कार्यक्रम संयोजक (Project Coordinator)

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति:२०८१ पुष ०२ गते मंगलवार

दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २४ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो । संस्थाले जिल्लाका विभिन्न निकायहरुसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाई लगायत बालबालिका तथा महिलाको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । 

वर्ल्ड भिजन इन्टरनेशलन -World Vision International Nepal)सँगको सहकार्यमा महोत्तरी जिल्लाको सम्सी र एकडाँरा गाउँपालिकामा सञ्चालित संरक्षण–समुदाय संलग्नता तथा बालस्पोन्सारसीप कार्यक्रम (Protection-Community Engagement and Sponsorship Programme) का लागि तल उल्लेखित पदहरूका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्तको लागि आह्वान गरिन्छ । 

पदशैक्षिक योग्यताआवश्यक योग्यता तथा सीपहरू

कार्यक्रम संयोजक (Project Coordinator)

१ (एक) जना

स्नातक उतिर्ण (Bachelor Degree in Social Science or relevant discipline) क्षेत्रमा कम्तीमा पनि ५ वर्षको अनुभव प्राप्त गरेको ।
  • क्षमता अभिवृद्धि तालिम, कार्यक्रम व्यवस्थापन र  संस्थागत कर्मचारी विकास तथा विभिन्न सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्न सक्ने क्षमता भएको ।
  • परिणात्मक तथा गुणात्मक तथ्याङ्क संड्ढलन गर्न सक्ने तथा विभिन्न किसिमका विधि/प्रकृया विकास गर्न सक्ने सीप भएको ।
  • जिल्लामा रहेको सरकारी तथा गैरसरकारी संघ—संस्थाहरूसँग आत्म विश्वासी तथा मैत्रीपुर्ण वातावरणमा काम गर्न सक्ने ।
  • अन्तर वैयक्तिक कला र सहजीकरण सीप भएको र कार्य तनावमा पनि व्यवस्थापन गर्न सक्ने दक्षता भएको ।
  • जिल्लाको सामाजिक, आर्थिक एवमं सांस्कृतिक विषयहरूमा राम्रो ज्ञान भएको ।
  • अंग्रेजी र नेपाली भाषमा प्रतिवेदन लेख्ने सक्ने क्षमता भएको ।
  • Office package; World, Excel, Power point and email internet  मा राम्रो दक्षता भएको ।
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको भएको ।
आवेदन साथ पेश गर्नु पर्ने कागजातहरू
  • व्यक्तिगत विवरण (Personal bio-data), , 
  • हस्त लिखीत निवेदन (Hand written application),
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship),
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि (Copy of educational certificates),
  • तालिम तथा कार्यअनुभव पत्रहरुको प्रतिलिपि (Copy of training certificate and experience letter)
  • दुई जना सन्दर्भ व्यक्तिहरुको विस्तृत विवरण (Two reference Persons details)
आवेदन दिने अन्तिम मितिसूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलि पल्ट ।
आवेदन पेश गर्ने स्थान रतरिका स्थानः-

दलित समाज उत्थान समिति नेपालको कार्यालय, जनकपुरधाम ४, (विश्वक्रमा चोक) वा

ईमेलः- dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ ।

सम्पर्क नं. ९८०४५२१३८८ र ९८०१६६६४६२

संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रस्तुतीकरण प्रक्रियामा समावेश गरिनेछ ।

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।

संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

बेटी पढाउ बेटी बचाऔँ। विवाह २० वर्ष पछाडि गरौँ  । बालविवाहमुक्त समाजनिर्माण गरौँ  ।

Overview

Category Social Science, Development and Project
Openings 1
Position Type Full Time
Experience 5+ years
Education Bachelor's degree in social science
Posted Date 17 Dec, 2024
Apply Before 23 Dec, 2024
City Mahottari