतिबेदन तयार पार्ने ।

ईच्छुक उम्मेदवारहरुले आफ्नो व्यक्तिगत बायोडाटा, निबेदन तथा दुईजना Reference व्यक्तिको नाम र सम्पर्क नम्बर सहित मिति २०८१/०९/२९गते (तदनुसार 13 January 2025) भित्रमा कार्यकारी निर्देशक, सहास नेपाल, ईमेल sahasnepalvacancy@gmail.com मा दरखास्त पठाउन सकिने छ ।

नोट: सम्बन्धित नगर तथा गाउँपालिका र जिल्लाका स्थानीय महिला, सिमान्तकृत तथा पिछडिएका वर्गहरुलाई प्राथमिकता दिइने छ । छोटो सुचि छनौटमा परेका निवेदकहरुलाई मात्र छनौट प्रक्रियामा सहभागि गराइने छ । छनौट गर्ने सम्पूर्ण अधिकार सम्बन्धित संस्थामा निहित रहने छ ।

(सहास नेपाल सुरक्षण नीति अवलम्वन गर्दै घुसखोरी, दूरुपयोग, छलकपट, जालसाझी रहित स्वच्छ संस्थाप्रति प्रतिवद्धता गर्दछ ।)

Overview

Category Development and Project, Development / NGO, Agriculture/Livelihood
Openings 8
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 07 Jan, 2025
Apply Before 13 Jan, 2025
City Jumla, Kalikot