कार्यक्रम संयोजक (Project Coordinator): Re-Advertisement

DDS Salyan

Details / requirements:

पुनः प्रकाशित कर्मचारी आवश्यकता सम्बन्धि सूचना

तेस्रो पटक सूचना प्रकाशन मितिः २०८१/०६/०४ र आवेदन दिने अन्तिम मितिः २०८१/०६/१०

दलित विकास समाज (DDS) सल्यान सन २००१ मा सल्यान जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैर सरकारी संस्था हो । संस्थाले दलित, गरिब, विपन्न वर्ग, महिला र बालबालिकाहरूको सामाजिक, आर्थिक, स्वास्थ्य, र शिक्षाको स्थितिमा सुधार गर्दै समृद्ध, समावेसी र न्यायपुर्ण समाज निर्माण गर्ने लक्ष राखेको छ । आफ्नो स्थापना काल देखि नै संस्थाले सरकारी, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको सहयोग र सहकार्यमा समाजमा रहेका दलित, अति विपन्न, महिला, बालबालिका र सिमान्तकृत समुदायको क्षमता विकास र मानव अधिकार अभियान मार्फत शिक्षा, स्वास्थ्य, जीविकोपार्जनको अवस्थामा सुधार गर्दै आइरहेको छ । यसै अनुरुप संस्थाले सन २०२२ देखि वन हार्ट वर्ल्डवाइड (One Heart Worldwide) सँगको सहकार्यमा “स्थानिय सरकारसँगको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना” सञ्चालन गरिरहेको छ ।

“स्थानिय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना” वन हार्ट वर्ल्डवाइड (One Heart Worldwide) सँगको साझेदारीमा दलित विकास समाज सल्यानद्वारा विपन्न तथा सिमान्तकृत वर्ग वा क्षेत्रका गर्भवती तथा सुत्केरी महिला र तिनीहरूको नवजात शिशुको गुणस्तरीय स्वास्थ्य सेवामा सहयोग पुर्‍याउने उद्देश्यका साथ स्थानिय सरकारहरूसँग सहकार्य गर्दै जिल्लाका विभिन्न प्रसुती सेवा केन्द्रहरुमा सञ्चालन गरीएको छ । उक्त परियोजनाका लागि निम्न पदमा आवश्यक कर्मचारी भर्ना गर्नुपर्ने भएकाले यो सूचना प्रकाशन गरिएको छ ।

विज्ञापन नंबरः ५/२०८१/८२

पद र आवश्यक संख्याः कार्यक्रम संयोजक (Project Coordinator), १ जना

योग्यता अनुभव र सिपः मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा पनि जन स्वास्थ्य विषयमा स्नातक तह उत्तिर्ण गरी स्वास्थ्य सम्बन्धि परियोजना कार्यान्वयनको क्षेत्रमा कम्तीमा २ वर्ष कार्य अनुभव भएको, स्वास्थ्य सम्बन्धि विभिन्न सरकारी तथा गैर सरकारी क्षेत्रका सरोकारवालाहरूको लागि तालिम तथा कार्यशाला गोष्ठीहरू सञ्चालन गर्न सक्ने, आधारभूत कम्प्युटरको ज्ञान र माइक्रोसफ्ट वर्ड र एक्सल चलाउन सक्ने (माथिल्लो योग्यता भएका, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको क्षेत्रमा काम गरेको र मोटर साइकल चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिइने)।

विस्तृत कार्य विवरण (Detailed Job Description) दिइएको लिङ्कबाट डाउनलोड गर्नुहोस्:

https://drive.google.com/file/d/1sD73ck6K67PMJcdMTceHZ0vg5P7rEIhh/view?usp=sharing

आवश्यक कागजातः आवेदकको संपर्क ठेगाना, इमेल, संपर्क नम्बर सहित विष्तृत विवरण खुल्ने अद्यावधिक गरीएको बायोडाटा, नागरिकताको प्रतिलिपी, शैक्षिक र अनुभव प्रमाण पत्रहरूको प्रतिलिपी र निवेदन ।

परीक्षाको किसिमः लिखित (कम्प्युटर बाट) र मौखिक दुबै

आवेदन दिने ठाउँः दलित विकास समाजको कार्यालय, शारदा न.पा. वार्ड नं. ४, साहुटोल, सल्यान वा इमेल vacancydds@gmail.com मार्फत पनि आवेदन दिन सकिने छ ।

आवेदन दिने अन्तिम मिति र समयः २०८१/०६/१० गते तदनुसार २६ सेप्टेम्बर २०२४ कार्यालय समय (बेलुका ५ बजे) भित्र । आवश्यक जानकारीको लागि ०८८–५२०४०७ (कार्यालयमा आइ दरखास्त बुझाउने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा त्यसको भोलि पल्टसम्म बुझाउन सकिने र इमेल मार्फत दिने आवेदनको हकमा भने अन्तिम दिनको बेलुका ५:०० बजे भित्र प्राप्त आवेदनलाई मात्र पदपूर्ति प्रक्रियामा समावेश गरिने छ ।) कृपया पहिलो पटक दरखास्त दिइसकेकोले पुनः प्रयास नगर्नुहोला ।

नोटः म्याद नाघि आएका, योग्यता र तोकिएको मापदण्ड पुरा नभएका आवेदन उपर कुनै कारवाही गरिनेछैन साथै कुनै पनि कारण विना आवेदन स्वीकार गर्ने वा नगर्ने सम्पुर्ण अधिकार दलित विकास समाज सल्यानमा निहित रहेको छ । प्रारम्भिक छनौटमा परेकालाई मात्र लिखित र मौखिक परिक्षामा सामेल गराइने छ । यस संस्था यौन उत्पीडन, शोषण, दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिवद्ध रहँदै सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले स्थानिय, सिमान्तकृत समुदायका महिला, दलित, अपांगता भएका र लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूलाई आवेदन दिनका लागि अभिप्रेरित गर्दछ । कृपया आवेदनमा आफूले आवेदन दिन चाहेको पद स्पष्टसँग लेख्नुहोला ।

Overview

Category Public Health, Development and Project
Openings 1
Position Type Contract
Experience 2+ years
Education M.P.H. (Masters in Public Health), B.P.H. (Bachelors in Public Health)
Posted Date 20 Sep, 2024
Apply Before 26 Sep, 2024
City Salyan