कृषि प्राविधिक (Agricultural Technician)

Jan Kalyan Yuwa Samittee

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक प्रकाशन मिति: २०८१।०४।२१

हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा जनकल्यण यूवा समिती (JKYS) को सहजीकरणमा संचालित IALVC परियोजना अन्तर्गत तरकारी मुल्य श्रृंखला कार्यक्रम संचालनका लागि तपसिलमा उल्लेखित पदको लागि कर्मचारीहरुको आवश्यकता भएकोले रित पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

१. आवश्कता सम्बन्धि विवरण:

क) पद: कृषि प्राविधिक

पद संख्या: १ (एक) जना

न्युनतम योग्यता र कार्यानुभव:

  • कृषि विषयमा JT उतिर्ण गरी कम्तीमा २ वर्ष वा JTA वा सो सरह उतिर्ण गरी कम्तीमा ५ वर्ष सामुदायिक विकास र तरकारीको मुल्य श्रृंखलामा काम गरेको अनुभव भएको ।  
  • परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको । 
  • साना किसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
  • कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • उद्यमीहरुको व्यवसायिक योजना निर्माण सम्बन्धि सीप र अनुभव भएको । 
  • स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्बन्धि दक्षता भएकोलाई प्राथमिकता दिइनेछ ।
  • मोटरसाईकल लाईसेन्स भएको र कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा दिन सक्ने । 

मुख्य जिम्मेबारी:

  • फिल्ड स्तरिय समुह बैठक, कृषक व्यवसाय पाठशाला, तालिम तथा कार्यशाला गोष्ठी संचालन तथा सहजीकरण गर्ने ।
  • परियोजना कार्यक्षेत्रका किसानहरुलाई प्राविधिक सेवा प्रदान गर्ने ।
  • कृषकहरुको गुणस्तरीय कृषि सामाग्री, आधुनिक प्रविधी, वित्तिय सेवामा पहुंच वृद्धिका लागि सहकारी र निजीक्षेत्रको व्यवसायिक सम्बन्ध स्थापित गर्न सहजिकरण गर्ने ।
  • परियोजना कार्यक्षेत्रको तरकारी उत्पादन तथा बजारीकरण सम्बन्धि तथ्याङ्क संकलन तथा अध्यावधिक गर्ने ।
  • मासिक तथा आवधिक प्रतिवेदन तयार गरि संस्था तथा सरोकारवाला निकायमा पेश गर्ने ।
  • सहकारीको व्यवसाय बिस्तारका लागि मूल्य श्रृंखलाका पात्रहरु संग सम्पर्क तथा समन्वय गरी बैठकहरु संचालन गर्ने ।
  • परियोजना संचालन तथा कार्यन्वयनका लागि सरकोकारबाला निकायहरु संग सम्पर्क तथा समन्वय गर्ने ।
  • कृषक समुह र सहकारीको परिचालन तथा क्षमता अभिवृद्धि गर्ने ।
  • समुदाय स्तरका सफलताका कथा तथा सिकाईहरु तयार गरि दस्तावेजिकरण गर्ने ।

२. सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ ।

३. दरखास्त दिने अन्तीम मिति: २०८१।०४।२७ गते कार्यालय समय भित्र ।

४. परीक्षाको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक 

५. आवश्यक कागजातहरु: कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी स्क्यान गरी jankalyanys@gmail.com को इमेल मार्फत वा कार्यालयमा (चन्द्रपुर न.पा.–४ देउराली चोक एरिया) दरखास्त बुझाउनु पर्नेछ ।

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

पदपुर्ती समिती

जनकल्याण यूवा समिती

गढीमाई न.पा – १ समनपुर रौतहट

कार्यालय: चन्द्रपुर न.पा.– ४ देउराली चोक एरिया

सम्पर्क न.: ९८२७२९८३०५,९८४५०९८८४०

Overview

Category Agriculture + Livestock, Development and Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 05 Aug, 2024
Apply Before 11 Aug, 2024
City Rautahat