कार्यालय सहायक (महिला मात्र)
Details / requirements:
कार्यालय सहायकको आवश्यकता
(प्रकाशन मिति: 17/12/2024)
छिमेकी संस्था नेपाल, तालिम प्राप्त छिमेकी महिला स्वंयसेविकाहरु संगठित भई २००४ मा स्थापना भएको गैर सरकारी संस्था हो । यसले स्थापनाकाल देखि नै काठमाण्डौ महानगरपालिका अन्तर्गत आफ्नो कार्यक्षेत्र भित्र रहेका महिला तथा बालबालिकाहरुको स्वास्थ्य र पोषणमा सुधार ल्याउन र महिलाहरुलाई सीप विकास तालिम मार्फत आय–आर्जन सम्बन्धी गतिविधिहरुमा सहभागी गराई उनीहरुलाई आत्मर्निभर बनाउने काममा सहयोग गर्दै आईरहेको छ ।
यसै सन्दर्भमा दैनिक कार्यालय सञ्चालनमा सहयोग गर्न एक इमान्दार तथा अनुभवि Part-Time कार्यालय सहायकको आवश्यकता परेकोले सो पदको लागि उल्लेखित आवश्यक योग्यता र दक्षता भएका उम्मेद्धारहरुलाई आवेदनको लागि आवहान गरिन्छ ।
पदः कार्यालय सहायक (महिला मात्र)
संख्याः १
कार्यक्षेत्रः का.म.न.पा – १३, ताहचल, कालिमाटी, काठमाण्डौ
कार्य अवधिः १ वर्षको लागि
प्रमुख जिम्मेवारीहरु:
- Part-time कार्यालय सहायकको भूमिकामा काम गर्नुपर्ने छ ।
- कार्यालय समय दैनिक विहान ९ बजे देखि दिउसो २ बजे सम्म कार्य गर्नुपर्ने छ ।
- दैनिक कार्यालयको सरसफाई सम्बन्धी कार्य गर्नुपर्ने छ ।
- कार्यालय समयमा चिया/नास्ता बनाउन सहयोग गर्नुपर्ने छ ।
- कार्यालयको बिजुली,पानी, टेलिफोन ईत्यादीको बिल भुक्तानीको लागी सहयोग गर्नुपर्ने छ
- कार्यालयको चिठीपत्रहरु अन्य कार्यालयमा पुर्याउन सहयोग गर्नुपर्ने छ ।
- स्टोर रुममा भएका सामानहरुको स्टक व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने छ ।
योग्यता:
- नेपालको नागरीक भएको हुनुपर्ने छ ।
- महिला र उमेरको हकमा २० देखि ४५ वर्ष सम्मको हुनुपर्ने छ ।
- शैक्षिक योग्यताको हकमा आठ कक्षा परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने छ ।
माथि उल्लेखित पदको लागि इच्छुक र योग्य उम्मेद्धारहरुले २५ डिसेम्बर २०२४, बेलुकी ५ः०० बजेसम्म chhimekijobs@gmail.com अथवा छिमेकी संस्था नेपालको कार्यालयमा आवेदन पेश गर्नु हुनको लागि अनुरोध गरिन्छ ।
Overview
Category | Development and Project, Development / NGO |
Openings | 1 |
Position Type | Full Time |
Posted Date | 17 Dec, 2024 |
Apply Before | 25 Dec, 2024 |
City | Kathmandu |