कार्यक्रम संयोजक (Program Coordinator)

Integrated Community Development Campaign, ICDC Nepal Dhadingbensi, Dhading

Details / requirements:

कर्मचारी आवश्यकता सम्वन्धी सूचना

बिज्ञापन नं. ००१ – ०८१/०८२

प्रथम पटक प्रकाशन मिति: २०८१।१२।१९

एक्सनएड नेपाल संगको साझेदारीमा यस एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपालद्वारा धादिङ जिल्लाको थाक्रे गाउँपालिकामा सञ्चालन भइरहके “स्थानीय अधिकार कार्यक्रम (Local Right Program)” का लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन गरिएको छ ।

१. आवश्कता सम्वन्धी विवरण:

क) पद: कार्यक्रम संयोजक

पद संख्या: १ (एक) जना

न्युनतम योग्यता र कार्यानुभव:

  • स्नातकोत्तर तह उर्तिण गरी कम्तिमा ३ वर्ष वा स्नातक तह उतिर्ण गरी कम्तिमा ५ वर्ष सामुदायिक विकास तथा अधिकार प्रबर्द्धनका विषयमा काम गरेको अनुभव भएको ।
  • योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको ।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, प्रतिवेदन लेखन सम्वन्धी ज्ञान, सीप भएको ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
  • मोटरसाइकल तथा स्कुटर चलाउन सक्ने, लाइसेन्स भएको ।
  • राजनितिशास्त्र, समाजशास्त्र, ग्रामिण विकास, कृषी वा वाली विज्ञान अध्यायन गरेकाहरुलाई विशेष प्राथमिकता दिइने छ ।
  • कार्यक्रम संयोजक कार्यक्षेत्रमा (field based) बस्नुपर्नेछ ।

सेवा सुविधा: कार्यक्रमको नियमानुसार हुनेछ ।

३. दरखास्त दिने अन्तिम मिति: २०८२/१२/२६ सम्म, कार्यालय समय भित्र ।

४. परिक्षाको किसिम: लिखित र अन्तवार्ता ।

५. आवश्यक कागजातहरु: कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी स्क्यान गरी एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपालको इमेल icdc.vacancy@gmail.com वा कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । कर्मचारी छनौटको सर्वाधिकार एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपालमा रहने छ ।

एकिकृत सामुदायिक विकास अभियान (ICDC) नेपाल

नीलकण्ठ नगरपालिका–८ बगैचा, धादिङवेशी, धादिङ

फोन नं. ०१०–५२०५८१ 

Overview

Category Development and Project, Development / NGO
Openings 1
Salary As per organization rules /
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 01 Apr, 2025
Apply Before 08 Apr, 2025
City Dhading